Type at least 2 characters to search
No results found for ""
Courses
Lessons
navigate open
See all results →
मण्डलीको सिद्धान्त र अभ्यास

मण्डलीको सिद्धान्त र अभ्यास

Search Course

Type at least 3 characters to search

Search through all lessons and sections in this course

Searching...

No results found

No matches for ""

Try different keywords or check your spelling

results found

Lesson 13: ख्रीष्टियन अगुवाको चरित्र

1 min read

by Stephen Gibson


ख्रीष्टियन अगुवापनको चुनौती

यस पाठमा हामीले अध्ययन गर्ने धर्मशास्त्र विशेष गरी पास्टरहरु र डिकनहरूमा लागू हुन्छ, त्यसै गरि मण्डलीका अन्य अगुवाहरूमा पनि लागू हुन्छ। जसले कक्षामा पढाउछ, घरेलु मण्डलीको अगुवाई गर्छ, वा आराधनाको सेवा अगुवाई गर्छ, ति कुनै पनि व्यक्ति एक अगुवा हो। ती व्यक्तिहरू मण्डलीद्वारा अनुमोदित भनेको व्यक्तिको उदाहरण हुन्। त्यसकारण, यो महत्त्वपूर्ण छ कि तिनीहरू ख्रीष्टियन चरित्र भएको राम्रो उदाहरण हुन्।

अगुवाको व्यक्तिगत चरित्र उसको प्राकृतिक क्षमता भन्दा बढी महत्त्वपूर्ण हुन्छ। परमेश्वरले ख्रीष्टियन अगुवालाई आफ्नो सेवकाईको लागि आवश्यक क्षमताहरू दिनुहुन्छ।

► एक बिद्यार्थीले समूहको लागि १ तिमोथी ३:१-७ पढ्नुपर्छ।

यदि कुनै व्यक्तिसँग ठिक मनसाय छ भने उसले पास्टरको पदको चाहना गर्नु गलत होइन। यदि उसले आदर र अधिकार वा आर्थिक लाभ कमाउने अवसर चाहन्छ भने, ऊसँग पास्टरको हृदय छैन। उसले सेवा गर्ने मौकाको इच्छा गर्नुपर्छ।

पास्टर र डिकनहरूको योग्यताको बारेमा हामीसँग धर्मशास्त्रका दुई खण्डहरू छन्। ती कुराहरू प्रेरित पावलले तिमोथी र तीतसलाई लेखेका थिए। तिमोथी एफिससका मण्डलीहरूमाथि थिए; तीतस क्रेटका मण्डलीहरूमाथि थिए। तिनीहरूले प्रत्येक स्थानीय मण्डलीका लागि पास्टरहरू नियुक्त गर्ने काम गर्थे।

मण्डलीको पहिलो पुस्तामा एक जना मानिस पास्टर हुनको लागि कस्तो थियो भनेर कल्पना गरम त! उनीसँग शैक्षिक तालिम पनि थिएन। उसले अध्ययन गर्नका लागि सेवकाई सम्बन्धी कुनै पुस्तकहरू थिएन्। उसले अरू पास्टरहरूलाई अवलोकन गर्न मौका पाएनन्। मण्डली नयाँ भएकोले उसले लामो समयसम्म मण्डलीको जीवन अवलोकन गर्ने अवसर पनि पाएको थिएन। यहाँसम्म कि नयाँ नियमका अधिकांश भागहरू पनि लेखिएका थिएनन्।

पावलले तिमोथीलाई आफ्ना जनहरूको आदर कसरी प्राप्त गर्ने भनेर बताए। उनले उनलाई एक उदाहरणको बोलीवचन, आचरण र प्रेममा, विश्‍वासमा र शुद्धतामा (१ तिमोथी ४:१२) हुन भने। पास्टरले आदरको माग गरेर आदर प्राप्त गर्दैन।

► पास्टरले कसरी आदर कमाउन सक्छन् ?

प्रेरितले तिमोथी र तिनतसलाई पास्टरहरूको योग्यताबारे बताए। प्रायजसो योग्यताहरूले विशेष क्षमताको सट्टा ख्रीष्टियन चरित्र र परिपक्वतालाई बुझाउँछ। तसर्थ, हरेक ख्रीष्टियनलाई यी गुणहरू विकास गर्न प्रोत्साहन दिनुपर्छ।