भविष्यसूचक शास्त्रको परिचय
भविष्यसूचक शास्त्र संसारमा भएको दुष्टता र अन्यायको बावजुद विश्वास राख्ने समस्यासँग सम्बन्धित छ। यसले एउटा समयको वर्णन गर्दछ जब परमेश्वरले अचानक संसारमा हस्तक्षेप गर्नुहुनेछ, दुष्टलाई दण्ड दिनुहुनेछ र आफ्ना मानिसहरूलाई मद्दत गर्नुहुनेछ।[1]
परमप्रभुका दिन परमेश्वरको अन्तिम हस्तक्षेपको समयको लागि प्रयोग हुने शब्द हो। पूरानो करारमा केही खण्डहरूले प्रभुको दिनलाई समयको रूपमा वर्णन गर्दछ जब अन्यजाति राष्ट्रहरूले इस्राएलप्रति गरेको तिनीहरूको व्यवहारको कारण दण्ड दिइनेछ।[2] धेरै यहूदीहरूले यहूदी भएको नाताले तिनीहरू परमेश्वरको न्यायबाट डराउनुपर्ने कुनै कुरा छैन भनी अनुमान गर्न थाले। अगमवक्ताहरूले तिनीहरूलाई देखाउने प्रयास गरे कि यदि तिनीहरू पापी छन् भने तिनीहरूको पनि न्याय हुनेछ (सपन्याह 1:12; आमोस 5:18-27) र तिनीहरू यहूदी भएको कारणले मात्र मुक्त हुनेछैनन्; तर तिनीहरूको अनुमान यथावत रहिरह्यो।
यहूदीहरूलाई तिनीहरूले पनि उद्धार पाउन आवश्यक छ भन्ने सत्यतथ्यलाई स्वीकार गर्न गाह्रो थियो। उदाहरणका लागि, बप्तिस्माचाहिँ अन्यजातिहरूलाई यहूदी बनाउनलाई प्रयोग गरिने तिनीहरूको एउटा विधी मात्र थियो। तिनीहरूले यहूदीहरूलाई बप्तिस्मा दिएनन्। बप्तिस्मा दिने यूहन्नाले यहूदीहरूलाई बप्तिस्मा दिए, र उनको अभ्यासले केही यहूदीहरूलाई अपमानित तुल्यायो, जसले सोचेका थिए कि तिनीहरूलाई बप्तिस्मा वा पश्चत्तापको कुनै आवश्यकता छैन। तिनीहरूले तिनीहरूले सोचेका थिए कि तिनीहरू अब्राहामका सन्तान भएकाले परमेश्वरद्वारा कृपा पाएका थिए। ( मत्ती 3:9)।
रोमीको पुस्तकमान पावलले क्रोधको दिन (2:5) र परमेश्वरले इन्साफ गर्नुहुने दिन (2:16)लाई उल्लेख गरेका छन्। यी सन्दर्भहरू 1:16-18 भएको उनको विषयवस्तुबाट लिइएका छन्, कि सुसमाचार चाहिँ परमेश्वरको क्रोधबाट उद्धार हो। 2:2-3 मा उनले यहूदीहरू पनि परमेश्वरको क्रोधको दिनको लागि डराउनुपर्ने कारणहरू छन् भनी बताएर स्व-धर्मी यहूदीहरूलाई छक्कै पार्छन्। यहूदीहरूलाई पनि उद्धारको खाँचो छ।