Type at least 2 characters to search
No results found for ""
Courses
Lessons
navigate open
See all results →
स्थानिय तालिम पुस्तिका

स्थानिय तालिम पुस्तिका

Search Course

Type at least 3 characters to search

Search through all lessons and sections in this course

Searching...

No results found

No matches for ""

Try different keywords or check your spelling

results found

स्थानिय तालिम पुस्तिका

Lead Writer: Stephen Gibson

Course Description

यो पुस्तिका प्राथमिकरुपमा स्थानिय प्रशिक्षक, शिक्षक र प्रशासकहरुको लागि एक मध्यस्थ गर्ने मार्गदर्शक हो । 

What You'll Learn

स्थानीय सेवकाईको तालिमको महत्त्व
Shepherds Global Classroom को परिचय
सम्भावित शिक्षकको योग्यता
हाम्रा विद्यार्थीहरुलाई बुझ्दै
असल शिक्षणका तरिका
SGC को कोर्स लाई कसरी पढाउने
शिक्षकहरु खोजी गर्दै
स्थानीय संस्था संचालन गर्नु

Course Objectives

यो हाते पुस्तिका मुख्यत: प्रशिक्षकहरू, प्रशासकहरू र स्थानीय शिक्षकहरूका लागि एक सन्दर्भ मार्गदर्शन हो। कहिलेकाहीँ प्रशिक्षकहरूले यसलाई कोर्स को रूपमा, स्थानीय संस्थाका शिक्षकहरु र प्रशासकहरुलाई तालिम दिन प्रयोग गर्न सक्छन्।

Introduction

 यो हाते पुस्तिका मुख्यत: प्रशिक्षकहरू, प्रशासकहरू र स्थानीय शिक्षकहरूका लागि एक सन्दर्भ मार्गदर्शन हो। कहिलेकाहीँ प्रशिक्षकहरूले यसलाई कोर्स को रूपमा, स्थानीय संस्थाका शिक्षकहरु र प्रशासकहरुलाई तालिम दिन प्रयोग गर्न सक्छन्। अन्य समयमा, यस सामग्रीका व्यक्तिगत खण्डहरूलाई कुनै पनि विशेष शिर्षकमा तालिम दिन वा Shepherds Global Classroom को परिचय दिन प्रयोग गर्न सकिन्छ।

यसले तालिम कार्यक्रमको समयमा सम्पूर्ण  हाते पुस्तिका पढाउन करिब छ घण्टा लाग्छ। प्रशिक्षकहरूले छलफलका लागि बारम्बार केहि बेर रोकिनुपर्छ। पाठमा केही छलफल प्रश्नहरू समावेश छन्, जुन यस ► चिन्हद्वारा देखाइएको हुन्छ।

तालिम लिइरहेका विद्यार्थीहरूले बाइबलहरु, लेख्ने सामग्रीहरू, र यस हाते पुस्तिकाको एउटा प्रतिलिपि आवश्यक हुन्छ।

प्रशिक्षकहरूले विद्यार्थीहरूलाई जाँच्नका लागि विभिन्न SGC कोर्स ल्याउनुपर्छ। कक्षामा कम्तीमा पनि प्रतेक भिन्न कोर्स का तीन–तीन प्रतिलिपि हुनुपर्छ, जसले गर्दा विद्यार्थीहरूले तीन–तीन जनाको समूह बनाएर एक–अर्कालाई सिकाउने अभ्यास गर्न सक्छन्।

जब प्रशिक्षकहरूले छैटौँ अध्याय पढाइसक्छन्, विद्यार्थीहरूले SGC कोर्सहरू हेर्नुपर्छ । तिनीहरूले कोर्सको सुरुमा दिइएका विभिन्न निर्देशनहरू हेर्नुपर्छ । विद्यार्थीहरूले ती निर्देशनहरूबारे छलफल गर्नुपर्छ र आफूहरूले राम्रोसँग बुझेको पक्का गर्नुपर्छ।

तालिमका लागि प्रदर्शन र अभ्यास अत्यावश्यक हुन्। प्रशिक्षकले कोर्सहरुबाट तीनवटा पाठ सिकाएर कसरी सिकाउने तरिका प्रस्तुत गर्न सक्छन्। यदि हरेक पाठ फरक–फरक कोर्सबाट लिइएको भए प्रस्तुति सबैभन्दा राम्रो हुन्छ। यदि एकभन्दा बढी प्रशिक्षक वा केही दक्ष विद्यार्थीहरू उपलब्ध छन् भने, तिनीहरूले विभिन्न शैलीहरू प्रस्तुत गर्नका लागि पाठहरू सिकाउन सक्छन्।

प्रस्तुति अवलोकन गरेपछि, यस कोर्सका विद्यार्थीहरूले सिकाउन अभ्यास गर्न आवश्यक छ। हरेक विद्यार्थीले कुनै कोर्सको एउटा खण्ड विद्यार्थीहरूको समूहलाई सिकाउन सक्छ। हरेक विद्यार्थीको समय १० मिनेटको हुनुपर्छ। अभ्यासको उद्देश्य भनेको विद्यार्थीहरूले कोर्सको संरचना बुझ्नु र यस तरिकाले सिकाउनु हो जसले अरूलाई सक्षम बनाउछ । सिकाउने अभ्यासको लागि अग्रिम तयारी गर्नु राम्रो कुरा हो, तर छोटो तालिमको अवधिमा यो सम्भव नहुन सक्छ। हरेक विद्यार्थीले अभ्यास गरेपछि, प्रशिक्षक र अन्य विद्यार्थीहरूले अवलोकन गर्नुपर्छ।

अभ्यासको अर्को ढाँचा भनेको विद्यार्थीहरूलाई ४–६ जनाको समूहमा विभाजन गर्नु हो। हरेक विद्यार्थीले पालैपालो अभ्यास गर्ने पालो पाउँछन्। उपदेशकहरूले समूहहरू अवलोकन गर्नुपर्छ अनि मार्गदर्शन दिनुपर्छ। उपदेशकले समय सीमा तोक्नु र समूहमा सिकाउने भूमिका अर्को व्यक्तिलाई कहिले दिनुपर्ने हो भन्ने संकेत दिनु आवश्यक हुन्छ।

Ready to Start Learning?

Choose a lesson from the sidebar, or jump right in.

Start Lesson 1