परिचय
दशांश केही ठाउँमा विवादास्पद विषय हो। कोही मानिसहरू दशांशको विचार अनुग्रहद्वारा पाइने मुक्तिसित मेल खाँदैन भनी सोच्छन्। तिनीहरूलाई सोच्छन् कि यो मुक्तिको लागि पैसा तिर्नु जस्तो देखिन्छ। कोही-कोही व्यक्तिहरु मण्डलीलाई समर्थन गर्न जिम्मेवार महसुस गर्न चाहँदैनन्। कुनै समयमा पनि दिन मन लागेको कुरा दिन्छन्। यस पाठमा हामी दशांशको बाइबलीय आधार र व्यावहारिक उद्देश्यलाई हेर्नेछौं।
► दशांश नदिनुको कारणबारे मानिसहरूले के भनेको तपाईंले सुन्नुभएको छ ?