रोममा भएको मण्डली
सहर
पावलको समयमा, रोम संसारमा सबैभन्दा ठूलो सहर थियो, जहाँ 10 लाखभन्दा बढी बासिन्दाहरू थिए।[1] त्यहाँ जातीय समूह, भाषा र धर्मको मिश्रण थियो। अधिकांश मानिसहरू दास थिए।
रोममा पहिलो मिसनेरीहरू
रोममा सुसमाचार पुर्याउने प्रथम व्यक्ति को हुन् भनी हामीलाई थाह छैन। पेन्टिकोसको दिनमा, रोमबाट आएका यहूदीहरू उपस्थित (प्रेरित 2:10)। त्यसदिन परिवर्तन वा रुपान्तरण भएका यहूदीहरूले नै पक्कै रोममा सुसमाचार लिएर गए। ख्रीष्ट (मसीह) आउनुभएको छ भनी गरिएको तिनीहरूको घोषणाले उत्साह र विवाद दुवै निम्त्याउनेवाला थियो। यहूदी धर्मको सम्मान गर्ने अन्यजातिहरूमा सुसमाचार सबैभन्दा छिट्टो फैलिएको थियो।
अन्यजाती (गैरयहूदी) मण्डली
पत्रका केही भागहरूमा यहूदीहरूलाई सम्बोधन गरिएता पनि, रोममा भएका मण्डली प्राय: अन्यजाति थिए। पावलले तिनीहरूलाई अन्यजाति (1:13-15) भनी सम्बोधन गरेका छन् र उनी ग्रीक र असभ्यजाति दुवैलाई सुसमाचारको ऋणी भएकाले रोमीहरूलाई सुसमाचार प्रचार गर्न तयार थिए। यद्धपि, रोमी मण्डलीमा यहूदी मतको धेरै प्रभाव थियो, किनकि त्यहाँ पहिलो विश्वासीहरू यहूदीहरू नै थिए। यो पनि हुनसक्छ कि त्यहाँ सुसमाचारलाई स्पष्ट रूपमा व्याख्या गरिएको थिएन जसले विश्वासीहरूलाई यहूदी धर्मका नियमहरूबाट स्वतन्त्र भएका देखाउँदछ।