Type at least 2 characters to search
No results found for ""
Courses
Lessons
navigate open
See all results →
मण्डलीको सिद्धान्त र अभ्यास

मण्डलीको सिद्धान्त र अभ्यास

Search Course

Type at least 3 characters to search

Search through all lessons and sections in this course

Searching...

No results found

No matches for ""

Try different keywords or check your spelling

results found

Lesson 10: बप्तिस्मा

1 min read

by Stephen Gibson


बप्तिस्माको रीतिको उत्पत्ति

► एक बिद्यार्थीले समूहको लागि मत्ती ३:१-१२ पढ्नुपर्छ।

नयाँ नियममा बप्तिस्मा दिने यूहन्‍नाको सेवकाईद्वारा बप्तिस्माको अवधारणासित हामी परिचित भएका छौं। तथापि, यूहन्‍ना ले बप्तिस्मा दिने चलनको आविष्कार गरेनन्। फरिसीहरूले यहूदी धर्ममा परिवर्तन भएका अन्यजातिहरुलाई यो बप्तिस्मा दिए। फरिसीहरूले यहूदीहरूलाई बप्तिस्मा दिएनन्, किनभने यहूदीहरू पहिल्यै परमेश्वरका जनहरू हुन् भन्ने तिनीहरूको अनुमान थियो। यूहन्‍नाले यहूदीहरूलाई बप्तिस्मा दिएकाले तिनले यो चलनलाई अर्कै तरिकाले अभ्यास गरे।

► यूहन्‍नाले बप्तिस्मा दिन बाट कसलाई इन्कार गरे ? किन ? यसले बप्तिस्माको आवश्यकताबारे हामीलाई के बताउँछ ?

कोही-कोही फरिसीहरू बप्तिस्मा लिन आए, तर तिनीहरूले पश्चात्ताप नगरेकाले यूहन्‍नाले तिनीहरूलाई बप्तिस्मा दिन इन्कार गरे।

फरिसीहरूले आफू यहूदी भएकोले पश्चात्ताप गर्न र क्षमा पाउन आवश्यक छैन भनेर सोचे। यूहन्‍नाले परमेश्वरका वास्तविक जनहरू उहाँलाई प्रेम गर्ने र उहाँको सेवा गर्नेहरू हुन् भनेर तिनीहरूले बुझून् भन्ने चाहन्थे। यहूदीहरूको रूपमा जन्मेको कारण परमेश्वरका जनहरू हुँ भनी दाबी गर्नेहरू फल नफलाउने फलफूलका रूखहरू जस्ता हुन्छन्। परमेश्वरले तिनीहरूलाई इन्कार गर्नुहुन्छ।

► एक बिद्यार्थीले समूहको लागि यूहन्‍ना ३:२२-२३ र यूहन्‍ना ४:१-२ पढ्नुपर्छ।

येशूले उहाँको सेवकाईमा बप्तिस्मालाई वास्तबमा जोड दिनुभयो। येशू आफैले बप्तिस्मा दिनेकाम गर्नु भएको होइन, तर उहाँका चेलाहरूलाई त्यो जिम्मेवारी दिनुभयो। तिनीहरूले यूहन्‍ना भन्दा पनि धेरै मानिसहरूलाई बप्तिस्मा दिए।

► एक बिद्यार्थीले समूहको लागि मत्ती २८:१८-२० पढ्नुपर्छ।

येशूको पार्थिव सेवकाईको अन्तमा, उहाँले चेलाहरूलाई संसारका सबै ठाउँमा गएर चेला बनाउन भन्नुभयो। उहाँले तिनीहरूलाई बप्तिस्मा दिनु भन्नुभयो।

हामी जान्दछौं कि यो आज्ञा प्रेरितहरूका लागि मात्र थिएन, किनभने यो मिसन पूरा हुन शताब्दीयौं लाग्नेछ। येशूले “अन्तसम्म” तिनीहरूसँग रहने प्रतिज्ञा गर्नुभयो जसले आज्ञा र प्रतिज्ञा सबै पुस्तामा मण्डलीका लागि हो भनेर देखाउँछ।

प्रथम शताब्दीको मण्डलीले यस आज्ञालाई शाब्दिक रूपमा पालन गरेको कुरा हामी नयाँ नियमका प्रेरितहरुको पत्रहरूबाट पाउँछौं (प्रेरित २:३८, प्रेरित ८:३८)।

► एक बिद्यार्थीले समूहको लागि १ कोरिन्थी १:१२-१७ पढ्नुपर्छ। कोरिन्थका थुप्रै मानिसहरूलाई व्यक्तिगत रूपमा आफैले बप्तिस्मा नदिएकोमा पावल किन खुसी भए ?

बप्तिस्माले मण्डलीमा प्रवेशको प्रतिनिधित्व गर्दछ। कोरिन्थीको मण्डली विभाजित भएको थियो र सदस्यहरूले विभिन्न अगुवाहरूलाई पछ्याइरहेका थिए। पावलले तिनीहरूलाई बप्तिस्मा गर्नुको अर्थ तिनीहरू कुनै खास व्यक्तिको अनुयायी हुनु हो भन्ने कुरा होइन भनेर सम्झाउँछन्; यसको अर्थ तिनीहरू ख्रीष्टको अनुयायी बन्छन् भन्ने हो। उनी खुसी थिए कि उनले धेरैलाई व्यक्तिगत रूपमा बप्तिस्मा दिएका थिएनन्, ताकि कसैले पनि सोच्न नपाओस् कि उनी तिनीहरूलाई आफ्नो व्यक्तिगत अनुयायी बनाउन चाहन्छन्। पावलको प्राथमिकता भनेको सुसमाचार प्रचार गर्नु थियो।

► प्रारम्भिक मण्डलीमा बप्तिस्माको सामान्य अभ्यासबारे यस खण्डले हामीलाई के बताउँछ ?

प्रारम्भिक मण्डलीले जताततै विश्वासीहरूलाई बप्तिस्मा दिएको कुरा यस खण्डले बताउँछ। तिनीहरूले येशूको आज्ञा पालन गरिरहेका थिए। बप्तिस्मा केवल इस्राएलका मानिसहरूका लागि मात्र थिएन। यो कुनै अस्थायी चलन थिएन। जहाँ सुसमाचार पुगेको थियो त्यहाँ जताततै यो गरिएको थियो।

[1] सुरुदेखि नै, मण्डलीले पापीहरुले पश्चात्ताप गरेको छ र विश्वासीहरूको संगतिमा प्रवेश गरेको छ भन्ने सार्वजनिक गवाहीको आधारमा बप्तिस्माको अभ्यास गर्दै आएको छ।

धेरैजसो मानिसहरूका लागि, बप्तिस्मा भनेको त्यो क्षण होइन जुन बेला तिनीहरु ख्रीष्टियन बन्ने। पश्चात्ताप गर्ने पापीहेरुले ख्रीष्टमा विश्वास गर्ने बित्तिकै उद्धार पाउँछ। मुक्ति पाइसकेपछि, प्रभुको रूपमा येशूप्रति आज्ञाकारी हुने आफ्नो नयाँ जीवनको प्रदर्शनको रूपमा बप्तिस्मा लिने आज्ञा पालन गर्नुपर्छ। केही-केही अपवादहरू पनि छन् किनभने बप्तिस्माको समयमा नै तिनीहरूले ख्रीष्टमा तिनीहरुले विश्वास गरे र रूपान्तरणको अनुभव गरे। तर साधारणतया, बप्तिस्मा भनेको उद्धार भइसकेको छ भन्ने कुराको गवाही हो।

► बप्तिस्मा लिएपछि आफू ख्रीष्टियन भएँ भनेर बताउने व्यक्तिलाई तपाईं के भन्नुहुन्छ ?


[1]

“ख्रीष्टियन बप्तिस्मा येशू ख्रीष्टको प्रायश्चितको लाभहरू स्वीकार गर्ने एक गम्भीर संस्कार हो, र यो पवित्रता र धार्मिकतामा आज्ञाकारिताको पूर्ण उद्देश्यको साथ प्रतिज्ञा हो।”
- विली र कल्बर्टसन,
ख्रीष्टियन ईश्वरशास्त्रको परिचय