Search Course
Search through all lessons and sections in this course
Searching...
No results found
No matches for ""
Try different keywords or check your spelling
रोमी
Course Description
यो पाठ्यपुस्तकले मण्डलीमा विवादित भएका थुप्रै मुद्दाहरूमाथि छलफल गर्दै रोमीको पुस्तकमा बताइएअनुसार मुक्तिको ईश्वरशास्त्र र मिसनहरूका बारेमा सिकाउँछ।
Introduction
पाठ्यक्रम वर्णन
रोमी विश्वासीहरूलाई पावलले लेखेको पत्रले उनको मिशन र सन्देशको व्याख्या गरेको थियो। संसारमा हरेकलाई सुसमाचारको आवश्यकता किन छ भनेर व्याख्या गर्न उनले सुसमाचारको ईश्वरशास्त्रबारे वर्णन गरे। यस पत्रले इतिहासभरि नै मण्डलीमा ठूलो प्रभाव पारेको छ। त्यहाँ थुप्रै विवादस्पद सिद्धान्तहरूले जरा गाडेका छन्। यस पाठ्यक्रमले रोमीको पुस्तकको शिक्षालाई जाँच गर्दछ अनि ती शिक्षाहरूलाई ख्रीष्टियान जीवनको लागि लागू गर्दछ।
पाठ्यक्रमका उद्देश्यहरू
1. परमेश्वरको उद्धारको प्रस्ताव र मानिसको विश्वासको आवश्यक्ता हेर्नु।
2 सुसमाचार नसुनेका मानिसहरूको बारेमा मिसियोलोजिकल मुद्दाहरू छलफल गर्नु।
3. एक विश्वासीको लागि पापमाथि विजय बन्नु सम्भव छ र यो सामान्य छ भनी बुझ्नु।
4. परमेश्वरको योजनामा इस्राएल र मण्डलीको बीचमा भएको सम्बन्ध अध्ययन गर्नु।
5. मण्डलीमा सैद्धान्तिक विवादहरूको आधार बनेका कथनहरूको सन्दर्भ बुझ्नु।
6. संसारलाई सुसमाचार प्रचार गर्ने मण्डलीको मिसनको लागि जुनुन प्राप्त गर्नु।
पाठ डिजायन
हरेक पाठ एउटा सत्रमा सिकाउन सक्नेगरि डिजायन गरिएको छ, तैपनि हरेक पाठको लागि 2 घण्टा वा त्यो भन्दा बढी समयको आवश्यकता पर्छ। यदि छोटो सत्रहरू जरूरी छ भने पाठहरूलाई सा-सानो भागमा बाड्न सकिन्छ।
कक्षा अगुवाको लागि निर्देशनहरू इटालिकस (टेडो अक्षर) मा छ।
कक्षाले पाठ 1 भन्दा ठीक अगाडि देखा पर्ने “रोमीहरूलाई लेखिएको पत्रको रूपरेखा” लाई बारम्बार उल्लेख गर्नुपर्छ। कक्षाले प्रत्येक खण्ड अध्ययन गर्दा, विद्यार्थीहरूलाई त्यो खण्ड पुस्तकको त्यस भागको सन्दर्भ र सम्पूर्ण पुस्तकको सन्दर्भमा कसरी फिट हुन्छ भनेर सम्झाउनुहोस्।
प्रत्येक पाठको लागि समीक्षा प्रश्नहरू उपलब्ध गराइएको छ। प्रत्येक कक्षाको सुरुमा, कक्षा अगुवाले पूर्व पाठको लागि समीक्षा प्रश्नहरू र अन्य विगत पाठहरूमा केही प्रश्नहरू सोध्नुपर्छ। सुनिश्चित गर्नुहोस् कि सबै विद्यार्थीहरूले उत्तरहरू दिन सहायता गर्छन्। यदि कोही सहभागी हुन सकिरहेका छैनन् भने, उसको नाम लिएर सिधा प्रश्न गर्नुहोस्। यो एउटा यस्तो असल समय हो जहाँ सामग्रीका भूल बुझाइलाई सच्याउन सकिन्छ। समीक्षा प्रश्नहरू त्यही प्रश्नहरू हुन् जसलाई अन्तिम जाँचमा प्रयोग गरिन्छ। आवश्यकताअनुसार प्रश्नहरूको समीक्षा गर्नुहोस् र सच्याउने काम गर्नुहोस्। कक्षा अगुवाहरूले shepherdsglobal.org मा दिइएको उत्तर कूञ्जी प्रयोग गर्न सक्नेछन्।
छलफल प्रश्नहरू र कक्षा गतिविधीहरूलाई ► द्वारा संकेत गरिएको छ। छलफल प्रश्नहरूका लागि, कक्षा अगुवाले प्रश्न सोध्नुपर्छ अनि थुप्रै विद्यार्थीहरूलाई छोटो-छोटो उत्तर दिन अनुमति दिनुपर्छ। कहिलेकाहीँ प्रश्नले भर्खरै अध्ययन गरिएका सामग्रीलाई समीक्षा गर्दछ। यस्ता समयहरूमा, विद्यार्थीहरू सठीक उत्तर दिन सक्ने हुनुपर्छ। यदि त्यहाँ विदयार्थीहरू अल्मलिएका छन् भने, कक्षा अगुवाले यस पाठलाई अझ राम्ररी व्याख्या गर्नुपर्छ। अन्य समयमा, प्रश्नले नयाँ सामग्रीको परिचय दिन्छ। त्यसो भए, विद्यार्थीहरूले सठिक उत्तर दिनु जरूरी छैन, अनि निष्कर्षमा आउनु पनि आवश्यक छैन। यो प्रश्नले केवल तिनीहरूलाई नयाँ पाठको लागि तयार पार्दछ।
कोष्ठकमा दिइएका हरेक बाइबलीय सन्दर्भलाई हेर्नु जरूरी छैन। कथन वा कथनलाई समर्थन गर्नलाई सन्दर्भहरू उपलब्ध गराइएको छ।
कहिलेकाहीँ फूटनोटले पाठमा वा पाठ्यक्रमका अन्य भागमा भएका अन्य सामग्री कहाँ पाइन्छ भनेर देखाउँदछ। जबसम्म कक्षालाई तत्काल थप व्याख्याको आवश्यकता पर्दैन तबसम्म त्यो सामग्रीमा जान जरूरी छैन।
कक्षा अगुवाले विद्यार्थीलाई पाठको एकछेउमा बाकसभितर लेखिएका उद्धरणहरूको व्याख्या गर भनी भन्नसक्छ।
धेरैजसो पाठहरू रोमको बारेमा चित्र र ऐतिहासिक टिप्पणी भएको बाकस छ। टिप्पणी पाठसँग सम्बन्धित छैन। पाठ प्रस्तुतिमा ऐतिहासिक टिप्पणी समावेश गर्नु जरूरी छैन।
प्रत्येक कक्षा सत्रको सुरुमा, कक्षा अगुवाले पूर्व पाठबाट लिखित कार्य जम्मा गर्नुपर्छ र तिनीहरूको लेखबारे छोटो छलफल अगुवाइ गर्नुपर्छ।
विद्यार्थीहरूको लागि कार्यहरू
यो बाइबल क्लास हो। विद्यार्थीहरूले बाइबल खोलेर राख्नुपर्छ अनि पढाइने पाठलाई हेर्नुपर्छ।
पूर्ण गरिएका कार्यहरूको रेकर्ड राख्न चार्ट उपलब्ध गराइएको छ। यो चार्ट पाठ्यक्रमको पछाडि छापिएको छ।
यो पाठ्यक्रमको हप्ताहरूमा, विद्यार्थीहरूले रोमीको पत्रको खण्डमा आधारित तीनवटा प्रवचन वा पाठ तयार पार्नुपर्छ अनि कक्षाबाहेक अन्य समूहमा प्रस्तुत गर्नुपर्छ। प्रत्येक प्रस्तुतिपछि, उसले आफ्नो प्रस्तुतिलाई अझ कसरी सुधार्न सक्छ भनेर केही स्रोताहरूलाई सोध्नुपर्छ। उसले आफ्नो प्रस्तुतिको नोट, समूहको विवरण र कार्यनीति अनि सुधारका योजनाहरू आफ्नो कक्षा अगुवालाई बुझाउनुपर्छ।
विद्यार्थीले मण्डलीका विश्वासीहरूसँग कमसेकम दुईवटा वार्तालापहरू तयार गर्नुपर्छ जसको सिद्धान्त उसकोभन्दा फरक छ। उसले उनीहरू आफ्नो सिद्धान्तमा पक्का किन छ सो सोध्नुपर्छ। उसले रोमीबाट विषय सान्दर्भिक खण्डहरू व्याख्या गर्नुपर्छ। उसले आफ्नो वार्तालापको विवरण लेखेर कक्षा अगुवालाई दिनपर्छ। यदि यो कार्य पाठ 9 को अध्ययनपछि पूर्ण गरिनसके उत्तम हुनेछ।
पाठ 12 बाहेक, प्रत्येक पाठमा लेखन कार्य छ। प्रत्येक कार्य अर्को कक्षा सत्र सुरु हुनभन्दा अघि सिध्याउनुपर्छ। उनीहरूले आफ्नो काम कक्षा सुरु हुनभन्दा अघि कक्षा अगुवालाई बुझाएको हुनपर्छ। कक्षा अगुवाले विद्यार्थीहरूको लेखबारे छोटो छलफल अगुवाइ गर्नुपर्छ।
पाठ्यक्रमको अन्त्यमा अन्तिम जाँच हुनेछ। विद्यार्थीहरूले अरू कुनै सहायता बिना र कुनै लिखित सामग्री नहेरी व्यक्तिगत रूपमा जाँच दिनुपर्छ। प्रश्नहरूको सूची यस पाठ्यक्रमको अन्त्यमा उपलब्ध गराइएको छ। अन्तिम पाठ सिध्याइएको समयमा वा फरक समयमा जाँचको समय निर्धारित गर्न सकिन्छ। 20 वटा प्रश्नको उत्तर लेख्न कति विद्यार्थीहरूलाई एक घण्टा लाग्नसक्छ। विद्यार्थीहरूलाई जाँचमा कुन प्रश्नहरू आउँछ सो थाह हुँदैन, तसर्थ सबै समीक्षा प्रश्नहरू अध्ययन गर्नुपर्छ।
विद्यार्थीहरू सबै कक्षा सत्रमा सहभागी हुनुपर्छ। यदि कुनै विद्यार्थीले एउटा सत्र छुटाएको छ भने, उसले त्यस विषयलाई अध्ययन गर्नुपर्छ, कक्षा अगुवासित समीक्षा गर्नुपर्छ अनि दिइएको लेखन कार्य पूरा गर्नुपर्छ।
Ready to Start Learning?
Choose a lesson to begin your journey through this course.
Romans
12 lessons · नेपाली
Print Course
Request Submitted!
Your print request has been recorded. Your download should begin shortly.
Download Print-Ready FileFree to print for ministry use. No changes to content, no profit sales.
SGC exists to equip rising Christian leaders around the world by providing free, high-quality theological resources. We gladly grant permission for you to print and distribute our courses under these simple guidelines:
- No Changes – Course content must not be altered in any way.
- No Profit Sales – Printed copies may not be sold for profit.
- Free Use for Ministry – Churches, schools, and other training ministries may freely print and distribute copies—even if they charge tuition.
- No Unauthorized Translations – Please contact us before translating any course into another language.
All materials remain the copyrighted property of Shepherds Global Classroom.
Questions? info@shepherdsglobal.org
Order Physical Course
रोमी
Total
$21.99Added to Cart!
Download Course
By submitting your contact info, you agree to receive occasional email updates about this ministry.
Additional Files
Audio Course Downloads
रोमी
Download audio files for offline listening
No audio files are available for this course yet.
Check back soon or visit our audio courses page.
Share This Course
रोमी
Share this free course with others