Type at least 2 characters to search
No results found for ""
Courses
Lessons
navigate open
See all results →
मण्डलीको सिद्धान्त र अभ्यास

मण्डलीको सिद्धान्त र अभ्यास

Search Course

Type at least 3 characters to search

Search through all lessons and sections in this course

Searching...

No results found

No matches for ""

Try different keywords or check your spelling

results found

मण्डलीको सिद्धान्त र अभ्यास

Lead Writer: Stephen Gibson

Course Description

यस पाठश्रृङ्खलाले पृथ्वीमा परमेश्वरको कार्यको केन्द्रबिन्दुको रूपमा मण्डलीको बाइबलीय अवधारणा प्रस्तुत गर्दछ । विद्यार्थीले ख्रीष्टियनको एकता, मण्डलीको सदस्यता, संगति, सेवकाईको आर्थिक सहयोग, दशांश, बप्तिस्मा, प्रभु भोज, मण्डलीको अनुशासन र मण्डलीको परिपक्वताको संकेतहरू बारे बुझाई प्राप्त गर्नेछन । यस पाठश्रृङ्खलाले मण्डलीको जीवन र कामको लागि सिद्धान्तहरू र अनुप्रयोगहरूको व्याख्या गर्दछ ।

What You'll Learn

एउटै परमेश्वर र एउटै मण्डली
ख्रीष्टियनको एकता
स्थानीय मण्डली
मण्डलीका संघहरू
मण्डलीको सदस्यता
सँगै जीवन बाँड्दै
संसारमा मण्डली
स्थानीय मण्डलीको समर्थन
दशांश
बप्तिस्मा
प्रभु भोज
मण्डलीको अनुशासन
ख्रीष्टियन अगुवाको चरित्र
आत्मिक वरदानहरु
मण्डलीको परिपक्वताको लागि प्रश्नहरु

Course Objectives

१.    मण्डलीको पहिचान र बाइबलीय वर्णन बुझ्न ।

२.    मण्डलीको लागि परमेश्वरको योजना, र मण्डलीमा परमेश्वरको कार्य हेर्न ।

३.    मण्डलीमा सदस्य र अगुवाको जिम्मेवारीहरु सिक्न ।

४.    स्थानीय मण्डलीको समर्थन, प्रशासन र विकासको लागि सिद्धान्तहरू लागू गर्न ।

५.    मण्डलीको बारेमा सिकाउनका लागि बिषय सूची र संरचनाले सुसज्जित हुनु ।

Introduction

कक्षा अगुवाहरूका लागि निर्देशनहरू

कक्षा अगुवाहरुको नोटहरू पाठको विशिष्ट भागहरूको लागि निर्देशनहरूको साथ पाठश्रृङ्खलाभरि समावेश गरिएको छ। तिनीहरूलाई इटालिक गरिएको छ।

छलफलका प्रश्नहरूकक्षामा गतिविधिहरू ► द्वारा संकेत गरिएको छ। छलफलका प्रश्नहरूको लागि, कक्षाको अगुवाले प्रश्न सोध्नुपर्छ र विद्यार्थीहरूलाई जवाफको लागि छलफल गर्न समय दिनुपर्छ। यदि एउटै विद्यार्थीले प्रायजसो पहिला जवाफ दिन्छ वा कोही-कोही विद्यार्थीले बोलेनन् भने, अगुवाले कसैलाई यस्तो प्रश्न सिदै सोध्न सक्छन्: " सुरेश, तपाईंले यस प्रश्नको जवाफ कसरी दिनुहुनेछ ?"

पाठश्रृङ्खलामा धेरै धर्मशास्त्रहरू प्रयोग गरिएको छ। कक्षामा ठूलो स्वरमा पढ्नुपर्ने अनुच्छेदहरू तीर बुलेट बिन्दुहरूद्वारा सङ्केत गरिएको छ। अन्य समयमा धर्मशास्त्रका सन्दर्भहरू पाठको कोष्ठकहरूमा दिइएका छन्। उदाहरणका लागि: (१ कोरिन्थी १२:१५)। ती सन्दर्भहरू पाठमा दिइएका भनाईहरूको लागि समर्थन हुन्। कोष्ठकका अनुच्छेदहरू सधैं पढ्नु आवश्यक छैन।

प्रत्येक पाठमा इतिहासका कुनै न कुनै धर्मशास्त्रीबाट कम्तीमा दुईवटा ब्लक उद्धरणहरू हुन्छन्। जब कक्षा ब्लक उद्धरणमा आउँदछ, कक्षाको अगुवाले विद्यार्थीलाई उद्धरणलाई पढ्न र व्याख्या गर्न सोध्न सक्छ।

एउटा पाठ बाहेक सबै सात सारांश भनाईहरुको साथ समाप्त हुन्छ। यो पाठको उद्देश्य विद्यार्थीलाई यी बुँदाहरू बुझ्नु हो। विद्यार्थीहरूले यी सारहरू अध्ययन र याद गर्नुपर्छ। विद्यार्थीहरूले प्रत्येक सारको बारेमा एक अनुच्छेद लेख्नुपर्छ र ती अनुच्छेदहरू अर्को कक्षाको सुरुमा (सात अनुच्छेदहरू) कक्षाको अगुवालाई दिनुपर्छ। प्रत्येक अनुच्छेदमा विद्यार्थीले कक्षामा नभएको व्यक्तिलाई जस्तै भनाईलाई, किन यो एक महत्त्वपूर्ण अवधारणा हो सहित व्याख्या गर्नुपर्छ। अर्को कक्षाको सुरुमा, कक्षाको अगुवाले धेरै विद्यार्थीहरूलाई आफ्ना अनुच्छेदहरू सम्पूर्ण समूहसँग बाड्ने गर्नुपर्छ।

साथै अर्को कक्षाको सुरुमा, विद्यार्थीहरूले आफ्नो ज्ञानको लिखित परीक्षणको रूपमा सम्झनाबाट सात सारांश भनाईहरू लेख्नेछन्। कक्षाको अगुवाले परीक्षामा विद्यार्थीहरूले लिखित नोटहरू नहेर्ने वा एकअर्कालाई सहयोग नगर्ने कुरा सुनिश्चित गर्नुपर्छ। यदि एक विद्यार्थीले सूची लेख्न सक्षम भएन भने, उसले पछि पुन: प्रयास गर्ने तालिका बनाउन सकिन्छ।

पाठश्रृङ्खलाको एउटा उद्देश्य विद्यार्थीहरूलाई शिक्षक बन्न तयार पार्नु हो। कक्षाको अगुवाले विद्यार्थीहरूलाई उनीहरूको शिक्षणको सीप विकास गर्ने अवसर दिनुपर्छ। उदाहरणका लागि, कक्षाको अगुवाले कहिलेकाहीं विद्यार्थीलाई पाठको छोटो भाग कक्षामा पढाउन दिनुपर्छ।

शिक्षण अभ्यासको कार्यभार: पाठश्रृङ्खलाको क्रममा, विद्यार्थीले आफ्नो कक्षामा नभएको व्यक्ति वा समूहलाई पाठ, वा पाठको केहि भाग पढाउनु पर्छ। विद्यार्थीले सिकाउनका लागि सामग्री छनौट गर्न सक्दछन्। यो तीन पटक गर्नुपर्छ, विभिन्न सामग्री सँग। यो कार्यभारको लागि तालिका बनाईएको छैन। विद्यार्थीले आफैले अवसरहरू सिर्जना गर्नुपर्छ र उसले कार्यभार पूरा गरेको सुनिश्चित गर्नुपर्छ। विद्यार्थीले प्रत्येक पटक शिक्षण सत्र पूरा गर्दा कक्षाको अगुवालाई प्रतिबेदन दिनुपर्छ।

अरु कार्यभारहरु: अन्तरवार्ता, धर्मशास्त्र अध्ययन, लेखन वा परीक्षा पनि यसै पाठश्रृङ्खलाभरि समावेश गरिनेछ। कुनै पनि लिखित कार्यभारहरू निम्न कक्षाको सुरुमा दिनुपर्छ। कक्षाको अगुवाले सधैं कार्यभारको छलफलको नेतृत्व गर्नुपर्छ र थुप्रै विद्यार्थीहरूले आफूले सिकेका वा लेखेका कुराहरू बाँड्नुपर्छ।

यदि विद्यार्थी Shepherds Global Classroom बाट प्रमाणपत्र कमाउन चाहन्छ भने, उसले कक्षा सत्रहरूमा उपस्थित हुनुपर्दछ र कार्यभारहरू पूरा गर्नुपर्छ। पूरा भएका कार्यभारहरूको अभिलेखकको लागि पाठश्रृङ्खलाको अन्त्यमा एक फारम प्रदान गरिएको छ।

Ready to Start Learning?

Choose a lesson from the sidebar, or jump right in.

Start Lesson 1