कक्षाको अगुवालाई नोट
तपाईंले इस्राएलीहरूले मिश्रबाट छुटकारा पाएको कथा छोटकरीमा बताउनुपर्छ (वा विद्यार्थीलाई भन्न दिनुपर्छ)। विभिन्न विद्यार्थीहरूलाई विवरणहरू योगदान गर्न दिनुहोस्। प्रस्थान ११-१२ ले पहिलो निस्तार चाडको बारेमा बताउँछ।
Lesson
Playlist
Search through all lessons and sections in this course
Searching...
No results found
No matches for ""
Try different keywords or check your spelling
1 min read
by Stephen Gibson
तपाईंले इस्राएलीहरूले मिश्रबाट छुटकारा पाएको कथा छोटकरीमा बताउनुपर्छ (वा विद्यार्थीलाई भन्न दिनुपर्छ)। विभिन्न विद्यार्थीहरूलाई विवरणहरू योगदान गर्न दिनुहोस्। प्रस्थान ११-१२ ले पहिलो निस्तार चाडको बारेमा बताउँछ।
निस्तार-चाड यहूदीहरूको एउटा चाड थियो जुन इस्राएलीहरूले मिश्र छोडेको रात मनाइएको थियो। यो उत्सव मिश्रबाट छुटकारा पाउने बारे मात्र थिएन; यो तिनीहरूप्रति परमेश्वरको दयाको उत्सव थियो जब उहाँले मिश्रीहरूलाई मार्नुभयो तर इस्राएलीहरूका घरहरूबाट भएर जानुभयो (प्रस्थान १२:२७)। त्यसकारण, यो घटना परमेश्वरको आफ्ना मानिसहरू प्रतिको दयाको प्रतीक थियो।
मिश्रबाट छुटकारा पाएपछि इस्राएलीहरूले हरेक वर्ष निस्तार चाड मनाउँथे। परमेश्वरले तिनीहरूलाई त्यस दिनको लागि विशेष भोजन र रगतको औपचारिक प्रयोग सहितका समारोहहरू दिनुभयो।
यो घटना मुक्तिको एउटा प्रकार थियो। यसको अर्थ यो होइन कि त्यस दिन उद्धार पाएका मानिसहरू सबैले आफ्ना पापहरूको क्षमा पाएका थिए र परमेश्वरसित सही सम्बन्ध राखेका थिए। तथापि, तिनीहरू दासत्वबाट मुक्त भए, तिनीहरूले परमेश्वरबाट दया पाए, र रगत परमेश्वरको आवश्यकताको भाग थियो। ती विवरणहरूले यस घटनालाई ख्रीष्टले प्रदान गर्नुभएको मुक्तिको एउटा उदाहरण बनाउँछ। अधिकांश इस्राएलीहरूले यसको पूर्ण अर्थ नबुझी निस्तार चाड मनाए।
येशूले आफ्ना चेलाहरूसँग बाँड्नु भएको अन्तिम निस्तार चाडमा, उहाँले यसको अर्थ व्याख्या गर्नुभयो। येशूले मण्डलीको अभ्यासको लागि एक समारोह स्थापना गर्नुभयो जब उहाँले भन्नुभयो “मेरो सम्झनामा यो गर्ने गर” (लूका २२:१५-२०)। मण्डलीहरूले यस समारोहलाई “प्रभुको भोज” वा “प्रभु भोज” वा “युचरिस्ट (Eucharist)” वा “मास (Mass)” भन्छन्।
पावलले लेखे कि येशू नफर्केसम्म मण्डलीले यो प्रथा नियमित रूपमा पालन गर्नुपर्छ (१ कोरिन्थी ११:२३-२६)। मण्डलीमा भोज भतेर र संगतिको अन्य विशेष समयहरू थिए जुन प्रभु भोजको साथ भ्रमित हुनु हुँदैन। उदाहरणका लागि, जब बाइबलले भन्छ कि प्रारम्भिक विश्वासीहरूले “घर-घरमा रोटी भाँच्थे,” हामीले सम्झनु पर्छ कि रोटी भाँच्थे शब्दले खानको लागिलाई मात्र बुझाउँछ (प्रेरित २:४६)। तिनीहरू विभिन्न घरहरूमा सँगै खाना खाएर संगति गर्दै हिड्थे। मण्डलीमा “प्रीतिभोज” पनि थियो जुन त्यो प्रभु भोज जस्तै थिएन (यहूदा १२)।
► एक बिद्यार्थीले समूहको लागि यूहन्ना ६:४७-५८ पढ्नुपर्छ।
जब उहाँ स्वर्गबाट आएको रोटी हुँ र तिनीहरूले उहाँको मासु खानुपर्छ र उहाँको रगत पिउनुपर्छ भनेर भन्नुहुँदा येशूले भीडलाई छक्क पार्नुभयो।
► येशूले यी भनाइहरूको अर्थ के भन्नुभएको थियो ?
येशूले भन्नुभयो कि उहाँ संसारको जीवनको लागि आफूलाई अर्पण गर्दै हुनुहुन्छ (यूहन्ना ६:५१)। उहाँ प्रायश्चित प्रदान गर्न आफ्नै बलिदानको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो। उहाँले आफ्नो बलिदानलाई भोजन र पिउने कुरासँग तुलना गर्नुभएको थियो। जसरी कुनै मानिसलाई शारीरिक जीवनको लागि भोजन चाहिन्छ, त्यसरी नै उसले अनन्त जीवनको लागि ख्रीष्टको बलिदान स्वीकार गर्नै पर्छ।
► एक बिद्यार्थीले समूहको लागि लूका २२:१५-२० पढ्नुपर्छ।
चेलाहरूसँग येशूको अन्तिम निस्तार-चाडको भोजमा, उहाँले रोटीलाई उहाँको शरीर हो र दाखमद्यलाई उहाँको रगत हो भन्नुभयो। उहाँले तिनीहरूको मुक्तिको निम्ति आफ्नो जीवन दिनुहुन्थ्यो।
► येशूले किन भोजको लागि रोटी र दाखमद्य प्रयोग गर्नुभयो ?
येशूले प्रभु भोजको लागि रोटी र दाखमद्य प्रयोग गर्नुका थुप्रै कारणहरू हुन सक्छन्।[1] रोटी सबैभन्दा आधारभूत भोजन थियो, जस्तै यो संसारका धेरै भागहरूमा भोजनको रुपमा भएको छ। रोटीले सामान्य तवरमा भोजनलाई मात्र बुझाउँदैन, तर जीवनलाई पनि बुझाउँछ किनभने जीवनको लागि भोजन आवश्यक छ। त्यस समयमा पानी बाहेक दाखमद्य सबैभन्दा सामान्य पेय पदार्थ थियो। दाखमद्यले उत्सवलाई पनि बुझाउँछ। 
कुनै-कुनै आधुनिक मण्डलीले अरू कुनै समयमा दाखमद्य नपिए तापनि प्रभु भोजको लागि दाखमद्य प्रयोग गर्छन्। अरू मण्डलीहरूले अंगुरको रस प्रयोग गर्छन् किनभने तिनीहरू कुनै पनि रक्सी पिउन प्रोत्साहन दिन चाहँदैनन्। नयाँ करारमा अङ्गुरको रसलाई दाखमद्य भनिएको थियो चाहे त्यो ताजा होस् वा किण्वनको कुनै पनि चरणमा भएको होस्।
कुनै-कुनै मण्डलीहरूले प्रभु भोजको लागि खाने र पिउने कुराहरू पूर्णतया फरक-फरक कुराहरूमा परिवर्तन गरेका छन्। प्रभु भोजको लागि केही फरक कुरा प्रयोग गर्दा हामी निकै होसियार हुनुपर्छ। मोर्मोनहरूले रोटी र पानी प्रयोग गर्छन्, तर तिनीहरू प्रायश्चितको ख्रीष्टियन सिद्धान्तमा विश्वास गर्दैनन्।
संसारका केही भागहरूमा रोटी र दाखमद्य सामान्य नहुन सक्छ; अन्य चीजहरू आधारभूत खाना र पेय पदार्थ हुन सक्छ। यस्तो अवस्थामा मण्डलीले प्रार्थनापूर्वक विभिन्न विकल्पहरूबारे विचार गर्न सक्छ।
रोमन क्याथोलिक मण्डलीले र पूर्वी अर्थोडक्स मण्डलीले रोटी र दाखमद्य येशूको शाब्दिक शरीर र रगत बन्छ भनी विश्वास गर्छन्। रोटी र दाखमद्यमा उहाँको शरीर र रगत साँच्चै छ भनेर विश्वास गर्ने अन्य मण्डलीहरू पनि छन्। अधिकांश प्रोटेस्टेन्ट मण्डलीहरूले रोटी र दाखमद्यले ख्रीष्टको शरीर र रगतको प्रतीक हो जुन तिनीहरूको भौतिक उपस्थिति बिना नै हो भनि विश्वास गर्छन्।
जब येशूले आफ्ना चेलाहरूलाई निस्तार चाड खुवाउँनु हुदा, उहाँले भन्नुभयो, “यो मेरो शरीर हो... यो मेरो रगत हो।”
येशू अझै पनि त्यहाँ उभिनुभएको थियो र तिनीहरूसँग शारीरिक रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँको शरीर र रगत बलिदानको लागि अझै दिइएको थिएन। रोटी र दाखमद्य उहाँको शरीर र रगतको प्रतीक हो, न कि शाब्दिक अर्थमा उहाँको शरीर र रगत नै हो भन्ने कुरा स्पष्ट देखिन्छ। प्रभु भोजमा प्रयोग गरिने रोटी र दाखमद्यलाई तेही स्वरूप समान मान्नु पर्छ।
मुक्ति चाहिँ येशूको एक-पटकको बलिदानद्वारा मात्र हो। उहाँको मृत्यु पटक–पटक हुँदैन। किनभने प्रभु भोज भनेको येशूको मृत्युको एउटा मात्र घटनामा आराधना र विश्वासको कार्य हो, त्यसैले रोटी र दाखमद्य शाब्दिक रूपमा उहाँको शरीर र रगत हुनु आवश्यक छैन।
किनभने रोमी क्याथोलिकहरू ख्रीष्टको शाब्दिक शरीर र रगत दिनको लागि मण्डलीको नियन्त्रण छ भनी विश्वास गर्ने भएकोले, तिनीहरूमध्ये धेरैले मुक्ति पाउन सक्ने व्यक्तिलाई मण्डलीले नियन्त्रण गर्छ भन्ने कुरामा विश्वास गर्छन्। पूजाहारीले प्रभु भोज दिन इन्कार गरेमा कुनै व्यक्तिले उद्धार पाउन सक्दैन भन्ने तिनीहरूको सोचाइ छ। लाखौं मानिसहरूले सोच्दछन् कि एक व्यक्ति प्रभु भोज प्राप्त गरेर मुक्ति पाउँछ।
प्रभु भोजको उचित दृष्टिकोण यो हो कि यो हाम्रो लागि ख्रीष्टको मृत्युको प्रतीक आराधनाको एक कार्य हो, जुन समयमा परमेश्वरले सहभागीको विश्वासको प्रतिक्रियामा अनुग्रह दिनुहुन्छ। यो ती मानिसहरूका लागि हो जो मुक्ति पाएका छन्, र तिनीहरूको मुक्ति प्रभु भोजको उपलब्धतामा निर्भर गर्दैन।
► येशूले रोटी र दाखमद्यलाई शाब्दिक अर्थमा उहाँको शरीर र रगत हो भन्नुभएको थियो भनेर हामीले किन सोच्नु हुँदैन ?
► मुक्तिको लागि किन प्रभु भोजलाई शाब्दिक रूपमा ख्रीष्टको शरीर र रगत मान्नु आवश्यक छैन ?
[1]प्रभु भोजलाई अक्सर अनुग्रहको एक साधन भनिन्छ। ख्रीष्टको प्रायश्चितमा विश्वासका साथ ग्रहण गर्दा परमेश्वरले यसलाई अनुग्रहको साधनको रूपमा रचना गर्नुभएको छ। ख्रीष्टियनहरूले धर्मशास्त्रीय आज्ञाहरू पालन गरेर परमेश्वरको आज्ञा पालन गर्नुपर्छ। एक जना ख्रीष्टियनले अनुग्रहको यस साधनलाई बेवास्ता गर्नु हुँदैन।
यदि कुनै व्यक्तिले ख्रीष्टमा विश्वास नगरी प्रभु भोज खान्छ भने त्यसले स्वतः उसलाई अनुग्रह ल्याउदैन।
यदि कुनै व्यक्तिले यसको अर्थको लागि आदर नगरी यसलाई लिन्छ भने, उसले आफैलाई निन्दा ल्याउँछ (१ कोरिन्थी ११:२७-२९)।
मुक्तिको लागि पश्चात्ताप र विश्वास अत्यावश्यक छ। मुक्तिको लागि प्रभु भोज अत्यावश्यक छैन। प्रभु भोज आज्ञाकारिता र विश्वासको अभिव्यक्तिको कार्य हो। यदि कुनै ख्रीष्टियनले प्रभु भोजको पहुँच नपाएको भए तापनि ऊ ख्रीष्टियन रहनबाट रोकिने छैन।
► के ख्रीष्टियनहरूले प्रभु भोज लिनु आवश्यक छ ? आफ्नो उत्तर व्याख्या गर्नुहोस्।
“अनुग्रहका साधनहरू ईश्वरीय रूपमा नियुक्त माध्यमहरू हुन् जसद्वारा पवित्र आत्माका प्रभावहरू मानिसहरूका आत्माहरूमा संचारित सम्प्रेषित हुन्छन्।”
- विली र कल्बर्टसन,
ख्रीष्टियन ईश्वरशास्त्रको परिचय
प्रेरित पावलले कोरिन्थीहरूको प्रभु भोज बाँड्ने गलत तरिकालाई सच्याए। उनका निर्देशनहरू हाम्रो लागि मूल्यवान छन्।
► एक बिद्यार्थीले समूहको लागि १ कोरिन्थी ११:२०-३४ पढ्नुपर्छ। कोरिन्थीहरूले के गलत कार्य गरिरहेका थिए ?
तिनीहरूले प्रभुको भोजको लागि भोजन बनाई रहेका थिए र भोजन ल्याइरहेका थिए। प्रत्येक मानिसले बाँड्नुको साटो आफ्नै भागबाट खाना खान्थे। तिनीहरूले एक अर्कालाई पर्खेनन् र एकै समयमा सुरु गरे। कोही व्यक्तिहरु धेरै खाइरहेका थिए भने, र अरूहरु अझै भोकमा थिए। कोही व्यक्तिहरु धेरै रक्सी पिइरहेका थिए र रक्सीले मात्तिरहेका थिए।
► पावलले तिनीहरूलाई कस्तो विशेष निर्देशन दिए ?
उनले तिनीहरूलाई यसलाई भोजन नबनाउन भन्नुभयो। मण्डलीहरूमा भोज र संगतिको भोजन हुन्थ्यो, तर ती प्रभु भोजहरू होईन। उहाँले तिनीहरूलाई एक अर्कालाई पर्खन र सँगै सुरु गर्न भन्नुभयो।
येशूले मण्डलीको लागि कसरी चलन सुरु गर्नुभयो भनेर पावलले समीक्षा गरे। येशूले रोटी दिनुभयो, त्यसपछि दाखरस दिनुभयो, तिनीहरूको अर्थ बुझाउदै दिनु भयो। सहभागीले तिनीहरूलाई आदरपूर्वक लिनु महत्त्वपूर्ण छ, प्रभु भोजको अर्थ के हो भनेर सम्झिदै लिनु पर्छ।
पावलले भने कि एक व्यक्तिले आफूलाई जाँच्नुपर्छ कि उसले अयोग्य तरिकाले प्रभु भोज लिदैन भनेर पक्का हुनुपर्छ। कतिपय मानिसहरूले यसको अर्थ यो हो कि कुनै पनि व्यक्तिले आफ्नो जीवनले परमेश्वरलाई हरेक विवरणमा खुशी पार्छ भन्ने कुरामा निश्चित नभएसम्म प्रभु भोज लिनु हुँदैन भन्ने कुरा बुझाउँछन्। यस पदले सिकाएको कुरा त्यो होइन। प्रेरितले प्रभु भोज लिने तरिकाको बारेमा कुरा गरिरहेका थिए। यदि कुनै व्यक्तिले यसलाई अमर्यादित र लापरवाह तरिकाले लिन्छ भने उसलाई निन्दा गरिन्छ।
मण्डलीले प्रभु भोजको दौडान सँगै प्रार्थना गर्नु राम्रो हो। सेवाको विभिन्न भागहरूमा प्रार्थनामा अगुवाइ गर्न विभिन्न मानिसहरूलाई व्यवस्थित गर्न सकिन्थ्यो। समूहले कुनै पनि समयमा सँगै गाउन पनि सक्छ। सेवा शान्त र व्यवस्थित तरिकाले गर्नुपर्छ। यो चर्को स्वरमा, स्वतःस्फूर्त रमाउने समय होइन। यो हाम्रो मुक्तिको लागि दिइएको येशूको बलिदानमा मनन गर्ने समय हो।
► कसलाई प्रभु भोज प्राप्त गर्न अनुमति दिनुपर्छ ?
येशूले आफ्ना चेलाहरूलाई यो अभ्यास सिकाउनुभयो र तिनीहरूलाई मिलेर गर्नु भन्नुभयो, त्यसैले हामी जान्दछौं कि प्रभु भोज ख्रीष्टियनहरूको लागि मात्र हो। अर्को धर्मलाई पछ्याउने व्यक्तिलाई प्रभु भोज दिनु हुँदैन। एक व्यक्ति जसले अन्य देवताको पूजा गर्छ, उसले राक्षसहरूको पूजा गरिरहेको हुन्छ। उसले ख्रीष्टको आराधना पनि गर्न सक्दैन (१ कोरिन्थी १०:२०-२१)।
यदि कोही व्यक्ति खुला पापमा बाँचिरहेको छ र उसले पश्चात्ताप गरेको छैन भने, उसलाई प्रभु भोज दिनु हुँदैन। प्रभु भोज लिनु भनेको हामीले ख्रीष्टको मृत्युसँग पहिचान गरेका छौं भनेर गवाही दिनु हो। जानीजानी पाप गर्दै जाने व्यक्तिसित त्यो गवाही हुँदैन।
व्यभिचार, मूर्तिपूजा वा मद्यपान जस्ता स्पष्ट पापमा बाँचिरहेको व्यक्ति ख्रीष्टियन होइन (१ कोरिन्थी ६:९-१०)। बाइबलले हामीलाई बताउँछ कि यी पापहरू गर्ने र अझै पनि ख्रीष्टियन हुँ भनी दाबी गर्ने व्यक्तिसँग हामीले संगति गर्न सक्दैनौं (१ कोरिन्थी ५:११)। त्यसकारण, उसलाई प्रभु भोजको सेवा गर्नु ठीक हुनेछैन।
यदि कुनै सदस्यले पाप गरेको छ र मण्डलीको सुधारलाई इन्कार गरेको छ भने, उसलाई मुक्ति नपाएको मानिनेछ (मत्ती १८:१७), र यसैले उसलाई प्रभु भोजको सेवा गर्नु हुँदैन।
प्रभु भोजले ख्रीष्टियनहरूको विशेष एकतालाई अभिव्यक्त गर्छ। प्रेरितले भने कि प्रभु भोजमा हामी एक शरीर हौं भनेर देखाउँछौं (१ कोरिन्थी १०:१६-१७)। त्यसकारण, यदि कुनै व्यक्ति लापरवाह, बेफिक्री पापीको रूपमा चिनिन्छ भने, उसले त्यो एकतामा सामेल हुन सक्दैन।
एक जना पास्टरले ख्रीष्टियनहरूलाई प्रभु भोजको सेवा प्रदान गर्न जिम्मेवार छ, तर तिनीहरूको जीवनको हरेक विवरण जाँच्ने जिम्मेवारी तिनको होइन। यदि कुनै व्यक्तिले आफू ख्रीष्टियन भएको दाबी गर्छ र खुला पापमा बाँचिरहेको छैन भने, पास्टरले उसको गवाही स्वीकार गर्न सक्छ।
साँचो मुक्ति पाएको प्रत्येक व्यक्तिले प्रभु भोजले प्रतिनिधित्व गर्ने प्रायश्चित प्राप्त गरेको छ, चाहे त्यो कुनै खास स्थानीय मण्डलीको सदस्य होस् वा नहोस्। तसर्थ, स्थानीय मण्डलीको सदस्यता प्रभु भोजको लागि आवश्यक हुनुहुँदैन।
एक साँचो ख्रीष्टमा परिवर्तन गर्ने व्यक्ति प्रभु भोज र बप्तिस्मा दुवैको लागि योग्य हुन्छ। यदि तिनी बप्तिस्मा लिन इच्छुक छन् भने, तिनले बप्तिस्मा लिए पछि मात्र प्रभु भोज लिन्छु भन्ने कुरा सम्म पर्खनु पर्दैन।
यदि मण्डलीमा विभिन्न प्रकारका ख्रीष्टियनहरू छन् र मुक्ति नपाएका मानिसहरू पनि मिसिएका छन् भने, जो स्पष्ट पापमा बाँचिरहेका मानिसहरू पनि समावेश छन् भने, साधारणतया मण्डलीलाई प्रभु भोजको सेवा गर्नु हुँदैन। प्रभु भोज प्राप्त गर्नु पर्ने ति व्यक्तिहरूको लागि फरक समयमा प्रभु भोजको समय निर्धारण गर्न सकिन्छ।
► स्पष्ट पापीलाई प्रभु भोजको सेवा गर्न नहुने केही कारणहरू के के हुन् ?
► कति चोटि सम्म प्रभु भोजको सेवा गर्न सकिन्छ ? किन ?
कुनै-कुनै मण्डलीहरूले हरेक हप्ता प्रभु भोजको सेवा गर्छन्। अन्य मण्डलीहरूले प्रत्येक महिना एक पटक यसको सेवा गर्छन्। कोही-कोही वर्षमा एक पटक यसो गर्छन्। कोही-कोहीले यो काम विरलै गर्छन्, कुनै तालिका बिना।
बाइबलले हामीलाई कति चोटि प्रभु भोजको सेवा गर्ने भनेर बताउँदैन।
कोही मानिसहरूले मुक्ति पाउनु अघि मुक्तिको लागि रितिरिवाजहरूमा भरोसा गर्थे। जब तिनीहरूले मुक्ति पाउँछन् र त्यस प्रकारको धर्म त्याग्छन्, तिनीहरू कुनै पनि धार्मिक रितिरिवाजप्रति असहज हुन सक्छन्। तिनीहरूलाई लाग्न सक्छ कि प्रभु भोज बारम्बार गर्नु हुँदैन।
कोही-कोही मानिसहरूले गलत तरिकाले यस रीतिरिवाजमा विश्वास गर्छन्। तिनीहरू बारम्बार प्रभु भोज गर्न चाहन्छन् किनभने यसले तिनीहरूलाई आफूले मुक्ति पाएको महसुस गर्न मदत गदर्छ।
पास्टरले प्रभु भोजको अर्थ व्याख्या गर्न महत्त्वपूर्ण छ। परमेश्वरसितको सम्बन्धमा गलत तरिकामा विश्वास नगरी यसलाई आशिषको रूपमा कसरी प्रयोग गर्न सकिन्छ भनेर बुझ्न उनले आफ्ना जनहरूलाई मदत गर्नुपर्छ।
► प्रभु भोजको सेवा गर्ने अधिकार कसलाई छ ?
बाइबलले हामीलाई बताउँछ कि प्रत्येक विश्वासी एक पूजाहारी हो (प्रकाश १:६, १ पत्रुस २:५, ९)। यसको अर्थ हामी सीधै परमेश्वरको आराधना गर्न सक्छौं र अरूलाई पनि उहाँको आराधना गर्न मदत गर्न सक्छौं। हामीलाई परमेश्वरकहाँ ल्याउनको लागि पृथ्वीमा कुनै मध्यस्थकर्ताको आवश्यकता पर्दैन, किनकि येशू हाम्रा प्रधान पूजाहारी हुनुहुन्छ, र उहाँले हामीलाई पहुँच दिनुभएको छ (१ तिमोथी २:५, हिब्रू ४:१४-१६)। उहाँद्वारा हामीले निरन्तर प्रशंसाको बलिदानहरू चढाउन सक्छौं (हिब्रू १३:१५)।
किनभने प्रत्येक विश्वासी पूजाहारी भएकोले, कुनै पनि विश्वासीले अन्य विश्वासीहरूलाई विशेष गरी पास्टर उपलब्ध नभएको बेला पनि प्रभु भोजको सेवा गर्न सक्छ भनेर हामी तर्क गर्न सक्छौं। तथापि, सामान्यतया पास्टरको निर्देशनमा प्रभु भोजको सेवा गर्नु पर्ने कारणहरू पनि छन्।
बाइबलले पास्टरले मात्र प्रभु भोजको सेवा गर्नुपर्छ भनेर प्रत्यक्ष रूपमा बताएको छैन। तथापि, पावलले व्यवस्थित र आदरणीय तरिकामा प्रभु भोजको सेवा गर्न विशेष निर्देशन दिए। निर्देशनहरू समूहको लागि थियो, र अगुवाले समूहलाई मार्गदर्शन गर्नको लागि जिम्मेवार थियो। मण्डलीका मानिसहरू स्वाभाविक रूपले पास्टरमा निर्भर हुनेछन् ताकी यो सुनिश्चित गर्न कि प्रभु भोज सही तरिकाले गरिएको छ, र पास्टरले त्यो जिम्मेवारी लिनुपर्छ।
► १ कोरिन्थी ११:२७-३४ मा दिइएका चेताउनीहरूलाई फेरि हेर्नुहोस्।
पावलले ख्रीष्टको शरीर र रगतप्रतिको श्रद्धाले गर्दा यी निर्देशनहरू महत्त्वपूर्ण भएको बताए। यदि कोही व्यक्तिले लापरबाही गर्छ भने, ऊ दोषी ठहरिन्छ। बिरामी र मृत्युको न्याय तिनीहरूमध्ये धेरैमाथि आइसकेको थियो। पावलले भने कि यदि तिनीहरूले आफैलाई जाँच्न होसियार भए भने, तिनीहरू परमेश्वरको न्यायबाट बच्नेछन्। पावलले तिनीहरूका लागि पछि थप निर्देशनहरू भएको कुरा बताए।
यो उचित तरिकाले प्रभु भोज बाँड्नु महत्त्वपूर्ण छ, दुरुपयोगबाट हुने हानिबाट बच्न मात्र होइन, तर परमेश्वरले हाम्रो लागि बनाउनुभएको लाभ प्राप्त गर्न पनि हो।
यो सोच्नु उचित छ कि प्रेरितले मण्डलीका अगुवाहरूले यी निर्देशनहरू पालना गरेको छ कि छैन भनेर सुनिश्चित गरेको अपेक्षा गरेका थिए। मण्डलीका सदस्यहरूले आफ्ना पास्टरहरूले तिनीहरूलाई प्रभु भोजको महत्त्वको कारणले उचित रूपमा बाँड्न मद्दत गरेको चाहन्थे।
पास्टरको पनि विशेष जिम्मेवारी हुन्छ किनभने अर्को धर्ममा संलग्न भएको वा स्पष्ट पापमा संलग्न भएको व्यक्तिलाई प्रभु भोजको सेवा गर्नु हुँदैन।
त्यसकारणले, सामान्यतया पास्टरले वा पास्टरको निर्देशनमा कसैले प्रभु भोजको सेवा गर्नुपर्छ। पास्टरले अरूलाई पनि प्रभु भोजको सेवामा मदत गरिदिन आग्रह गर्न सक्छन्। पास्टर उपस्थित नभएको बेलामा पनि अरु मानिसहरूलाई प्रभु भोजको सेवा गर्न कसैलाई पास्टरले स्वीकृति पनि दिन सक्छन्।
भेला: मानिसहरूलाई भेला गर्ने नियमित तरिका हुनुपर्छ जसले प्रभु भोज बाँड्छन्। यदि यो सार्वजनिक पूजा सेवामा गरिन्छ भने, तिनीहरूले सही मानिसहरूको सेवा कसरी गर्ने भनेर अगुवाहरूलाई थाहा हुनुपर्छ।
धर्मशास्त्र: प्रभु भोज गर्नु अघि धर्मशास्त्र पढ्नुपर्छ। धर्मशास्त्रको बारेमा केही भनाईहरु भन्न सकिन्छ, तर छोटो हुनुपर्छ। प्रयोग गर्न सकिने धर्मशास्त्रका पदहरूका उदाहरणहरूमा मत्ती २६:२६-३०, मर्कूस १५:२२-२८, लूका २२:१४-२०, यूहन्ना १०:११-१८, यूहन्ना १९:१-६, यूहन्ना १९:१६-१९, यूहन्ना २०:२६-२९, १ कोरिन्थी ११:२३-२६, हिब्रू १०:११-१७, हिब्रू ९:२४-२८, हिब्रू ४:१२-१६, प्रकाश १:१२-१८, यशैया ५३:१-५, वा यशैया ५३:६-१२ पनि समावेश छन्।
प्रार्थना: प्रार्थनामा कसैले अगुवाई गर्नुपर्छ। प्रार्थनामा यस्ता भनाईहरू समावेश हुनुपर्छ: “प्रभु, येशूको बलिदानद्वारा तपाईंले दिनु भएको मुक्तिको लागि हामी तपाईंलाई धन्यवाद दिन्छौं। तपाईंले हामीलाई स्वतन्त्र रूपमा दिनुभएको अनुग्रहको लागि हामी तपाईंलाई धन्यवाद दिन्छौं। जब हामी एक आपसमा सँगै प्रभु भोज बाडर्छौं, तब हामी आत्मिक जीवनको लागि तपाईंमा निर्भर छौं भनेर गवाही दिन्छौं। विश्वासीहरूको हैसियतमा हामी एक साथ भएको एकतालाई हामी देखाउँछौं। हामी अनुग्रहको लागि प्रार्थना गर्दछौं ताकि हरेक दिन तपाईंलाई प्रसन्न पार्न सकौ।”
रोटीको वितरण: रोटी पास्टरले वा तिनले नियुक्त गरेका व्यक्तिहरूद्वारा वितरण गर्न सकिन्छ। उसले यसो भन्न सक्छन्, “यो रोटीले ख्रीष्टको शरीरको प्रतिनिधित्व गर्छ, जुन हाम्रो मुक्तिको निम्ति दिइएको हो।” सबै जना प्रभु भोजको समयमा शान्त र आदरणीय हुनुपर्छ। कुनै मण्डलीमा, पास्टरले मानिसहरूलाई सबैले रोटि नपाए सम्म रोटी थाम्न भन्छन्, त्यसपछि सँगै खानु भन्छन्। अन्य मण्डलीहरूमा, प्रत्येक व्यक्तिले रोटी प्राप्त गरेपछि खानु पर्ने चलन छ।
प्रार्थना: पास्टरले वा पास्टरले रोजेको व्यक्तिले परमेश्वरको अनुग्रहको लागि धन्यवाद दिंदै छोटो प्रार्थनाको अगुवाई गर्न सक्छ।
दाखमद्यको वितरण: पास्टरले यसो भन्न सक्छ, “यो दाखमद्यले येशूको रगतलाई प्रतिनिधित्व गर्छ, जुन हाम्रो उद्धारको निम्ति दिइएको हो।” कुनै-कुनै मण्डलीहरूले छुट्टाछुट्टै कपहरू वितरण गर्छन्। अरूले एउटा कप सबैलाई दिन्छन्। कुनै-कुनै मण्डलीहरूमा प्रत्येक व्यक्तिले आफ्नो रोटीको टुक्रा दाखमद्यमा डुबाउँछन्। महत्त्वपूर्ण कुरा यो हो कि यो व्यवस्थित, आदरणीय तरिकामा गरिएको छ।
प्रार्थना: पास्टरले वा पास्टरले रोजेको व्यक्तिले आराधनाको प्रार्थनाको अगुवाई गर्न सक्छ।
भजन: समूहले सँगै भजन गाउन सक्छ।
१. यहूदीहरूले मनाएका निस्तार-चाड को उत्सवबाट प्रभु भोज आएको हो।
२. निस्तार चाडले ख्रीष्टले दिनुभएको प्रायश्चितलाई उदाहरण दियो।
३. रोटी र दाखमद्य येशूको शरीर र रगतको प्रतीक हो।
४. प्रभु भोजले प्राप्तकर्तालाई स्वतः मुक्ति दिँदैन।
५. यदि कुनै व्यक्तिले ख्रीष्टको प्रायश्चितमा विश्वास गरेर प्रभु भोजलाई ग्रहण गर्छ भने, प्रभु भोजले अनुग्रह दिन सक्छ।
६. स्पष्ट पापीहरुलाई वा अर्को धर्मका अनुयायीहरूलाई प्रभु भोजको सेवा दिनु हुँदैन।
७. प्रभु भोजको सही अभ्यास गरिएको छ कि छैन भनेर सुनिश्चित गर्नु नै पास्टरको जिम्मेवारी हो।
१. पाठ ११ को लागि सात सारांश भनाईहरू कण्ठ गर्नुहोस्। सात सारांश भनाईहरू (सात अनुच्छेदहरू) मध्ये प्रत्येकको अर्थ र महत्त्व को व्याख्या गर्दै एक अनुच्छेद कसैलाई लेख्नुहोस् जो तपाईको कक्षामा भाग लिएको छैन। अर्को कक्षा सुरु हुन अगाडी नै यो कार्य तपाईको कक्षा अगुवालाई बुझाउनु होला। छलफलको समयमा कक्षा अगुवाले तपाईंलाई सोध्नुभयो भने समूहलाई अनुच्छेद बाँड्न तयार हुनुहोस्। अर्को कक्षा सत्रको सुरुमा सम्झनाबाट भनाईहरू लेख्नुहोस्।
२. तपाईले आफ्नो कक्षा बाहिरको शिक्षण अवसरहरूको तालिका आफैं बनाउन सम्झनुहोस् र तपाईंले सिकाए पछि कक्षा अगुवालाई प्रतिबेदन दिनुहोस्।
३. अन्तरबार्ताको कार्यभार: तीन जना विश्वासीहरूको अन्तरवार्ता लिनुहोस् कि तिनीहरूको लागि प्रभु भोजको अर्थ के हो भनेर सोध्नुहोस्। संक्षिप्तमा सारांश लेख्नुहोस्।
15 lessons · नेपाली
Your print request has been recorded. Your download should begin shortly.
Download Print-Ready FileFree to print for ministry use. No changes to content, no profit sales.
SGC exists to equip rising Christian leaders around the world by providing free, high-quality theological resources. We gladly grant permission for you to print and distribute our courses under these simple guidelines:
All materials remain the copyrighted property of Shepherds Global Classroom.
Questions? info@shepherdsglobal.org
$21.99 each
Added to Cart
By submitting your contact info, you agree to receive occasional email updates about this ministry.
Download audio files for offline listening
No audio files are available for this course yet.
Check back soon or visit our audio courses page.
Share this free course with others