समाजमा मण्डली
► समाजमा मण्डली कसरी संलग्न हुनुपर्छ ?
यर्मियाले कैदमा रहेका यहूदीहरूलाई तिनीहरू भएको मूर्तिपूजक समाजसँगको तिनीहरूको सम्बन्ध कस्तो हुनुपर्छ भनी लेखे। ती यहूदीहरू तिनीहरूको इच्छाविपरीत त्यहाँ थिए; ति समाजको धर्म मूर्तिपूजक थियो; तिनीहरुको सरकार दमनकारी थियो र तिनीहरुको राष्ट्रलाई नष्ट गरेको थियो; अनि तिनीहरू त्यस दिनको पर्खाइमा थिए जब तिनीहरू त्यहाँबाट जान सक्थे। सायद तिनीहरुले सोचेका थिए कि तिनीहरु त्यस समाजका समस्यामा संलग्न हुँदैन।
यी मानिसहरूको निम्ति परमेश्वरले अगमवक्तालाई दिनुभएको सन्देश सुन्नुहोस्:
मैले तिमीहरूलाई निर्वासित गरेको सहरको भलो चिताओ, र त्यसको निम्ति परमप्रभुसित प्रार्थना गर। किनभने त्यसको उन्नति भएकोमा नै तिमीहरूको उन्नति हुनेछ (यर्मिया २९:७)।
[1] यहाँ "भलो" भनेर अनुवाद गरिएको शब्दलाई सामान्यतया शान्तिको रूपमा अनुवाद गरिन्छ। यसले शान्तिलाई मात्र होइन, तर शान्तिसँगै सम्बन्धित आउने आशिषलाई पनि जनाउँछ। यसले परमेश्वरको आशिषलाई जनाउँछ। मूर्तिपूजक देशमा परमेश्वरका यी आराधकहरूले मूर्तिपूजक समाजका मानिसहरूलाई ती आशिषहरू ल्याउने प्रयास गर्दा परमेश्वरको आशिष् पाउने थिए !
संसारका समस्याहरू पापको मूल समस्याबाट आउँछन्। व्यक्तिहरू र संगठित शक्तिहरूले परमेश्वरको वचनको सम्मान गर्दैनन्। मण्डली संसारका समस्याहरूको बारेमा बोल्नको लागि अद्वितीय रूपमा योग्य छ किनभने मण्डलीले परमेश्वरको वचनको व्याख्या गर्न र परमेश्वरको बुद्धि प्रदर्शन गर्न सक्छ। मण्डलीले समाजका पापहरूको विरुद्धमा बोल्नु मात्र होइन तर समाज कस्तो हुनुपर्छ भनेर व्याख्या गर्न र प्रदर्शन गर्ने कार्य गर्नुपर्छ।
“ख्रीष्टियन मण्डली त्यो समुदाय हो जस मार्फत पवित्र आत्माले छुटकारा दिन र वरदानहरू वितरण गर्न प्रशासन गर्नुहुन्छ, जुन माध्यमहरू र जसद्वारा परमेश्वरले ख्रीष्टमा आफ्नो मेलमिलापको कार्यलाई मानवतासामु प्रस्तुत गर्नुहुन्छ। परमेश्वरको आफ्नै आगमनको उत्सव मनाउन संसारबाट मण्डलीलाई बोलाइएको छ, र परमेश्वरको आफ्नै आगमन र अपेक्षित फिर्तीमा केन्द्रित परमेश्वरको राज्यको घोषणा गर्न संसारमा फर्कन बोलावट गरिएको छ।”
- थोमस ओडेन,
आत्मामा जीवन