Shepherds Global Classroom को मिसन
SGC ले संसार भरिका ख्रीष्टियन अगुवाहरूको विकासको लागि पाठ्यक्रम प्रदान गरेर ख्रीष्टको शरीरलाई सुसज्जित पार्न अस्तित्वमा छ।
हामी अगुवाहरूलाई सबैतिरका स्थानीय मण्डलीहरूमा सेवाकाईको तालिम उपलब्ध गराउन आवश्यक स्रोतहरू प्रदान गर्दछौं। हाम्रो २०-कोर्स पाठ्यक्रम विश्वको हरेक देशमा परमेश्वरले बोलाउनुभएको र वरदान दिनुभएको स्थानीय शिक्षकहरूको लागि उपलब्ध छ। कार्यक्रमको लचिलोपनको कारण, घरहरू, मण्डली भवनहरू, क्याफेहरू, र रूखहरूको छायाँमा पनि प्रशिक्षण केन्द्रहरू बन्छन् जहाँ ख्रीष्टियन अगुवाहरूलाई सेवाको लागि तालिम दिइन्छ।
उबर नामक ट्याक्सी कम्पनीले हरेक दिन ५५ लाख यात्रुहरू ओसारपसार गर्छ। यसका लागि कार भएका चालकहरूको ठूलो श्रमशक्ति चाहिन्छ। उबरले हजारौं कारहरू किनेको थिएन; बरु, तिनीहरूले उबरका यात्रुहरू बोक्न आफ्नै कारहरू प्रयोग गर्न स्थानीय चालकहरूलाई भाडामा लिए। तिनीहरूले आफ्नो व्यवसायको लागि श्रम समस्या समाधान गरे। त्यस्तै गरी, SGC ले पहिले नै त्यहाँ रहेका सम्भावित शिक्षकहरूलाई सुसज्जित गरेर जताततै तालिम उपलब्ध गराउँछ। परमेश्वरले स्थानीय विश्वासीहरूलाई सिकाउने क्षमता र इच्छाशक्तिको वरदान दिनुभएको भएको छ। हाम्रो लक्ष्य तिनीहरूलाई सुसज्जित गर्नु हो!
