खण्ड अध्ययन – रोमी भाग 5
रोमीहरूलाई लेखिएको पत्रले बताउँछ कि कसरी एक व्यक्ति मुक्ति र आशिष् प्राप्त गर्न परमेश्वरसँग सम्बन्धमा आउँछ। परमेश्वरसँगको सम्बन्ध विश्वासद्वारा प्राप्त अनुग्रहमा आधारित् छ। यो सन्देशले इस्राएलका मानिसहरूको बारेमा प्रश्नहरू उठाएको थियो। परमेश्वर र इस्राएलबीचको विशेष सम्बन्धलाई के भयो? कसरी एक यहूदी व्यक्ति बचाउन सकिन्छ? के परमेश्वरसँग अझै पनि इस्राएलको लागि योजना छ? पावलले सुसमाचारको सन्देशलाई व्याख्या गरिरहँदा यी अध्यायहरूले ती प्रश्नहरूको जवाफ दिन्छन्।