कक्षाको माहोल मिलाउनु
तालिमको सुरुवातमा, त्यहाँ जोश र आशा हुन्छ। विद्यार्थीहरूलाई ठ्याक्कै के पाउने आशा गर्ने भन्ने थाहा छैन, तर उनीहरूले सहयोग पाउने आशा समूहबाट राख्छन्।
पहिलो बैठकको कक्षा अरू बैठकहरू भन्दा फरक हुन सक्छ किनभने कक्षाबारे परिचय र व्याख्या आवश्यक हुन्छ। यद्यपि, पहिलो बैठकले भावी बैठकहरूको लागि तरिका तय गर्छ। उदाहरणका लागि, यदि कसैले पहिलो भेटमा कुरा गर्दैन भने, त्यो व्यक्तिले भविष्यमा चुप रहने आशा राख्छ। यदि कसैले छलफलमा प्रभुत्व जमाउँछ भने, समूहले भविष्यका छलफलहरू पनि सोही व्यक्तिले अधिकार जमाउने आशा गर्छ। यदि भेटघाट अव्यवस्थित भयो भने, तिनीहरूले त्यस्तै आशा भविष्यमा पनि राख्नेछन्। यदि कक्षामा कम विद्यार्थीहरूको सहभागिता छ भने, तिनीहरूले पनि त्यही ढाँचा हुने आशा राख्नेछन्।
केही विद्यार्थीहरूले छोड्न सक्छन् केही बैठकहरू पछि किनभने कक्षा तिनीहरूले आशा गरेजस्तो छैन। कक्षा सबैलाई खुशी पार्ने ढाँचा बनाउन सकिँदैन, तर कक्षाको बनावट ती विद्यार्थीहरूलाई सन्तुष्ट पार्नेगरी गर्नुपर्छ जो सिक्न चाहन्छन्। कक्षालाई सही रूपमा नेतृत्व गर्नु महत्वपूर्ण छ ताकि जो विद्यार्थीहरू, सही कुरा अपेक्षा गरिरहेका थिए ती निराश नहुन्।
