यो अध्याय प्रयोग गर्ने तीन तरिकाहरू
१. एक प्रशिक्षकले यस अध्यायमा दिइएका तरीकाहरू प्रयोग गरेर स्थानीय शिक्षकहरू विकास गर्न सक्छन्। यदि स्थानीय मण्डलीमा सिकाउन सक्षम महसुस गर्ने कोही छैन भने, प्रशिक्षकले तुरुन्तै आत्मनिर्भर रूपमा सञ्चालन हुने स्थानीय कार्यक्रम सुरु गर्न सक्दैन। प्रशिक्षकले सम्भावित शिक्षकहरू पत्ता लगाउनुपर्छ र विकास गर्नुपर्छ। यस अध्यायले सुरुवातमा प्रशिक्षकले स्थानीय शिक्षकहरूलाई कसरी प्राप्त गर्न सकिन्छ भनेर बताउँछ।
२. प्रशिक्षकले स्थानीय शिक्षकहरूलाई आफ्ना विद्यार्थीहरूको लागि यो विधि प्रयोग गर्न तयारी गर्छन्। यदि नयाँ क्षेत्रका स्थानीय शिक्षकहरू पहिले नै पढाउन सक्षम छन् भने, प्रशिक्षकले यो अध्यायमा अभ्यासहरू प्रयोग गर्नु आवश्यक पर्दैन। प्रशिक्षकले स्थानीय शिक्षकहरूलाई यो विधि सिकाउनु पर्छ ताकि तिनीहरूले आफ्ना विद्यार्थीहरूको विकास गर्न अभ्यासहरू प्रयोग गर्न सक्छन्।
३. स्थानीय शिक्षकले विद्यार्थीहरूको विकास गर्छन्। प्रत्येक शिक्षकले विद्यार्थीहरूको सेवकाईको सीप विकास गर्ने प्रयास गर्नुपर्छ। यस अध्यायमा वर्णन गरिएका विधिहरू विद्यार्थीहरूलाई समूहहरूमा बोल्ने बानीको विकास गर्न सहायोग पुर्याउन उपयोगी हुनेछन्।