Type at least 2 characters to search
No results found for ""
Courses
Lessons
navigate open
See all results →
मण्डलीको सिद्धान्त र अभ्यास

मण्डलीको सिद्धान्त र अभ्यास

Search Course

Type at least 3 characters to search

Search through all lessons and sections in this course

Searching...

No results found

No matches for ""

Try different keywords or check your spelling

results found

Lesson 2: ख्रीष्टियनको एकता

1 min read

by Stephen Gibson


परिचय

► विद्यार्थीले समूहको लागि निम्न काल्पनिक कथा पढ्नुपर्छ।

कुनै समयमा त्यहाँ एउटा यस्तो शहर थियो जहाँ नदीबाट बाढी आउने खतरा थियो। शहरका मानिसहरूले बालुवाका झोलाहरू भर्न र नदीको किनारमा राख्न टोलीहरू बनाए। मानिसहरूले उत्साहका साथ काम गरे, र टोलीमा एउटै भावना विकास भयो। टोलीहरूले चाँडै नै आफ्नो नाम आफै राखे। त्यहाँ सहर बचाउनेहरु, बालुवा सावेलहरू, र खोला अवरोधकहरू राखे। टोलीको पहिचान महत्त्वपूर्ण भयो। प्रत्येक टोलीका सदस्यहरूले मिल्दोजुल्दो शर्ट लगाए। उनीहरूले आफ्नो टोली कसरी उत्कृष्ट थियो भन्ने बारेमा कुरा गरे। तिनीहरूले अन्य टोलीहरूको कामको आलोचना गरे।

जब एक खोला अवरोधकले सहर बचाउनेबाट ठेलागाडा सापटी लिन आग्रह गरे, उनीहरूले उसलाई त्यो ठेलागाडालाई लिन अनुमति दिएनन्, किनकि उनीहरूले सोचे कि उनीहरूलाई पछि यसको आवश्यकता हुन सक्छ। जब बालुवा सावेलहरूसँग झोलाहरू समाप्त भयो, उनीहरूले थप झोलाहरु ल्याउनको लागि एक घण्टा पर्खनुपऱ्यो, यद्यपि अन्य टोलीहरूसँग अझै पनि अतिरिक्त झोलाहरु थिए। टोलीहरूले बिर्सेका थिए कि उनीहरू सबैको एउटै मिशन थियो। मिशनको कुल सफलता भन्दा प्रत्येक टोलीको सफलता बढी महत्त्वपूर्ण देखिन्थ्यो।

► कहिलेकाहीं मण्डलीहरूले कथामा भएका टोलीहरू जस्तै कसरी कार्य गर्छन् ?

बाइबलले ख्रीष्टियन एकताको महत्त्वलाई बलियो तरिकाले जोड दिन्छ। पावलले कोरिन्थीको मण्डलीको विभाजनलाई यस प्रश्नद्वारा खण्डन गरे, “के ख्रीष्‍ट बाँड़िनुभएको छ र ?” (१ कोरिन्थी १:१३)। उहाँले एफिसीलाई आत्माको एकता कायम राख्न भन्नुभयो, औंल्याउँदै कि, “शरीर एउटै छ... एउटै प्रभु, एउटै विश्‍वास र एउटै बप्‍तिस्‍मा” (एफिसी ४:४-५)। येशूले विश्वासीहरू एक होऊन् भनेर हृदयदेखि प्रार्थना गर्नुभयो ताकि संसारले उहाँ पिताबाट आउनुभएको हो भनी विश्वास गरून् (यूहन्‍ना १७:२१)।

सुरुदेखि नै, मण्डलीले आफूलाई एकै भएको ठान्थे। प्रेरितहरूको सारमा यो भनाई समावेश छ: “म विश्वास गर्छु ... पवित्र क्याथोलिक मण्डलीमा; सन्तहरूको संगतिमा।” निसेनको सारमा यो भनाइ समावेश गरिएको छ: “म एउटै क्याथोलिक र प्रेरितीय मण्डलीमा विश्वास गर्छु।” क्याथोलिक शब्दको अर्थ पूर्ण र विश्वब्यापी हो। प्रेरितीय शब्दको अर्थ यो हो, मण्डली प्रेरितहरूद्वारा स्थापित गरिएको थियो र अझै पनि प्रेरितहरूको शिक्षालाई पछ्याउँदछन्।

प्रारम्भिक सारहरूले ख्रीष्टियन धर्मको अत्यावश्यक सिद्धान्तहरू व्यक्त गर्थे।मण्डलीले यी सारहरुलाई स्वीकार नगर्ने कुनै पनि व्यक्तिलाई ख्रीष्टियन मान्दैनथ्यो, किनकि यी सारहरू अत्यावश्यक ख्रीष्टियन धर्मलाई परिभाषित गर्ने उद्देश्यले बनाइएका थिए। त्यसकारण, यदि कुनै व्यक्तिले त्यहाँ साँचो मण्डलीहरू छन् जो एउटै विश्वव्यापी मण्डलीको भाग होइनन् भनेर सोच्दछ भने त्यो धर्मविधर्मी हो।