पाप
रोमी 6 पापको शक्तिबाट छुटकाराको बारेमा हो। पश्चात्ताप र विजय बुझ्नलाई, हामीले पाप के हो भनी बुझ्नुपर्छ।
► पाप के हो?
बाइबलले सामान्यतया पापपूर्ण कार्यहरूलाई जानीजानी गर्ने कार्यको रुपमा बताउँछ (1 यूहन्ना 3:4-9, याकूब 4:17)। जब कुनै व्यक्तिले जानीजानी परमेश्वरको आज्ञा भङ्ग गर्ने छनौट गर्छ, त्यो इच्छापूर्वक गरिएको पाप हो।
परमेश्वरको अपरिवर्तनीय व्यवस्थाको अनजान वा आकस्मिक उलङ्घन हुन्छ भने जानीजानी गरेको पापले झैं परमेश्वरसँगको हाम्रो सम्बन्धमा असर गर्दैन। हामी ज्योतिमा हिँड्छौं भने (हामीलाई थाह भएको सत्यअनुसार रहँदा), हामी सबै पापबाट शुद्ध हुन्छौं (1 यूहन्ना 1:7) र हामी डराउनु पर्दैन कि अनजानमा गरिएको आज्ञा भङ्गले हामीलाई परमेश्वरबाट टाडा बनाउँछ।
यो खण्डले मुख्य रुपमा जानीजानी गरिएको पापको बारेमा बताइरहेको छ, जसले विश्वासलाई नष्ट गर्छ र परमेश्वरसँगको सम्बन्धमा हानि पुर्याउँछ।