खण्ड अध्ययन – रोमी भाग 5, खण्ड 2-3
रोमीको पुस्तकको चरमोत्कर्ष रोमी 10 अध्याय हो। प्रेरितले पहिले नै व्याख्या गरिसकेका छन् कि उद्धार विश्वासद्वारा अनुग्रहबाट प्राप्त हुन्छ र संसारका सबैलाई यसको आवश्यकता छ। विश्वास आवश्यक भएकोले, सुसमाचारको सन्देश महत्त्वपूर्ण छ: मानिसहरूले सन्देश सुन्नु आवश्यक छ ताकि तिनीहरूले यसलाई विश्वास गर्न सकून्। यो अध्याय पुस्तकको उद्देश्यको लागि महत्त्वपूर्ण छ किनभने सम्पूर्ण पुस्तकले मिसनेरी कार्यको आधार दिन्छ।
रोमी 11 ले इस्राएल र मण्डलीबीचको सम्बन्धको बारेमा बताउँछ। धेरैजसो यहूदीहरूले सुसमाचारलाई अस्वीकार गरे। पावलले व्याख्या गरे कि परमेश्वरको योजना सम्पूर्ण संसारको लागि थियो र यहूदीहरू पनि बचाइनेछ। सम्पूर्ण इस्राएलले एक दिन ख्रीष्टलाई स्वीकार गर्नेछ।