Type at least 2 characters to search
No results found for ""
Courses
Lessons
navigate open
See all results →
मण्डलीको सिद्धान्त र अभ्यास

मण्डलीको सिद्धान्त र अभ्यास

Search Course

Type at least 3 characters to search

Search through all lessons and sections in this course

Searching...

No results found

No matches for ""

Try different keywords or check your spelling

results found

Lesson 3: स्थानीय मण्डली

1 min read

by Stephen Gibson


परिचय

► स्थानीय मण्डली के हो ? यो अरू सबै प्रकारका समूहहरूभन्दा कसरी भरक छन् ?

स्थानीय मण्डलीको यो परिभाषालाई सात वटा अत्यावश्यक तत्वहरूमा विभाजन गर्न सकिन्छ। यी तत्वहरू यस पाठश्रृङ्खलामा थप व्याख्या गरिएको छ।

स्थानीय मण्डलीको व्याख्या
स्थानीय मण्डली विश्वासीहरूको समूह हो जसले आत्मिक परिवार र विश्वासको समुदायको रूपमा कार्य गर्दछ; पश्चात्ताप गर्ने सबैलाई सुसमाचार र मण्डलीको संगति प्रस्ताव गर्दै; बप्तिस्मा र प्रभु भोजको अभ्यास गर्दै; आराधना, संगति, सुसमाचार प्रचार र चेलापनमा सहयोग गर्दै; पवित्र आत्माको वरदानद्वारा ख्रीष्टको शरीरको कार्य पूरा गर्दै; परमेश्वरको वचनमा समर्पित; बाइबलीय सिद्धान्तमा आधारित एकताको, अनुग्रहको अनुभव, र आत्माको जीवनको साथमा।

तल, परिभाषाको प्रत्येक भागहरूको थप व्याख्याको साथ दोहोर्याइएका छन्।[1]

► निम्न प्रत्येकको लागि, यो किन मण्डलीको आवश्यक विशेषता हो भनेर छलफल गर्नुहोस्। यदि कुनै मण्डलीमा यो विशेषताको अभाव छ भने केही परिणामहरू के हुनेछन् ?”

स्थानीय मण्डली विश्वासीहरूको समूह हो जसले आत्मिक परिवार र विश्वासको समुदायको रूपमा कार्य गर्दछ …

मण्डली मसीही विश्वासद्वारा निर्मित एउटा समूह हो। यो संसारको कुनै पनि अन्य समूह भन्दा बलियो सम्बन्ध छ।

[2] पश्चात्ताप गर्ने सबैलाई सुसमाचार र मण्डलीको संगति प्रस्ताव गर्दै …

मण्डलीले जातीय समूह वा मानिसहरूका वर्गहरूलाई बहिष्कार गर्न सक्दैन र अझै पनि सुसमाचारप्रति विश्वासयोग्य हुन सक्दैन। कुनै साझा जातीयता वा सामाजिक वर्ग आवश्यक छैन। साथै, यदि मण्डली सुसमाचारप्रति विश्वासयोग्य छ भने केही पापहरूलाई क्षमा गर्न अस्वीकार गर्न सकिदैन।

… बप्तिस्मा र प्रभु भोजको अभ्यास गर्दै …

येशूले यी समारोहहरूको लागि मण्डलीलाई निर्देशन दिनुभयो। बप्तिस्माले येशूमा परिवर्तनद्वारा मण्डलीमा प्रवेश गर्नुलाई बुझाउँछ। प्रभु भोजले सुसमाचारमा प्रकट गरिएको अनुग्रहलाई प्रतिनिधित्व गर्दछ।

आराधना, संगति, सुसमाचार प्रचार र चेलापनमा सहयोग गर्दै …

यी मण्डलीका अत्यावश्यक उद्देश्यहरू हुन्। यी महत्त्वपूर्ण उद्देश्यहरू पूरा गर्न मण्डलीको लागि सहयोग आवश्यक छ।

… पवित्र आत्माको वरदानद्वारा ख्रीष्टको शरीरको कार्य पूरा गर्दै …

मण्डलीका आत्मिक कार्यहरू मानवीय क्षमताले मात्र पूरा गर्न सकिंदैन।

परमेश्वरको वचनमा समर्पित …

मण्डलीले आफ्नो सुसमाचार, सिद्धान्त र अधिकारको लागि बाइबलमा निर्भर छ। यदि कुनै मण्डलीले बाइबलको आज्ञा पालन नगर्ने निर्णय गऱ्यो भने, मण्डलीले सिकाउने आफ्नो अधिकार गुमाउँछ।

… बाइबलीय सिद्धान्तमा आधारित एकताको, अनुग्रहको अनुभव, र आत्माको जीवनको साथमा।

मण्डलीका सदस्यहरू एक-अर्काप्रति प्रतिबद्ध हुन सक्छन् किनभने तिनीहरूसँग यी तीन चीजहरू एकसाथ छन्। यी तीनै चीज बिना, साँचो ख्रीष्टियन संगति अस्तित्वमा रहँदैन।


[1]

“विश्वासीहरूलाई परमेश्वरसँगको व्यक्तिगत सम्बन्धमा मात्र बाँच्नका लागि छुट्टाछुट्टै बोलाइएको छैन तर तिनीहरूलाई एकसाथ बोलाइएको छ र एक जातिको रूपमा एकैसाथ बाँधिएको छ।”
- थोमस ओडेन,
आत्मामा जीवन

[2]

“ख्रीष्टको दृश्य मण्डली विश्वासी मानिसहरूको एउटा मण्डली हो जसमा परमेश्वरको शुद्ध वचन प्रचार गरिन्छ र संस्कारहरू ख्रीष्टको नियम अनुसार विधिवत् रूपमा सञ्चालन गरिन्छ...”

- मेथोडिस्ट मण्डलीको धर्मका लेखहरू