कक्षा कोठा
सम्भव भएसम्म शिक्षकले कक्षाकोठा पहिले नै मिलाउनु पर्छ। विद्यार्थीहरूले एकअर्कालाई देख्ने गरी बस्ने ठाउँलाई मिलाउनु पर्छ। शिक्षकले कक्षाको समयमा ध्यान भंग गर्ने गतिविधि र हल्ला नहुने ठाउँ निश्चित गर्नुपर्छ। शिक्षकले आरामदायी बस्ने ठाउँ, आरामदायी तापक्रम र राम्रो प्रकाश आउने ठाउँको व्यवस्था गर्ने प्रयास गर्नुपर्छ। यदि हल्ला नहुने ठाउँ छ भने बाहिरी अध्ययन क्षेत्र राम्रो हुन सक्छ।
कक्षा कोठामा लेख्न र चित्र बनाउनको लागि ठूलो बोर्ड हुनुपर्छ।
