कुन व्यवस्थाको बारेमा कुरा गर्दैछौं?
पुरानो करारका धेरै आज्ञाहरू आजका मानिसहरूमा लागू नहुने जस्तो देखिन्छ। यहाँ केही उदाहरणहरू छन्:
- 
	
जादूगरी गर्ने स्त्रीलाई जीवित नराख (प्रस्थान 22:18)।
 - 
	
सातौं वर्षमा कर्जा-माफी गर (व्यवस्था 15:1-2)।
 - 
	
यरूशलेममा सातदिनसम्मको लागि निस्तार चाढ मनाउनु (व्यवस्था 16:1-6)।
 
केही विद्वानहरूले पुरानो करारका व्यवस्थाहरूलाई तीन भागमा विभाजन गरेका छन्: धार्मिक नियम, नागरिक नियम र नैतिक नियम।
धार्मिक नियमहरू बलिदानहरू, आराधना गर्ने ठाउँको डिजायन र अभ्यास गर्ने तरिकाहरू। आजको ख्रीष्टियानहरूले यो धार्मिक नियमलाई पालन गर्दैनन् किनकि यो प्रणाली ख्रीष्टको कामद्वारा अप्रचलित भएको थियो (कलस्सी 2:17, हिब्रू 10:1)।
नागरिक नियमहरू राष्ट्रको रूपमा इस्राएलीको लागि थियो। तिनीहरूले व्यापार-व्यवसायको लागि नियमहरू प्रदान गरे, मानव अधिकारको रक्षा गरे, कानून प्रवर्तनको लागि नीतिहरू दिए, र इस्राएलको धार्मिक पहिचानको रक्षा गरे। आजका ख्रीष्टियानहरूले नागरिक नियमहरू पालन गर्न सम्भव छैन किनभने ती नियमहरू तिनीहरूका राष्ट्रका नियमहरू होइनन्। उदाहरणका लागि, पुरानो करारको समयमा, जब कसैलाई मूर्तिपूजा (अरू देवताहरूको पूजा) गरेबापत मार्नु पर्थ्यो, त्यो कसैको व्यक्तिगत निर्णयमा गरिँदैनथ्यो। न्यायकर्ताले त्यस मुद्दाको सुनवाइ गर्थे, त्यसपछि मानिसहरूले निर्णयको समर्थन गर्थे (व्यवस्था 17:6-12)।
► एउटा ख्रीष्टियानले प्राचीन इस्राएलको नागरिक नियमलाई मौलिक रूपले पालन गर्न किन सम्भव छैन?
नैतिक नियमले केही कार्यहरूलाई सधैँका लागि सही वा गलतको रूपमा चिन्हित गरायो। उदाहरणका लागि, दस आज्ञाहरूले मूर्तिपूजा, ईश्वरनिन्दा, व्यभिचार, र चोरीलाई निषेध गर्दछ (प्रस्थान 20:4-5, 7, 14, 15)।
ख्रीष्टियानहरूले धार्मिक नियम र नागरिक नियमद्वारा आदेश गरिएक मौलिक, विशेष कार्यहरू पालन गर्दैनन्। यद्यपि, ती नियमहरू अझ पनि महत्वपूर्ण छन् किनभने ती नियमहरूले परमेश्वरको स्वभावलाई प्रकट गर्दछ, जो कहिल्यै परिवर्तन हुँदैन। यद्यपि, हामी मूर्तिपूजक, व्यभिचारीहरूलाई मार्दैनौं, ती नियमहरूले देखाउँदछ कि ती पापहरू परमेश्वरको लागि अति घृणित छन्। यद्यपि, हामी गरीबहरूको लागि खेतमा अन्न छोड्दैनौं, हामीलाई थाह छ कि हामीले व्यावहारिक तरिकाले गरीबहरूको वास्ता गर्नुपर्छ। यद्यपि हामी जानवरहरूलाई मार्नु अघि आराधना गर्ने स्थानमा लैजादैनौं, हामीलाई थाह छ कि सबै कुरा परमेश्वरको हो, र हामीले हामीसँग भएको कुराबाट भेटीहरू दिनुपर्छ। त्यसैले हामी मौलिक कार्यहरू गर्दैनौं, हामीले त्यसको सिद्धान्त पूरा गर्ने नयाँ तरिका खोज्नुपर्छ।
नागरिक नियम र धार्मिक नियमहरू महत्वपूर्ण हुनुको अर्को कारण यो हो कि ती नियमहरूले नैतिकताको सिद्धान्तलाई विशेष तरिकाले लागू गर्न प्रदान गर्दछ। ती सिद्धान्तहरूलाई बहिस्कार गर्नु नैतिक नियमलाई बहिस्कार गर्नु जस्तै हुनेछ। उदाहरणका लागि, यदि हाम्रो घरको छत मानिस बस्नका लागि बनाइएको छैन भने त्यसको वरिपरि बार लगाउनु आवश्यक छैन (व्यवस्था 22:8)। तर यो प्राचिन नियमले हामीलाई बताउँछ कि हामीले हाम्रा घरहरू र जमिनहरू मानिसहरूको लागि सुरक्षित बनाउनुपर्छ।
► व्यवस्था 22:8 मा दिइएको सिद्धान्त पूरा गर्न हामीले गर्नुपर्ने आधुनिक अभ्यासको उदाहरण के हो?
त्यसोभए पावलले रोमी को पुस्तकमा उल्लेख गरेका परमेश्वरको व्यवस्था के हो? यो मानिसको लागि परमेश्वरको इच्छा हो, जुनचाहिँ उहाँका आज्ञाहरूमा (पुरानो करार र नयाँ करार) व्यक्त गरिएको छ। यद्धपि केही आज्ञाहरू मौलिक रूपमा पूरा गर्नु हुँदैन, तर परमेश्वरको इच्छा भने जस्ताको तस्तै छ। परमेश्वरको व्यवस्था भङ्ग गर्नु पाप हो (1 यूहन्ना 3:4)।