रोमी
रोमी
Audio Course Purchase

Search Course

Type at least 3 characters to search

Search through all lessons and sections in this course

Searching...

No results found

No matches for ""

Try different keywords or check your spelling

results found

Lesson 4: सार्वभौमिक सर्तहरू

1 min read

by Stephen Gibson


अनुग्रह जसले उद्धारतिर डोर्‍याउँछ

बलिदानको प्रबन्ध गरिए तापनि, परमेश्वरको अनुग्रहले आफ्नो हृदयमा काम नगरेसम्म पापी निराश हुनेछ। पापी आफ्नो पापमा आत्मिक रूपले मरेको छ, गलत इच्छाहरूद्वारा नियन्त्रित छ, र शैतानको शासनमा छ (एफिसी 2:1-3)। ऊ आफ्नो व्यवहार परिवर्तन गर्न शक्तिहिन छ (रोमी 7:18-19)। उसले पश्चात्ताप र विश्वासका साथ सुसमाचारलाई कसरी प्रतिक्रिया दिनसक्छ?

ईश्वरशास्त्रीहरूले परमेश्वरको अनुग्रहले मानिसको अवस्थालाई कसरी प्रतिक्रिया दिन्छ भनेर व्याख्या गर्ने प्रयास गरेका छन्।

 जोन क्याल्भिन

जोन क्याल्भिनले विश्‍वास गर्थे कि मानिस पूर्णरूपले भ्रष्ट भएको कारण, परमेश्वरलाई प्रतिक्रिया दिनको निम्ति ऊ सक्षम छैन।[1] त्यसैकारण, परमेश्वर नै हुनुहुन्छ जसले कसलाई बचाउने र कसलाई नबचाउने भनी छनौट गर्नुहुन्छ। परमेश्वरले केही मानिसहरूलाई मात्र बचाउन रोज्नुभएको हुनाले, प्रायश्चित केवल तिनीहरूको लागि मात्र प्रदान गरिएको छ र सबै मानिसहरूको लागि होइन। यी मानिसहरू छनौट गर्न सक्षम छैनन्। प्रतिरोध गर्न नसकिने अनुग्रहसित, परमेश्वरले तिनीहरूलाई पश्चात्ताप गर्न र विश्वास गर्न लगाउनुहुन्छ। तिनीहरू कहिल्यै उद्धारबाट टाडा जान सक्दैनन् किनभने तिनीहरूको इच्छा परमेश्वरको नियन्त्रणमा छ। यो परमेश्वरको सार्वभौमिकताको क्याल्भिनको अवधारणा थियो।

क्याल्भिनले बचाउने अनुग्रह सबैको लागि उपलब्ध छ भन्ने कुरामा विश्वास गर्दैनथे। तिनको विश्वास यो थियो कि कसैले पनि विशेष अनुग्रहबिना कसैले पनि पश्चात्ताप र विश्वास गर्नसक्दैन, र तनले यो पनि विश्वास गर्थे कि यो अनुग्रह सबै मानिसहरूलाई दिइएको थिएन।

क्यालभिनले विश्वास गर्थे कि एक व्यक्तिले परमेश्वरको सहायताबिना कुनै पनि असल काम गर्नसक्दैन, जस्तै वाचा पुरा गर्नु वा आफ्नो परिवारलाई माया गर्नु। तिनले विश्वास गर्थे कि परमेश्वरले सबै मानिसहरूलाई असल काम गर्न सक्षम तुल्ताउने अनुग्रह दिनुहुन्छ। तिनले यो अनुग्रहलाई “सामान्य अनुग्रह” भने। यो सामान्य अनुग्रहले एक व्यक्तिलाई उद्धारमा पुर्‍याउनसक्छ भन्ने कुरामा तिनले विश्वास गरेनन्।

परमेश्वरको अनुग्रहप्रति जोन वेस्लीको फरक दृष्टिकोण थियो। तिनले देखे कि बाइबलले मानिसहरूलाई परमेश्वरलाई जवाफ दिन निरन्तर आह्वान गर्दछ। त्यसैकारण, तिनी विश्वास गर्थे कि मानिसको छनौट वास्तविक हो। क्याल्भिनजस्तै, तिनले विश्वास गर्थे कि मानिस भ्रष्ट छ र परमेश्वरको मद्दतबिना सुसमाचारप्रति प्रतिक्रिया दिन सक्दैन, तर तिनी यो पनि विश्वास गर्थे कि परमेश्वरले त्यो सहायता सबैलाई दिनुहुन्छ। तिनले विश्‍वास गर्थे कि परमेश्वरले मानिसहरूलाई प्रतिक्रिया जनाउने इच्छा र क्षमता दिनुहुन्छ तर तिनीहरूको इच्छा विरुद्ध तिनीहरूलाई बचाउनुहुन्न। परमेश्वरले मानव छनौटलाई सम्भव बनाउनुहुन्छ। यो प्रत्येक व्यक्तिमा आउने पहिलो अनुग्रह हो। ईश्वरशास्त्रीहरूले यसलाई “पूर्वगामी अनुग्रह” भनेका छन् जसको अर्थ “अगाडि आउने अनुग्रह” हो।

परमेश्वरको अनुग्रह पापीको हृदयमा पुग्छ, उसलाई उसको दोषहरू महसुस गराउँछ र उसलाई देखाउँछ कि उ परमेश्वरबाट अलग हुनुको लागि उ आफै दोषी छ। परमेश्वरको अनुग्रहले उसलाई क्षमादानको चाहना गराउँछ र उसलाई परमेश्वरसित वार्तापालाप गर्ने क्षमता दिन्छ।

अनुग्रह बिना, एक पापी परमेश्वरकहाँ पनि आउन सक्दैन। परमेश्वरलाई खोज्न सुरु गर्नु अघि प्रत्येक व्यक्तिकहाँ अनुग्रह आउँछ, यद्यपि यो अनुग्रह प्राप्त गर्नका लागि केही गरेको छैन।

एफिसी 2:1-3 लाई स्मरण गर्नुहोस्, यसले कस्तो निराशपूर्ण वर्णन दिन्छ? तर यो वर्णनपछि आउने ती दुइवटा पदहरू हेर्नुहोस्।

तर परमेश्वर, जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान् प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, यसकारण पापमा हामी मरेका पनि तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो- अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ (एफिसी 2:4-5)।

यदि कुनै व्यक्तिले उद्धार पाएन भने, त्यो उसले कहिल्यै अनुग्रह नपाएको कारणले होइन तर उसले आफूसँग भएको अनुग्रहप्रति प्रतिक्रिया नदेखाएको कारणले हो।

► कुनचाहिँ पहिला आउँछ, मानिसले परमेश्वरको खोजी गर्छ कि परमेश्वरले मानिसको हृदयमा काम हुन्छ? तपाईं यसलाई कसरी व्याख्या गर्नुहुन्छ?


[1]तस्बीर: “Portretten van Johannes Calvijn...”, from the Rijksmuseum, बाट प्राप्त गरिएको। https://commons.wikimedia.org/w/index.php?curid=85920383, public domain.