पेन्तिकोस पछिको मण्डली
► एक बिद्यार्थीले समूहको लागि प्रेरित २:४२-४७ पढ्नुपर्छ। पेन्तिकोसपछि मण्डलीको संगतिबारे तपाईंले के विवरण देख्नुहुन्छ ?
[1]पेन्तिकोसको केही समयपछि, प्रेरितले मण्डलीको जीवनबारे वर्णन गरे। “विश्वास गर्नेहरू जति सबै एकसाथ बस्थे, र तिनीहरूका सबै थोक साझा थिए।” मण्डलीको सामुदायिक जीवनलाई समर्थन गर्न धेरै मानिसहरूले सम्पत्ति बेचेका थिए। तिनीहरू मन्दिरमा आराधना गर्न र तिनीहरुको घरमा सङ्गतिको लागि पनि बारम्बार भेला हुन्थे।
जुन समयमा पवित्र आत्माको काम तिनीहरूमाझ उच्चतम स्तरमा थियो, त्यस समयमा मण्डलीको सामुदायिक जीवन सबैभन्दा गहिराइमा थियो। ती प्रारम्भिक विश्वासीहरूका लागि, मण्डलीको हिस्सा हुनुको अर्थ शनिबारको सेवामा उपस्थित हुनु भन्दा धेरै बढी थियो। विश्वासीहरूले हरेक दिन जीवन सँगै बाँड्थे।
“धर्मशास्त्र र सार दुवैमा ख्रीष्टियन संगतिलाई अनुग्रहको माध्यमको रूपमा चित्रण गरिएको छ।”
- विली र कल्बर्टसन,
ख्रीष्टियन ईश्वरशास्त्रको परिचय