Type at least 2 characters to search
No results found for ""
Courses
Lessons
navigate open
See all results →
मण्डलीको सिद्धान्त र अभ्यास

मण्डलीको सिद्धान्त र अभ्यास

Search Course

Type at least 3 characters to search

Search through all lessons and sections in this course

Searching...

No results found

No matches for ""

Try different keywords or check your spelling

results found

Lesson 8: स्थानीय मण्डलीको समर्थन

1 min read

by Stephen Gibson


येशूका निर्देशनहरू

► एक बिद्यार्थीले समूहको लागि लूका १०:१-९ पढ्नुपर्छ। येशूले चेलाहरूलाई सेवकाई गर्न पठाउनुहुँदा दिनुभएको निर्देशनबारे के असामान्य छ ?

चेलाहरूलाई धेरै गाउँहरूमा सुसमाचार प्रचार गर्न पहिलो व्यक्ति हुन पठाइएको थियो। येशूसँग सबै शक्ति र स्रोतहरू थिए र उहाँले तिनीहरूलाई जे चिज पनि दिन सक्नुहुन्थ्यो। उहाँले तिनीहरूलाई आवश्यक पर्ने सबै कुरा किन्न र अरू मानिसहरूको आवश्यकता पूरा गर्न पर्याप्त पैसा दिन सक्नुहुन्थ्यो। उहाँले तिनीहरूलाई आफ्नो लागि र आफूले प्रचार गरेका मानिसहरूको लागि रोटी र माछा बढाउने शक्ति दिन सक्नुहुन्थ्यो। तिनीहरूले भ्रमण गरेका हरेक गाउँमा खाना उपलब्ध गराउन सक्थे।

बरु, उहाँले तिनीहरूलाई बिना पैसा पठाउनुभयो। उहाँले तिनीहरूलाई गाउँका मानिसहरूको सहयोगमा निर्भर रहन भन्नुभयो। चेलाहरू येशूको निर्देशन अनुसार गए, र तिनीहरूका आवश्यकताहरू प्रदान गरिएको थियो (लूका २२:३५)।

► येशूले तिनीहरूलाई किन यसरी पठाउनुभयो ?

तिनीहरूको सेवकाईले ठिक मानिसहरूलाई आकर्षित गऱ्यो। किनभने तिनीहरूले पहिला सुसमाचार प्रचार गरे, तिनीहरूले सुसमाचारमा चासो राख्ने मानिसहरूलाई आकर्षित गरे। तिनीहरूको खाँचो भएकोले तिनीहरूले मदत गर्न चाहने मानिसहरूलाई आकर्षित गरे। मण्डलीको सुरुवातको लागि तिनीहरूसँग सबै भन्दा उत्तम मानिसहरू थिए।

यदि तिनीहरू आफूलाई चाहिने सबै कुराहरू लिएर र मानिसहरूलाई दिने कुराहरू लिएर गाउँहरूमा गएको भए के हुन्थ्यो ? तिनीहरूले गलत मानिसहरूलाई आकर्षित गर्न सक्थे। तिनीहरूले केही लिन आएका मानिसहरूको एउटा समूह जम्मा गरेका हुनेथिए। त्यसपछि, केहि कुराहरू दिन जारी राखेर मात्र सेवकाईले निरन्तरता निरन्तरता पाउन सक्थ्यो। अरू दिनुपर्ने कुराहरू नदिइकन सेवकाई अघि बढ्न सक्दैनथ्यो। तिनीहरूले यसको लागि पैसा नतिरेसम्म तिनीहरूले मदत पाउने थिएनन्। तिनीहरूसँग मण्डलीको लागि राम्रो सुरुआत गर्ने मानिसहरूको समूह हुने थिएन।

येशूले उनीहरूलाई दिनुभएको तरिकाले एउटा समूह सुरु भयो जुन मण्डली बन्न सक्थ्यो। यो सुसमाचारको सन्देशप्रति उत्साहित र मद्दत गर्न चाहने मानिसहरूको समूह थियो। मण्डलीहरूले सही तरिकाले सुरुवात गर्नु महत्त्वपूर्ण छ।