बचाउने विश्वासको परिभाषा दिनु
► बचाउने विश्वास भनेको के हो? यदि कुनै व्यक्तिसित बचाउने विश्वास छ भने, उसले विश्वास गर्नुको अर्थ के हो?
विश्वासीले के विश्वास गर्छ?
(1) उसले विश्वास गर्छ कि आफूलाई धर्मी ठहराउन उसले केही गर्न सक्दैन।
“किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो— कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ” (एफिसी 2:8-9)।
उसले महसुस गर्छ कि उसले गर्नसक्ने कुनै पनि कर्मले आंशिकरूपमा पनि उसलाई मुक्तिको योग्य बनाउने छैन।
(2) उसले विश्वास गर्छ कि ख्रीष्टको बलिदान उसको क्षमादानको लागि पर्याप्त छ।
“उहाँ हाम्रा पापका निम्ति प्रायश्चित हुनुहुन्छ, र हाम्रा निम्ति मात्र होइन, तर सारा संसारका पापको निम्ति पनि” (1 यूहन्ना 2:2)।
प्रायश्चित भनेको हाम्रो क्षमादान सम्भव तुल्याउने बलिदान हो।
(3) उसले विश्वास गर्छ कि परमेश्वरले उसलाई केवल विश्वासको सर्तमा क्षमा गर्नुहुन्छ।
“यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ” (1 यूहन्ना 1:9)।
यदि उसलाई लाग्छ कि अन्य सर्तहरू छन् भने, उसले अनुग्रहबाट पूर्णरूपले नभई आंशिकरूपमा कामहरूद्वारा मुक्ति पाउने आपेक्षा गर्दछ।