ख्रीष्टियान आराधनाको परिचय
ख्रीष्टियान आराधनाको परिचय
Audio Course Purchase

Search Course

Type at least 3 characters to search

Search through all lessons and sections in this course

Searching...

No results found

No matches for ""

Try different keywords or check your spelling

results found

Lesson 6: आराधनामा सङ्गीत

2 min read

by Randall McElwain


पाठका उद्देश्यहरू

यस पाठको अन्त्यसम्ममा, विद्यार्थीले सक्षम हुनुपर्छ:

(१) आराधनामा सङ्गीतको बाइबलीय, ईश्वरस्त्रीय र व्यावहारिक कारणहरू पहिचान गर्नुहोस्।

(२) बुझ्नुहोस् कि सङ्गीतले दिमाग, हृदय, शरीर र चाहानासँग कुरा गर्छ।

(३) आराधनामा सङ्गीत छनोट गर्न मार्गदर्शन गर्ने बाइबलीय सिद्धान्तहरूमा प्रतिबद्ध हुनुहोस्।

(४) आराधनामा सङ्गीतसँग सम्बन्धित व्यावहारिक प्रश्नहरूमा बाइबलका सिद्धान्तहरू लागू गर्नुहोस्।

पाठको तयारी

कलस्सी ३:१५-१७ कण्ठ गर्नुहोस्।

परिचय

सुनीलले आफ्नो मण्डलीमा पास्टरको पदबाट राजीनामा दिन चाहन्छन्। उनी मण्डलीमा ठूलो उत्साह र आशाका साथ आइपुगे। उनी अध्ययन गर्न र वचन तयार गर्न मन पराउँछन्। उनी मानिसहरूलाई भेट्न र चोट पुर्‍याउनेहरूलाई सान्त्वना दिन्छन्। अविश्वासीहरूसँग सुसमाचार बाँड्ने मौका पाउँदा उनी रोमाञ्चित हुन्छन्। उनको मण्डलीका सदस्यहरू उनले गरेको वचनको सेवाहरू मन पराउँछन्। त्यहाँ नयाँ मानिसहरू उपस्थित भइरहेका छन्। सुनील पास्टरको रूपमा सेवा गर्दा उत्साहित भएको हुनुपर्छ। तर केही त्यहाँ गलत भइरहेको छ। यो सबै द्वन्द्व सङ्गीतको कुरामा आउँछ।

हरेक आइतवार बिहान, नीरजले मण्डलीको कार्यालयमा फोन गर्छन्। "पास्टर, हिजोको सङ्गीत नरमाइलो थियो! मलाई अन्तिम गीत थाहा थिएन। किबोर्डको आवाज धेरै ठूलो थियो। म त्यो सहन सक्दिनँ। तपाईंले यस मण्डलीमा सङ्गीतको बारेमा केही गर्नुपर्छ!"

त्यसपछि प्रत्येक मंगलवार, सुनीलले आफ्नो सङ्गीत निर्देशक, प्रवीणलाई भेट्छन्। प्रवीणको बेग्लै गुनासो छ। "पास्टर, हामी अहिलेसम्म किन यति धेरै पुराना भजनहरू गाइरहन्छौं? गायक झुण्डहरू यी गीतहरूले गर्दा थकित छन्। शनिवार, हामीले दुईवटा पुराना भजनहरू र एउटा नयाँ गीत गायौं। हामी किन यी भजनहरूबाट छुटकारा पाउन सक्दैनौं? सबै ठूला मण्डलीहरू परिवर्तन भएका छन्। कृपया मलाई सङ्गीत परिवर्तन गर्न अनुमति दिनुहोस्!"

मंगलवार राति, सुनीलले आफ्नो सेवकाइ छोड्ने जस्तो महसुस गर्छ। मण्डलीको केही भागले पुरानो भजनहरू मन पराउँछन्; हरेक पटक नयाँ गीत आएपछि उनीहरू गुनासो गर्छन्। मण्डलीको केही भागले पुरानो भजनहरूलाई घृणा गर्छन्; तिनीहरू केवल प्रशंसा र आराधनाका गीत गाउन चाहन्छन्। सुनीलले समाधान पाउन सक्दैनन्।

► तपाईं पास्टर सुनीललाई के सल्लाह दिन सक्नुहुन्छ? उहाँको धर्मसभाको प्रत्येक समूहलाई उहाँको मण्डलीको सङ्गीतले कसरी सेवा गर्न सक्छ?

आराधनामा सङ्गीत महत्त्वपूर्ण हुनुको कारणहरू

मण्डलीमा सङ्गीतको बारेमा एक अन्तर्वार्तामा, एकपटक एकजना पास्टरले भने, "हामीलाई आराधनामा सङ्गीत चाहिँदैन। यदि मैले प्रभावकारी रूपमा परमेश्वरको वचन प्रचार गर्छु भने, गीत गाउनु आवश्यक छैन।" यस पास्टरले आराधनामा सङ्गीतको कुनै मूल्य देखेनन्।

► तपाईं यो पास्टरलाई कसरी जवाफ दिनुहुन्छ? हाम्रो आराधनामा सङ्गीत किन महत्त्वपूर्ण छ?

ख्रीष्टियानहरू गाउने मानिसहरू हुन्। मुस्लिमहरू गीत गाउन भेला हुँदैनन्। बुद्धिस्टहरू गीत गाउन भेला हुँदैनन्। हिन्दूहरू गीत गाउन भेला हुँदैनन्। ख्रीष्टियानहरू गीत गाउन भेला हुन्छन्। हरेक ख्रीष्टियानले प्रचार गर्दैनन्, प्रार्थनामा अगुवाइ गर्दैनन् वा सार्वजनिक रूपमा पवित्रशास्त्र पाठ गर्दैनन्। सबै ख्रीष्टियानहरूले गाउन सक्छन् र गाउनै पर्छ। ख्रीष्टियान आराधनामा सङ्गीत महत्त्वपूर्ण छ भन्ने केही कारणहरू यहाँ छन्।

आराधनामा सङ्गीतको बाइबलीय कारण

आराधनामा सङ्गीत महत्त्वपूर्ण छ किनभने बाइबलमा सङ्गीत महत्त्वपूर्ण छ। पवित्रशास्त्रमा गायन र सङ्गीतको लगभग ६०० सन्दर्भहरू छन्। बाइबलका ४४ पुस्तकहरूले सङ्गीतको कुरा गर्छन‍्।

विभिन्न प्रकारका घटनाहरूसँग सम्बन्धित भएका बाइबलीय गीतहरू:

  • इस्राएलले फारोको सेनामाथि गरेको विजयको लागि परमेश्वरको प्रशंसा गर्‍यो (प्रस्थान १५)।

  • याबीनमाथि दबोराको विजयपछि इस्राएलले परमेश्वरको प्रशंसा गर्‍यो (न्यायकर्ताहरू ५)।

  • गायकहरूले मन्दिरको समर्पणमा आराधना गरे (२ इतिहास ५:११-१४)।

  • गायकहरूले मन्दिरको पुनर्निर्माणमा आराधनाको नेतृत्व गरे (एज्रा ३:१०-१२)।

  • भजनसंग्रहको पुस्तक, यहूदी र ख्रीष्टियान आराधनाको लागि भजनहरूको संग्रह हो।

  • येशु र चेलाहरूले निस्तार-चाडको अन्तिम भोजमा भजन गाए (मत्ती २६:३०)।

  • पावल र सिलासले जेलमा प्रशंसाका गीत गाए (प्रेरित १६:२२-२५)।

  • यूहन्नाले देखे कि गायन स्वर्गमा आराधनाको भाग हो (प्रकाश ४ र ५)।

आराधनामा सङ्गीतको ईश्वरशास्त्रीय कारणहरू

यहूदी आराधकहरूले आराधना गर्दा गीत गाए। सुरुका ख्रीष्टियानहरूले प्रभुको निम्ति आफ्नो हृदयमा धन्यवादका साथ गाए (कलस्सी ३:१६)। सङ्गीत ख्रीष्टियान आराधनाको महत्त्वपूर्ण भाग थियो।

दुर्भाग्यवश, मध्य युगमा आराधनामा सङ्गीतको भूमिकामा परिवर्तन आयो। चर्चहरूले प्रायः मण्डलीलाई भजनहरू गाउन अनुमति दिँदैनथे। त्यसको सट्टा, तालिमप्राप्त गायकमण्डलीहरूले जटिल भजनहरू गाइरहँदा मण्डलीले हेर्ने र सुन्ने मात्र गर्थे।

मार्टिन लुथरले आराधनाको सङ्गीतलाई पुनः मण्डलीमा फर्काए। मण्डलीय सङ्गीतले “विश्वासीहरूको याजकत्व” भन्ने धार्मिक सिद्धान्तलाई प्रकट गर्दछ। यस सिद्धान्तले सिकाउँछ कि हरेक ख्रीष्टियन सीधै परमेश्वरकहाँ आउन सक्छ; हामीलाई मध्यस्थको रूपमा याजकको आवश्यकता छैन। यसको अर्थ हरेक विश्वासीका विशेषाधिकार र जिम्मेवारीहरू छन्:

  • सीधै परमेश्वरसँग प्रार्थना गर्नु।

  • उहाँको वचनमार्फत परमेश्वर बोल्नुभएको सुन्नु।

  • आराधनामा गीत गाउनु।

मार्टिन लुथरले पवित्रशास्त्र पढ्नु र गाउनु बीचको सम्बन्धलाई देखे। उनले भने, "परमेश्वरलाई पवित्रशास्त्र मार्फत आफ्ना जनहरूसँग सीधै बोल्न दिनुहोस्, र उहाँका मानिसहरूले प्रशंसाका कृतज्ञ गीतहरूद्वारा प्रतिक्रिया देऊन्।"

सङ्गीतद्वारा व्यक्त गरिएको दोस्रो ईश्वरशास्त्रीय सिद्धान्त मण्डलीको एकता हो। गायनका लागि धेरैजसो बाइबलीय सन्दर्भहरू भनेको सामूहिक गायन हुन्, सबै मानिसहरूको गायन। पावलले प्रारम्भिक ख्रीष्टियानहरूलाई गीतद्वारा एकअर्कालाई सिकाउन र चेतावनी दिन आज्ञा दिए (कलस्सी ३:१६)। जसरी मण्डलीले सँगै गाउँछ, हामी मण्डलीको एकतालाई व्यक्त गर्छौं।

आराधनाका खतराहरू: सामूहिक गीतको क्षति

आइज्याक वाट्सको एउटा उत्कृष्ट भजनले भन्छ,

"उनीहरूले गाउन इन्कार गरून् जसले हाम्रा परमेश्वरलाई कहिल्यै चिन्दैनन्।
तर स्वर्गीय राजाका छोराछोरीहरूले प्रशस्तसँग आफ्नो आनन्द व्यक्त गर्न सक्छन्!"[1]

मार्टिन लुथरले भने, "यदि कसैले गाउँदैन र ख्रीष्टले हाम्रो लागि के गर्नुभएको छ भनेर बताउँदैन भने, उसले वास्तवमा विश्वास गरेको छैन भनेर देखाउँदछ।"[2] सामूहिक गीतको विशेषाधिकार जुन मध्य कालमा हराएको थियो त्यो सुधारकर्ताहरूले फर्काए। गीतमा आराधना गर्ने कुरा साधारण मानिसहरूसँग सम्बन्धित छ भन्ने विश्वास थियो। दुःखको कुरा, धेरै मण्डलीहरूमा यो सुअवसर फेरि हराइरहेको छ।

विश्वासीको पूजाहारीपनको साङ्गीतिक अभिव्यक्तिलाई सामान्य गायकको पहुँचसम्म नपुग्ने सङ्गीतले खतरामा पारेको छ। यो तब हुन्छ जब प्रशिक्षित गायकहरूले त्यस्तो सङ्गीत गाउँछन् जुन धेरै मानिसहरूलाई गाउन गाह्रो हुन्छ। यस्तो अवस्था तब हुन्छ जब प्रशंसा टोलीहरूले नयाँ गीतहरू गाउँछन् जुन थोरै मानिसहरूले मात्र सिक्न सक्छन्। हामीले कहिले पनि साना समूहहरूलाई सामूहिक गीतको प्रतिस्थापन गर्न अनुमति दिनु हुँदैन।

मण्डलीको एकताको सङ्गीतात्मक अभिव्यक्ति ती मण्डलीहरूमा खतरामा पर्छ, जसले आराधनाको फरक शैली वा पुस्तागत भिन्नताको आधारमा धर्मसभालाई छुट्टाछुट्टै सेवाहरूमा विभाजन गर्छन्। वरिष्ठ अङ्गहरूले कनिष्ठ अङ्गहरूलाई कहिल्यै नदेख्दा, मण्डलीलाई एउटै शरीरको रूपमा हेर्न गाह्रो हुन्छ।

एफिसीको मण्डलीलाई पावलले दिएका निर्देशनहरूलाई केही आधुनिक मण्डलीहरूका लागि गरिएको पुनर्व्याख्याको कल्पना गर्नुहोस्:

  • नयाँ भजन गाउनेहरू शनिवार बिहान ८:३० बजे भेट्नेछन्।

  • पुराना स्तुति भजन गाउनेहरू शनिवार बिहान ११:०० बजे भेट्नेछन्।

  • आत्मिक गीत गाउनेहरू शनिवार साँझ ७ बजे भेट्नेछन्।

होइन! पावलले सबै मण्डलीका सदस्यहरूसँग कुरा गरिरहेका थिए जब उनले उनीहरूलाई आत्माले भरिपूर्ण हुन आग्रह गरे, भजन, स्तुतिगान र आत्मिक गीतहरूमा एक-अर्कालाई सम्बोधन गर्दै, गाउन र प्रभुको लागि धुन निकाल्न भन्छन् (एफिसी ५:१८-१९)।

व्यवहारमा, यसको अर्थ ख्रीष्टको शरीरको प्रत्येक भागले शरीरको एकताको खातिर आफ्नो केही प्राथमिकताहरूलाई त्याग गर्दछ। किशोर अवस्थाकाहरूले एउटा धुनसँग एक पुरानो स्तुतिगानको भजन गाउछन् जुन धेरै रोमाञ्चक हुँदैन। किन? किनकी ऊ शरीरको अङ्ग हो, र शरीरले पुरानो स्तुतिगानको भजन गाइरहेछ। एक पुरानो सन्त नयाँ प्रशंसाका गीतमा सामेल हुन्छन् जुन उनलाई रमाइलो लाग्दैन। किन? किनकी उनी शरीरको अङ्ग हुन्, र शरीरले नयाँ गीत गाइरहेछ।

एउटा सानो ग्रामीण मण्डलीमा प्रशिक्षित सङ्गीतकारले साङ्गेतिक रूपमा चुनौतीपूर्ण नभएका गीतहरू गाउँछन्। किन? किनभने उनी शरीरको अङ्ग हुन्, र शरीरमा भव्य खालको सङ्गीतको कदर नगर्ने सदस्यहरू समावेश छन्। एक अप्रशिक्षित मण्डली सदस्यले एउटा यस्तो शैलीमा गाएको गीत हुन्छ जसको अन्त्यमा "आमेन" पनि भन्न सक्छिन् जुन उनले पूर्ण रूपमा त्यसलाई आत्मसाथ गर्दिनन्। किन? किनभने उनी पनि शरीरको अङ्ग हुन्, र शरीरमा त्यस्ता सदस्यहरू पनि समावेश छन् जसले उनले आत्मसाथ गर्नसक्ने भन्दा बाहिरको गीत गाउँछन्।

यो सिद्धान्त सङ्गीतभन्दा अगाडि जान्छ। एक जना पास्टरले आफ्नो वचनलाई बच्चाहरू र नयाँ विश्वासीहरूलाई बुझ्ने बनाउन सरल बनाउँछन्। नयाँ विश्वासीहरूले बाइबलको आफ्नो सीमित ज्ञानलाई फैलाउने वचनको पाठ बुझ्न अध्ययन गर्छन्।

किशोरकिशोरीहरू धेरै लामो लाग्ने सेवामा बस्छन्। किन? किनभने तिनीहरू शरीरको अङ्ग हुन् र सेवाका केही पक्षहरू उनीहरूको समझभन्दा माथि हुन सक्छन् भन्ने उनीहरूलाई थाहा छ। पाका सन्तहरूले सेवामा ठूलो स्वरमा रुने बच्चालाई स्वागत गर्छन्। किन? किनभने तिनीहरू शरीरको अङ्ग हुन्, र तिनीहरू शरीरमा जवान, कोलाहलपूर्ण जीवन समावेश भएकोमा आनन्दित हुन्छन्।

के यो आराधनाको भाग हो? बिल्कुल! आराधनाको बाइबलीय ईश्वरशास्त्रमा मण्डलीको एकताको लागि प्रशंसा समावेश छ। यसको अर्थ शरीरको लागि व्यक्तिगत प्राथमिकताहरू त्याग्नु हो। यसको मतलब तपाईंलाई मन नपर्ने गीत गाउनु हो। अगुवाहरूका लागि, यसको अर्थ आफूलाई मनपर्ने स्तुतिगानको भजन मात्र होइन शरीरका सबै अङ्गहरूलाई सेवा दिने गीतहरू छनोट गर्नु हो। सामूहिक गीतहरूले सम्पूर्ण मण्डलीलाई सेवा दिनैपर्छ, सीमित समूहहरूलाई मात्र होइन।

► विगत चार हप्तामा तपाईंले आराधनामा प्रयोग गर्नुभएको सङ्गीतको बारेमा सोच्नुहोस्। के तपाईंले आफ्नो सम्पूर्ण मण्डलीको हरेक अङ्गलाई बोल्ने खालको गीतहरू गाउनुभयो? अगुवाको हैसियतमा, के तपाईंले स्वेच्छाले तपाईंलाई मन नपर्ने तर मण्डलीको लागि बोल्ने गीतहरू छान्नुभएको छ? के तपाईंको सङ्गीतले मण्डलीका प्रत्येक सदस्यको सहभागितालाई प्रोत्साहित गरेर विश्वासीको पूजाहारीपन र मण्डलीको एकतालाई देखाउँछ?


[1]यस पुस्तकको लागि अंग्रेजीबाट अनुवाद गरिएको। Isaac Watts, "We’re Marching to Zion।" जनवरी 12, 2023 मा प्राप्त गरिएको। https://library.timelesstruths.org/music/Were_Marching_to_Zion/
[2]Ronald Allen and Gordon Borror, Worship: Rediscovering the Missing Jewel (Colorado Springs: Multnomah Publishers, 1982) मा उद्धृत, 165।

आराधनामा सङ्गीत महत्त्वपूर्ण हुनु कारणहरू (माथिकै शीर्षको निरन्तरता)

आराधनामा सङ्गीतको लागि व्यावहारिक कारणहरू

बाइबलीय र ईश्वरशास्त्रीय कारणहरूसँगै, आराधनामा सङ्गीतलाई महत्त्व दिने व्यावहारिक कारणहरू पनि छन्। सङ्गीतको शक्ति हाम्रो अस्तित्वको सबै पक्षहरूसँग बोल्ने क्षमताबाट आउँछ।

सङ्गीतले दिमागसँग कुरा गर्छ।

विद्यालयका शिक्षकहरूलाई थाहा छ कि व्याकरणको नियमलाई सरल लयमा व्यवस्थित गर्नाले बच्चाहरूलाई कण्ठ गर्न सजिलो बनाउँछ। गायन शास्त्रले सिक्न सजिलो बनाउँछ। "म बाइबल कण्ठ गर्न सक्दिन" भन्ने केही मानिसहरूलाई पहिले नै पवित्रशास्त्रका धेरै पदहरू थाहा भएको हुन्छ; तिनीहरूले प्रशंसाका कोरसहरूमा गाउँछन्। केही उत्कृष्ट प्रशंसाका गीतहरू पवित्रशास्त्रका पदहरू सम्झन सकिने मधुर सङ्गीतहरूमा मिलाइएको हुन्छ।

सङ्गीत र दिमागसँग सम्बन्धित दुई सिद्धान्तहरू महत्त्वपूर्ण छन्।

(१) सङ्गीतले दिमागसँग बोल्नु पर्छ, भावनासँग मात्र होइन।

सङ्गीत भावनात्मक हुन्छ; त्यो त्यसको शक्तिको अंश हो। सङ्गीतमा भावनात्मक शक्ति हुनुसँग कुनै गल्ती छैन, तर सङ्गीतले हाम्रो दिमागसँग पनि बोल्नुपर्दछ।

कतिपय आराधनाहरूले गीत गाउँदा आफ्नो दिमाग बन्द गर्न सक्छन् भन्ने सोच्छन्। गितारको आवाज चर्को छ, ढय्याङढय्याङ ढुङढुङ बढी छ, सङ्गीत एकदमै भावुक छ, त्यसैले उनीहरू आराधना गर्दैछन् भन्ने अनुमान गर्छन्। हामीले कहिल्यै बिर्सनु हुँदैन कि पावलले भनेका थिए, "आत्‍माले स्‍तुति गर्नेछु, र म दिमागले पनि स्‍तुति गर्नेछु" (१ कोरिन्थी १४:१५)।

जब हाम्रो सङ्गीतले दिमागको कुरा नगरी भावनाहरूलाई मात्र बोल्छ, हामी झूटो आराधनाको खतरामा हुन्छौँ। भावनाहरूसँग बोल्ने सङ्गीतमा कुनै गल्ती छैन; खतरा भनेको दिमागसँग नबोली भावनासँग मात्र बोल्ने सङ्गीत हो। बुद्धिमान् पास्टरहरूले यो सुनिश्चित गर्नेछन् कि आराधनाको सङ्गीतले दिमागलाई केन्द्रभन्दा बाहिर राख्ने छैन।

(२) हामीले गाउने सन्देश सत्य हुनुपर्छ।

[1]सङ्गीतले दिमागसँग कुरा गर्छ, त्यसैले गीतहरू सिद्धान्त सिकाउने एक शक्तिशाली औजार हुन्।

१८औँ शताब्दीमा, परमेश्वरले दुई दाजुभाइहरू, चार्ल्स र जोन वेस्लीलाई प्रयोग गर्नुभयो, जसले धेरै मानिसहरूलाई आवश्यक बाइबलीय सत्य घोषणा गरे: सबै मानिसहरू पापबाट उद्धार पाउन सक्छन्, र सबै मानिसहरूलाई उद्धारको व्यक्तिगत सुनिश्चितता पाउन सकिन्छ। यी दाजुभाइहरूले यो सत्य दुई तरिकाले फैलाए: जोनले प्रवचनहरूमा सत्य बोल्थे भने चार्ल्सले सत्य व्याख्या गर्ने भजनहरू लेख्थे। उनका भजनहरू सरल थिए, जसले गर्दा कुनै पनि मानिस सजिलै गाउन सक्थे, किनकि सङ्गीत जटिल थिएन। चार्ल्सका भजनहरू सुन्ने र गाउनेहरूले, पढ्न नसके पनि, परमेश्वरको सत्य बुझ्न र सम्झन सक्थे। आज हाम्रा गीतहरूले पनि गाउने र सुन्ने दुवैलाई ठोस बाइबलीय सत्य सिकाउनुपर्छ।

पास्टरहरू, यदि तपाईंले गैर-बाइबलीय गीतहरूलाई प्रवेश गर्न अनुमति दिनुभयो भने, तपाईंले आफ्नो सेवकाइको प्रभावकारितालाई कमजोर बनाउनु हुनेछ। तपाईंको वचनको रूपरेखा बिर्सिसकेपछि मानिसहरूले गीतलाई सम्झनेछन्। सेवाहरूको लागि सङ्गीतको योजना गर्न समय खर्च गर्नुहोस्। गीतहरूले तपाईंको वचनको सत्यतालाई समर्थन गर्छन् भनी सुनिश्चित गर्नुहोस्।

जाँच

के तपाईंको आराधनाका गीतहरू बाइबलीय सिद्धान्तसँग साँचो छन्? धेरै मण्डलीहरूले गीतहरू गाउँछन् जसले या त गलत कुरा सिकाउँछ या केही पनि सिकाउँदैनन् (शब्दहरू शून्य हुन्छन्)। के तपाईंका गीतहरूले पापमाथि विजयको वास्तविकतालाई सिकाउँछन्? के तपाईंका गीतहरूले मुक्ति सबैका लागि उपलब्ध छ भनी सिकाउँछन्? के तपाईंका गीतहरूले सिकाउँछन् कि परमेश्वरले प्रत्येक विश्वासीलाई शुद्ध हृदय दिन चाहनुहुन्छ?

सङ्गीतले हृदयसँग कुरा गर्छ।

जोनाथन एडवर्ड्सले भने कि हामीलाई परमेश्वरको प्रशंसा गाउन आदेश दिइएको छ किनभने गायनले "हाम्रो भावनाहरूलाई उत्प्रेरित गर्छ।"[2] आफ्नै लागि भावनामा केन्द्रित हुनु खतरनाक हुन्छ, भावना सङ्गीतको लागि सामान्य र योग्य प्रतिक्रिया हो।। गायनले सत्यको लागि भावनात्मक प्रतिक्रिया ल्याउँछ। सङ्गीतले दिमाग र हृदय दुवैसँग कुरा गर्छ।

केही पश्चिमी ख्रीष्टियानहरू भावनाहरूलाई गहिरो रूपमा बोल्ने सङ्गीतसँग डराउँछन्, तर बाइबलभित्रका मानिसहरू जसले परमेश्वरको उपस्थितिमा प्रवेश गरे तिनीहरूले सधैं भावनात्मक प्रतिक्रिया महसुस गरे। उत्तम आराधनाको सङ्गीतले दिमागसँग बोल्छ र हृदयबाट प्रतिक्रिया माग्छ:

► तपाईंको भाषामा उपलब्ध भजन र स्तुतिगीतहरूको सङ्ग्रह हेर्नुहोस्। परमेश्वरप्रति व्यक्तिगत समर्पणको प्रार्थना रूपमा लेखिएको गीतको एउटा उदाहरण खोज्नुहोस्।

सङ्गीतले शरीरसँग कुरा गर्छ।

एउटा कन्सर्टमा एक बच्चालाई हेर्नुहोस्; यदि सङ्गीतमा ढुङढुङ आवाज छ भने, तिनीहरू त्यसको तालमा हल्लिन्छन्। सङ्गीतले शरीरसँग कुरा बोल्छ।

शरीरसँग मात्र बोल्ने सङ्गीत कामुक हुन्छ। यद्यपि, जब बाइबलले आराधनाको बारेमा बोल्छ, यसले प्राय: आराधनाहरूको शारीरिक स्थितिको बारेमा कुरा गर्छ: उठाइएको हात, टेकिएको घुँडा, लम्पसार परेर प्रणाम गरेको शरीर, र शारीरिक हाउभाउ। हाम्रो मुद्रा र शारीरिक हाउभाउहरूले कहिलेकाहीँ हाम्रो शब्दहरूले भन्दा बढी शक्तिशाली ढङ्गले बोल्दछ।

भजनसंग्रह १४९:३ मा, इस्राएललाई नाच्दै उहाँको नाउँको प्रशंसा गर्न, खैँजडी र वीणा बजाएर उहाँको नाउँको प्रशंसा गर्न भनिएको छ। यद्यपि केही आधुनिक संस्कृतिहरूले कामुक गतिको सन्दर्भमा मात्र नाच्छन्; बाइबलले आराधनामा कुनै पनि शारीरिक गतिविधिलाई वर्णन गर्न नृत्य शब्दलाई प्रयोग गर्दछ। भजनरचयिताले प्रशंसामा भौतिक शरीर पनि संलग्न छ भनी बुझे।

यो नाइटक्लबको कामुक नृत्य होइन, न यो मण्डलीका कुर्सीहरूमा चुपचाप बस्नु नै हो। आराधनाका गीतहरूमा बाइबलीय नृत्य केही हदसम्म चलेको थियो। जब हामी प्रशंसामा हात उठाउँछौं वा सङ्गीतमा कुनै तरिकामा हलचल गर्छौँ, यो बाइबलीय शब्द नृत्य सँग मिल्दछ।

जबकि भौतिक हाउभाउको अर्थ एउटा संस्कृतिदेखि अर्को संस्कृति र एउटा पुस्तादेखि अर्को पुस्तामा फरक हुन्छ, हामीले परमेश्वरको पवित्र आराधनालाई हाम्रो वरपरको संस्कृतिको अपवित्र अभ्यासहरूद्वारा पछि नमूना हुन दिनु हुँदैन।

► आराधनाको लागि प्रस्थान ३२ को समीक्षा गर्नुहोस् जसले एक तथाकथित पवित्र भनिएको "परमप्रभुको निम्‍ति एउटा चाड़" (३२:५) लाई मिश्री आराधनाको अपवित्र चित्रहरू (३२:४) र मूर्तिपूजक संस्कृतिको लाजमर्दो अभ्यासहरू (३२:२५) सँग जोडेको छ। हाम्रो आराधनाले वरपरको संस्कृतिलाई सुसमाचार प्रचारको माध्यमबाट प्रभाव पार्नुपर्दछ। वरपरको संस्कृतिले हाम्रो आराधना अभ्यासहरू निर्धारण गर्नु हुँदैन।

बुद्धिमान् पास्टरहरू र अगुवाहरूले आराधनालाई अपवित्र हुनबाट जोगाउने सङ्गीत प्राप्त गर्नेछन्, तर यसले सम्पूर्ण व्यक्तिसँग पनि बोल्छ, मण्डलीलाई गीतमा साँचो आराधना गर्न अनुमति दिन्छ।

जाँच

के तपाईंको आराधनाको सङ्गीतले शरीरलाई आराधना गर्न उपयुक्त तरिकाले बोल्छ? के तपाईंका आराधनाहरूले शारीरिक रूपमा आफ्नो प्रशंसा र आराधनालाई कामुक अभ्यासहरूद्वारा अपवित्र आराधना नगरी व्यक्त गर्छन्?

सङ्गीतले चाहानासँग कुरा गर्छ।

सङ्गीतले प्रायः इच्छाको प्रतिक्रियाको लागि आह्वान गर्दछ। पावलले कलस्सीहरूलाई भजन, स्तुतिगान र आत्मिक गीतहरूमा एक-अर्कालाई अर्ती दिन आज्ञा दिए (कलस्सी ३:१६)। अर्ती दिनु भनेको गल्ती सुधार्नु हो। एक हप्काइले प्रतिक्रियाको माग गर्छ; सुधारले व्यक्तिलाई आफ्नो व्यवहारमा परिवर्तन गर्न आग्रह गर्दछ। पावलले, सङ्गीत, जीवन परिवर्तनको एउटा कारण हुनसक्ने अपेक्षा गरे। सङ्गीतले इच्छालाई प्रतिक्रियाको लागि आह्वान गर्दछ।

► तपाईंको भाषामा उपलब्ध भजन र स्तुतिगीतहरूको सङ्ग्रह हेर्नुहोस्। परमेश्वरप्रति व्यक्तिगत समर्पण र प्रतिबद्धताको गीतको एउटा उदाहरण खोज्नुहोस्।

आराधनामा सङ्गीत महत्त्वपूर्ण छ किनभने यसले सम्पूर्ण व्यक्तिसँग बोल्छ। यसकारण, सङ्गीत मूल्यवान र खतरनाक दुवै छ। यो मूल्यवान छ किनकि यसले सत्यलाई शक्तिशाली तरिकामा प्रस्तुत गर्न सक्छ। यो खतरनाक छ किनभने यसले झूटा शिक्षालाई आकर्षक बनाउन सक्छ। वारेन वियर्सबिले चेतावनी दिए, "म विश्वस्त छु कि मण्डलीहरूले उनीहरूले सुनेका वचनहरूबाट भन्दा उनीहरूले गाउने गीतहरूबाट धेरै ईश्वरशास्त्रलाई (राम्रो र नराम्रो तरिकाले) सिक्छन्।[सङ्गीत] आत्माको हातमा एक अद्भुत औजार वा विरोधीको हातमा एक भयानक हतियार बन्न सक्छ। सोझा मण्डलीहरूले के भइरहेको छ भनेर बुझ्नु अघि नै झूटो तरिकाले गाउन सक्छन्।"[3]

सङ्गीत शक्तिशाली छ; यसलाई बुद्धिमानीसँग प्रयोग गर्नुहोस्।

जाँच

तपाईंले विगत चार हप्तामा गाउनुभएको गीतहरूको बारेमा सोच्नुहोस्। के तपाईंले सम्पूर्ण व्यक्तिसँग बोल्ने गीतहरू गाउनुभयो?

  • तपाईंको मण्डलीलाई सिद्धान्त सिकाउने एउटा गीतको नाउँ दिनुहोस्।

  • तपाईंको मण्डलीका भावनाहरूलाई गहिरो रूपमा बोल्ने एउटा गीतको नाउँ दिनुहोस्।

  • तपाईंको मण्डलीलाई परमेश्वरप्रति गहिरो प्रतिबद्धताको लागि चुनौती दिने एउटा गीतको नाउँ दिनुहोस्।


[1]

विश्वासीहरूले गीत गाउनुपर्ने कारणहरू परमेश्वरप्रतिको आफ्नो भक्तिलाई जागृत गर्न, आफ्ना विश्वासलाई बलियो बनाउन, आफ्ना आशालाई प्रेरित गर्न, र परमेश्वर तथा अरूहरूको प्रति प्रेम बढाउन हो।

– जोन वेस्लीबाट अनुकूलित

[2]Bob Kauflin को वाक्य, Worship Matters (Wheaton: Crossway Books, 2008), 98
[3]Warren Wiersbe, Real Worship (Grand Rapids: Baker Books, 2000), 136। महत्व थपिएको

आराधनाको लागि सङ्गीत छनोट गर्ने सिद्धान्तहरू

हामीले यो पाठ आराधनाको सङ्गीतमा द्वन्द्वको कथाबाट सुरु गर्‍यौं। यदि तपाईं यस प्रकारको द्वन्द्वको सामना गर्ने पास्टर हुनुहुन्छ भने, यो नयाँ समस्या होइन भनेर बुझ्नुहोस्! प्रत्येक पुस्तामा, मण्डलीले आराधनाको लागि उपयुक्त सङ्गीतको प्रकार निर्धारण गर्न सङ्घर्ष गरेको छ। धेरै मण्डलीहरूको लागि, सङ्गीत साँचो आराधनाको माध्यमको सट्टा द्वन्द्वको स्रोत भएको छ।

आराधना सेवाहरूमा सङ्गीत मुख्य हुन्छ। धेरै मण्डलीहरूमा, आधा जस्तो सेवामा सङ्गीत समावेश हुन्छ: सङ्गति सुरु हुँदखेरिको सङ्गीत, सामूहिक गायन, विशेष गीतहरू, सङ्गति अन्तय हुँदखेरिको सङ्गीत, र प्रार्थनाको समयमा मधुर सङ्गीत। आराधनामा सङ्गीत महत्त्वपूर्ण हुने भएकाले सङ्गीतको विषयमा विवाद गम्भीर बन्दै गएको छ।

मानिसहरूको सङ्गीत शैलीहरूको लागि कडा प्राथमिकताहरू छन्। धेरै मानिसहरू सङ्गीतको त्यस्ता शैलीहरू सहन चाहँदैनन् जुन तिनीहरूलाई रमाइलो लाग्दैन।

सङ्गीत शैलीहरूको नैतिकताको बारेमा विचारको भिन्नताबाट द्वन्द्व आउँछ। यहाँ तीन साझा दृष्टिकोणहरू छन्:

१. केही मानिसहरू विश्वास गर्छन् कि निश्चित खालका सङ्गीत शैलीहरू खराब हुन्छन्। तिनीहरूले त्यस्ता सङ्गीत शैलीहरू प्रयोग गर्न छनौट गर्छन् जुन तिनीहरू शुद्ध छन् भनी विश्वास गर्छन।

२. कोही-कसैले सङ्गीत शैली राम्रो वा नराम्रो हुन सक्दैन, र त्यसैले हरेक शैली स्वीकार्य छ भनी विश्वास गर्छन्। यी मानिसहरू सामान्यतया आराधनाको लागि संस्कृतिको सङ्गीत शैलीहरू प्रयोग गर्न चाहन्छन्।

३. कोही-कोही विश्वास गर्छन् कि सङ्गीत शैलीहरू नैतिक रूपमा तटस्थ छन् तर तिनीहरूसँग भावनात्मक र सांस्कृतिक सम्बन्धहरू छन् जसले आराधनाको लागि तिनीहरूको उपयोगितालाई असर गर्छ। यी मानिसहरू, सामूहिक आराधनाले परमेश्वरको आदर गर्ने तरिका अपनाउनमा मद्दत गर्छ कि गर्दैन भनेर विचार गर्न प्रत्येक शैलीको मूल्याङ्कन गर्छन्।

यस खण्डमा, हामी हाम्रो आराधनामा सङ्गीतलाई सम्बोधन गर्ने बाइबलीय सिद्धान्तहरू हेर्नेछौं।

आराधनाको सङ्गीतको पाठले स्पष्टरूपमा सत्यलाई व्यक्त गर्नुपर्छ

[1]पवित्रशास्त्रको प्राथमिक ध्यान गीतको पाठको विषयवस्तुमा हुन्छ, सङ्गीतको शैलीमा होइन।

साङ्गीतिक शैली जस्तोसुकै भए पनि, झूटा सन्देश (वा कुनै सन्देश बिनाको) भएका गीतहरू आराधनाको लागि अनुपयुक्त छन्। वारेन वियर्सवी चेताउनी दिन्छन् कि धेरै पाठहरू "अस्पष्ट र भावनात्मक छन्, ईश्वर शास्त्रीय होइन।"[2] हाम्रो साङ्गीतिक सन्देशको एउटा परीक्षणको लागि, "के नास्तिकवादी, हिन्दू वा मुस्लिमले शब्दहरू परिवर्तन नगरी यो पाठ गाउन सक्छ?" यदि तपाईं गीतको सन्देश परिवर्तन नगरी बुद्ध नाउँ प्रतिस्थापन गर्न सक्नुहुन्छ भने, यो आराधनाको लागि अनुपयुक्त छ। यदि गीतले स्पष्ट रूपमा सत्य बोल्दैन भने, हामीले आराधनामा यसको महत्त्वमाथि प्रश्न उठाउनु पर्छ। हाम्रा गीतहरूले हाम्रो विश्वास व्यक्त गर्नुपर्छ। यदि तिनीहरूले गर्दैनन् भने, हाम्रा गीतहरूले आराधनाहरूलाई परमेश्वरतर्फ औंल्याउँदैनन्।

पवित्रशास्त्रबाट एउटा गीत सुन्नुहोस्:

हल्‍लेलूयाह!
स्‍वर्गबाट परमप्रभुको प्रशंसा गर,
उच्‍च स्‍थानहरूमा उहाँको प्रशंसा गर।
हे उहाँका स्‍वर्गीय दूतगण, उहाँको प्रशंसा गर।
हे उहाँका सारा स्‍वर्गीय सेना, उहाँका प्रशंसा गर।
हे सूर्य र चन्‍द्र, उहाँको प्रशंसा गर।
हे चम्‍किला तारा हो, उहाँको प्रशंसा गर।
हे सर्वोच्‍च आकाश र आकाशमाथिका पानी हो,
तिमीहरूले उहाँको प्रशंसा गर।
तिनीहरूले परमप्रभुका नाउँको प्रशंसा गरून्‌,
किनकि उहाँले आज्ञा गर्नुभयो, र तिनको सृजना भयो।
हाँले तिनलाई सदासर्वदाको निम्‍ति स्‍थापित गर्नुभयो... (भजनसंग्रह १४८)।

यसलाई हालैको लोकप्रिय गीतसँग तुलना गर्नुहोस्:

"येशुको नाउँमा नाच्दा नाच्नु ठीक छ
जब तपाईं प्रभुको लागि नाच्दै हुनुहुन्छ तब नाच्नु ठीक छ..."[3]

कुन गीतले परमेश्वरको वचनको घोषणा गर्छ? बुझ्न नसकिने खालको आराधना विरुद्ध पावलले चेतावनी दिए। उनले भने, "आत्‍माले स्‍तुति गर्नेछु, र म दिमागले पनि स्‍तुति गर्नेछु" (१ कोरिन्थी १४:१५)। जब हामी पवित्रशास्त्रका गीतहरू अध्ययन गर्छौं, हामीले पाउँछौं कि तिनीहरूले स्पष्टताका साथ सिकाउँछन्। हाम्रो आराधनाको सङ्गीतको पाठले बाइबलीय सत्यलाई प्रकट गर्नुपर्छ।

गीत मूल्याङ्कन गर्ने फारम[4]

  कमजोर औसत बलियो
के यो पाठ सैद्धान्तिक रूपमा सत्य छ?      
के यो पाठ ख्रीष्टियान अनुभवको लागि विश्वासयोग्य छ?      
के यो पाठ मण्डलीले बुझ्ने खालको छ?      
के सङ्गीतको शैली शब्दहरूसँग मेल खान्छ?      
के लयमा गाउन मण्डलीको लागि सजिलो छ?      

जाँच

के तपाईंका आराधनाका गीतहरू साँच्चै बाइबलीय छन्? के एक नयाँ विश्वासीले तपाईंको मण्डलीमा गाइने गीतहरूबाट बाइबलको परमेश्वरलाई चिन्न सक्छ?

आराधनाको सङ्गीतको शैली फरक हुन सक्छ

परमेश्वर अनन्त विविधताका परमेश्वर हुनुहुन्छ। उहाँले नयाँ करारमा चारवटा सुसमाचारको अभिलेखहरू राख्न अभिप्रेरित गर्नुभयो, एउटा मात्र होइन। उहाँले प्रत्येक लेखकको अद्वितीय व्यक्तित्व मार्फत बोल्नुभयो। उहाँले एक होइन हजारौं प्रजातिका माछाहरू सृष्टि गर्नुभयो। उहाँले ८० लाख रङ्गको भिन्नताहरू बीच भेद गर्न सक्ने क्षमताको साथ मानव आँखा सिर्जना गर्नुभयो। सृष्टिले आफ्नो विविधता र सुन्दरतामा परमेश्वरको महिमा देखाउँछ। उहाँले अद्वितीय व्यक्तित्वहरू सिर्जना गर्नुभयो, केवल एक प्रकारको व्यक्तित्व मात्र होइन। परमेश्वरले अनन्त विविधता देखाउनुहुन्छ।

हाम्रो सङ्गीतले हामीले आराधना गर्ने परमेश्वरको रचनात्मक विविधतालाई प्रतिबिम्बित गर्नुपर्छ। कलस्सी ३:१६ मा पावलले आराधनाको लागि प्रयोग गरिनु पर्ने तीन प्रकारका गीतहरू सूचीबद्ध गरेका छन्: भजन, गीत र आत्‍मिक गान (एफिसी ५:१९ पनि हेर्नुहोस्)। पावलले यी तीन शैलीहरूको परिभाषा दिएनन्। धेरै लेखकहरूले तिनीहरूलाई यसरी परिभाषित गरेका छन्:

  • भजनले सायद भजनसंग्रहको पुस्तकलाई जनाउँछ।

  • गीतहरू सम्भवत: मानव रचना गरिएका गीतहरू हुन्। धेरै लेखकहरूले यो शब्दलाई परमेश्वर वा परमेश्वरको बारेमा गाइएका गीतहरूमा सीमित गर्छन्। यसमा भजनसंग्रहको पुस्तक बाहेकका बाइबलीय गीतहरू समावेश हुन सक्छन्।

  • आत्मिक गानहरू परिभाषित गर्न सबैभन्दा गाह्रो छ। केही लेखकहरूले यसलाई अनौपचारिक गीतहरूको रूपमा परिभाषित गर्छन्; अरूले आत्मिक गीतहरूलाई ख्रीष्टियान जीवन र व्यक्तिगत गवाहीका गीतहरू भनी मान्छन्।

यो परिभाषाको बावजुद, यी पदहरूले देखाउँछन् कि मण्डलीले आफ्नो प्रारम्भिक दिनदेखि विभिन्न प्रकारका गीत गाएको थियो।

वारेन वियर्सविले प्रामाणिकताको सिद्धान्तको कुरा गर्छन्। उनी लेख्छन्, "आराधनाका अभिव्यक्तिहरू प्रामाणिक हुनुपर्छ, जसले मानिसहरूको सांस्कृतिक भिन्नताहरू प्रकट गर्छ।"[5] प्रामाणिक आराधनाले प्रत्येक संस्कृतिको भाषामा परमेश्वरको जीवित वचन बोल्छ। प्रत्येक पुस्तामा, ख्रीष्टियनहरूले गीतहरू लेखेका छन् जसले उनीहरूको संस्कृतिको सङ्गीत शैलीमा परमेश्वरको प्रशंसा गर्दछ। हाम्रो संस्कृतिको सङ्गीत नै मात्र प्रामाणिक पवित्र सङ्गीत हो भनेर हामीले मान्नु हुँदैन। बरु, जबसम्म कुनै शैलीले पवित्रशास्त्रका स्पष्ट सिद्धान्तहरूको विरोध गर्दैन, तबसम्म हामीले प्रत्येक संस्कृति र प्रत्येक पुस्तालाई उनीहरूको भाषामा परमेश्वरको प्रशंसा गर्न अनुमति दिनुपर्छ।

जाँच

के तपाईंको मण्डलीको सङ्गीतले हाम्रो परमेश्वरको रचनात्मक विविधतालाई देखाउँछ?

हरेक शैली हरेक परिस्थितिको लागि उपयुक्त हुँदैन

यद्यपि धेरै मानिसहरूले बाइबलीय सङ्गीत शैलीलाई परिभाषित गर्ने प्रयास गरेतापनि, बाइबलले कुनै विशेष खालको सङ्गीत शैलीलाई मात्र आदेश दिँदैन। सङ्गीत शैलीहरूमा रहेको दर्शनको अध्ययन गरेपछि, फ्रान्सिस शेफरले लेखे, "मलाई दृढताका साथ भन्न दिनुहोस् कि त्यहाँ कुनै ईश्वरीय शैली भन्ने जस्तो कुनै चीज छैन ..."[6]

साङ्गीतिक ध्वनिहरूले नैतिक विषयवस्तुलाई सञ्चार गर्दैनन्। सङ्गीतको तार न त ईश्वरीय छ न त अईश्वरीय। के यसको मतलब हरेक सङ्गीत शैली आराधनाको लागि उपयुक्त छ? अहँ। केही शैलीहरू खराब संस्कृतिसँग यसरी जोडिएका छन् कि तिनीहरूले आराधनामा ईश्वरीय सन्देश सुनाउँदैनन्।

सङ्गीतकार र मिसनरीहरूले एउटै कुरा फेला पारेका छन्: मानिसहरूले विभिन्न तरिकामा सङ्गीतको आवाजलाई प्रतिक्रिया दिन्छन्। एउटै सङ्गीत दुईजनाले सुनिरहेका छन् भने एक जनालाई गीतले असर परेको हुनाले ऊ रुन सक्छ। अन्य व्यक्तिले सङ्गीतको प्रतिक्रियामा केही महसुस नगर्न पनि सक्छन्।[7]

आराधनाको सङ्गीत यस किसिमले एउटा निर्णायक जाँच हुन सक्दैन, "के मलाई यो मनपर्छ?" वा "के यसले मलाई प्रेरित गर्छ?" निर्णायक जाँच परमेश्वरको महिमा हो। यसको मतलब यो हो कि हामीले हाम्रो सांस्कृतिक सन्दर्भभित्र सङ्गीत शैलीले के सञ्चार गर्छ भनेर मूल्याङ्कन गर्नुपर्छ। हामीले सोध्नु पर्छ, "मेरो सांस्कृतिक सन्दर्भमा, के यो सङ्गीत शैलीले परमेश्वरको महिमा गर्छ?"

सबै कुरा न्यायसङ्गत छन्, तर सबै कुराले सुधार गर्दैनन्। (१ कोरिन्थी १०:२३)। यदि आराधनाको सङ्गीतको एउटा लक्ष्य विश्वासीहरूलाई सुधार्नु हो भने, हामीले प्रयोग गर्ने शैलीले यस उद्देश्यलाई बाधा पुर्‍याउनु हुँदैन। उही सङ्गीतले एउटा संस्कृतिमा आराधना गर्न मद्दत गर्छ भने, अर्को संस्कृतिमा बाधा पुर्‍याउनु सक्छ र आराधना गर्ने। होशिया अगुवाले आफूले नेतृत्व गर्ने मानिसहरूका लागि उपयुक्त सङ्गीत छनोट गर्नेछ।

सङ्गीतको एक विशेष शैली उपयुक्त छ कि छैन भनेर हामी कसरी निर्धारण गर्छौं? एक अगुवाको रूपमा, तपाईं आफ्नो सांस्कृतिक व्यवस्थामा यस प्रश्नको माध्यमबाट आफ्ना मानिसहरूलाई काम गर्न मद्दत गर्न जिम्मेवार हुनुहुन्छ। एउटा संस्कृतिमा जे उपयुक्त छ, त्यो अर्को संस्कृतिमा उपयुक्त नहुन सक्छ। कुनै विशेष शैलीको धार्मिक अर्थ वा शैली वरपरको संस्कृतिको पापपूर्ण अभ्यासहरूसँग सम्बन्धित भएको कारणले, सङ्गीत शैली आराधनाको लागि उपयुक्त नहुन सक्छ। तपाईंले आफ्नो अवस्थाको लागि सङ्गीतको उपयुक्तताको सन्दर्भमा मूल्याङ्कन गर्नुपर्छ।

पावलले हामीलाई सबै कुराको जाँच गर्न र त्यसपछि असल कुरालाई पक्रिराख्न आज्ञा दिए (१ थेसलोनिकी ५:२१)। हामीले जाँच र प्रमाणित नगरी केही पनि स्वीकार गर्नु हुँदैन। यसमा हामीले गाउने सङ्गीत समावेश छ।

जाँच

के तपाईं तपाईंको सांस्कृतिक परिवेशभित्र अनुपयुक्त गीतहरू गाउनुहुन्छ? के सङ्गीतले कामुक वा सांसारिक शैली तपाईंको संस्कृतिमा सञ्चार गर्छ? के सङ्गीतको सन्देश पाठको सन्देशको विरोधाभास हो?

हाम्रो आराधना सङ्गीतमा सन्तुलन हुनुपर्छ

भजनसंग्रहको पुस्तकले देखाउँछ कि परमेश्वरले आराधनामा विविधताको कदर गर्नुहुन्छ। भजनसंग्रहको पुस्तकमा प्रशंसा, विलाप, सहायताको लागि पुकार, र छुटकाराको लागि धन्यवाद समावेश छ। भजनसंग्रहले सबै आराधकहरूको आराधना आवश्यकताहरूसँग बोल्छ।

मण्डलीमा परिपक्वताको एउटा चिन्ह विविधता हो (१ कोरिन्थी १२:४-६)। ख्रीष्टको शरीरमा विभिन्न संस्कृतिहरू, विभिन्न भाषाहरू, विभिन्न व्यक्तित्वहरू, र विभिन्न वरदानहरू समावेश छन्। हाम्रो सङ्गीत सहितको आराधनाले, ख्रीष्टको शरीरका सबै सदस्यहरूसँग बोल्नुपर्छ। वास्तवमा, हाम्रो आराधनाले अविश्वासीहरूलाई सुसमाचार दिनको लागि मण्डलीभन्दा बाहिर बोल्नुपर्छ। बाइबलका गीतहरू तीन खाले श्रोताहरूसँग बोल्छन्।[8]

सङ्गीतले परमेश्वरको प्रशंसाको घोषणा गर्नुपर्छ: "प्रभुको निम्‍ति गाउँदै र धुन निकाल्‍दै" (एफिसी ५:१९)।

► भजनसंग्रह ९१ पढ्नुहोस्।

भजनसंग्रह ९१ ले देखाउँछ कि हामी प्रभुको लागि गाउँछौं। सङ्गीतले परमेश्वरको प्रशंसा व्यक्त गर्नुपर्छ। प्रस्थान १५ मा प्रशंसाको गीतदेखि प्रकाशमा स्वर्गीय गीतहरूसम्म, बाइबलीय गीतहरूले उहाँको महानताको लागि परमेश्वरको प्रशंसा गर्दछ। बाइबलमा सङ्गीतको प्राथमिक विषय प्रशंसा हो। विलाप, बिन्ती वा प्रशंसाका भजनसंग्रहरूले प्रायः परमेश्वरलाई सम्बोधन गर्दछ।

भजनसंग्रहको पुस्तक मार्फत गाउनुहोस् र तपाईंले गाउनुहुनेछ:

  • "मैले सहायताको निम्‍ति परमेश्‍वरमा पुकारा गरें।"

  • "हे धार्मिक परमेश्‍वर, मेरा रक्षक! मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्‌!"

  • "हे परमप्रभु, मेरो पूरा हृदयले म तपाईंको प्रशंसा गर्नेछु।"

  • "मेरो जीवनभरि म परमप्रभुको भजन गाउँदैरहनेछु…"

  • "हे परमप्रभु, मेरो शक्ति, म तपाईंलाई।"

सङ्गीतले मण्डलीलाई सत्यको घोषणा गर्नुपर्छ: "एउटाले अर्कालाई सिकाओ र अर्ती देओ" (कलस्सी ३:१६)।

धेरै आराधनाका अगुवाहरूले भनेका छन्, "हामीले अन्य श्रोताहरूको निम्ति भनेर गाउनु हुँदैन; हामी परमेश्वरको लागि मात्र गाउँछौं।" यद्यपि, धेरै भजनसंग्रहले इस्राएलको लागि गाउँछन्। यद्यपि यो सत्य हो कि धेरै बाइबलीय गीतहरूले परमेश्वरसँग बोल्छन्, यसको साथै यो पनि सत्य हो कि धेरै बाइबलीय गीतहरूले मण्डलीसँग पनि कुरा गर्छन्।

एफिसी ५:१९ ले विश्वासीहरूलाई भजन, गीत र आत्‍मिक गानमा एक अर्कासँग कुरा गर्न निर्देशन दिन्छ। कलस्सी ३:१६ हाम्रो गाउने उद्देश्यको सन्दर्भमा अझ विशिष्ट छ: "ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्‍ततासँग वास गरोस्‌। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्‍वरप्रति आफ्‍नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्‍तुति र आत्‍मिक गान गाओ।"

पावलले देखाउँछन् कि ख्रीष्टको वचन मण्डलीको गायन मार्फत घोषणा गरिएको छ। जब हामी गाउँछौं, हामी हाम्रा सँगी आराधकहरूलाई परमेश्वरको सत्यता घोषणा गर्छौँ। गीतको माध्यमबाट मण्डलीले एकअर्कालाई सिकाउँछ। गीतको माध्यमबाट, विश्वासीहरू निर्माण गरिन्छ र ख्रीष्टको शरीर बनाइन्छ।

सङ्गीतले संसारलाई सुसमाचारको घोषणा गर्नुपर्छ: जाति-जातिहरूका बीचमा उहाँका महिमाको घोषणा गर..." (भजनसंग्रह ९६:३)।

भजनरचयिताले हामीलाई जाति-जातिहरूलाई गवाहीको रूपमा गाउन बोलाए:

परमेश्‍वरको निम्‍ति एउटा नयाँ भजन गाओ, हे सारा पृथ्‍वी, परमप्रभुको निम्‍ति गाओ। परमप्रभुको निम्‍ति भजन गाओ, उहाँका नाउँको प्रशंसा गर, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर। जाति-जातिहरूका बीचमा उहाँका महिमाको घोषणा गर, सबै मानिसहरूका बीचमा उहाँका अचम्‍मका कामहरूको वर्णन गर (भजनसंग्रह ९६:१-३)।

► १ राजाहरू ८:४१-४३ लाई पढ्नुहोस्।

जब परमेश्वरको प्रशंसा गरिन्छ, जाति-जातिहरूलाई सुसमाचारको घोषणा गरिन्छ। मन्दिरको समर्पणमा, सोलोमनले प्रार्थना गरे कि विदेशीहरूले पनि मन्दिरमा आराधना गर्नेछन्; पृथ्वीका सबै मानिसहरूलाई परमप्रभुको नाउँ थाहा होस् भनी उनले प्रार्थना गरे। जब हामी आराधना गर्छौं, हामीलाई हेर्ने संसारलाई सुसमाचारको घोषणा गरिएको हुन्छ।

हाम्रो आराधनाको सङ्गीतले परमेश्वर र परमेश्वरको बारेमा बोल्नुपर्छ; हाम्रो आराधनाको सङ्गीतले मण्डलीसँग कुरा गर्नुपर्छ; हाम्रो आराधनाको सङ्गीतले संसारमा सुसमाचार घोषणा गर्नुपर्छ।

जब हामी यी श्रोताहरूमध्ये एकलाई बिर्सन्छौं, हाम्रो आराधनाले मण्डलीको लागि परमेश्वरको पूर्ण उद्देश्य प्राप्त गर्न असफल हुन्छ। जब हामी बिर्सन्छौं कि परमेश्वर आराधनाको प्रमुख श्रोता हुनुहुन्छ, तब हाम्रो आराधना मुख्य रूपमा परमेश्वरसँग बोल्न असफल हुन्छ। जब हामी बिर्सन्छौं कि मण्डली आराधनाको लागि दर्शक हो, हामी आराधनामा एकअर्कालाई सिकाउन र अर्ती दिन असफल हुन्छौं। जब हामी बिर्सन्छौं कि आराधनाले संसारलाई सुसमाचार घोषणा गर्नुपर्छ, हामी सुसमाचार प्रचार गर्न र महान् आज्ञा पूरा गर्न असफल हुन्छौं।

जाँच

तपाईंका गीतहरूमा के तपाईं परमेश्वर, मण्डली र अविश्वासीहरूसँग बोल्नुहुन्छ? प्रत्येक गीतले यी प्रत्येकसँग बोल्दैन; तर सेवाभरि, हामीले यी प्रत्येक श्रोतासँग बोल्नुपर्छ।

यसलाई अभ्यास गर्नुहोस्

आराधनामा सङ्गीत किन महत्त्वपूर्ण छ भनेर हामीले देखेका छौं। हामीले आराधनामा सङ्गीतको बाइबलीय सिद्धान्तहरू जाँचेका छौं। हामी आराधनामा सङ्गीतको व्यावहारिक विचारहरू हेरेर यो पाठ समाप्त गर्नेछौं। तपाईं यसलाई तपाईंको समुदाय र मण्डलीको परिवेशअनुसार मिलाएर लैजान सक्नुहुन्छ।

माथि सूचीबद्ध सिद्धान्तहरूको जवाफमा, एक विद्यार्थीले सोधे, "यदि आराधनाको सङ्गीतको शैलीहरू फरक छन् र यदि सङ्गीत शैलीहरू स्वाभाविक रूपमा राम्रो वा खराब छैनन् भने, त्यहाँ हाम्रो मण्डलीको लागि सङ्गीत छनोट गर्नलाई मद्दत गर्न सक्ने कुनै दिशानिर्देशनहरू छन्?"

हो, त्यहाँ व्यावहारिक दिशानिर्देशनहरू छन् जसले हामीलाई मद्दत गर्न सक्छ। तपाईंले तपाईंको विशेष परिस्थितिमा यी कसरी लागू गर्ने भनेर निर्धारण गर्नुपर्दछ, तर केही आधारभूत सिद्धान्तहरूले मण्डली सङ्गीतको बारेमा हाम्रा निर्णयहरूलाई मार्गदर्शन गर्नुपर्छ।

मण्डलीको सबैभन्दा महत्त्वपूर्ण सङ्गीत सामूहिक गायन हो

मण्डलीको सङ्गीतले मण्डलीको एकता र विश्वासीहरूको पूजाहारीपनलाई व्यक्त गर्ने भएकोले, हाम्रो सबैभन्दा महत्त्वपूर्ण सङ्गीत मण्डलीको गायन हो। जबकि गायकहरू, एकल, प्रशंसा टोली, वाद्यवाद्यन समूह र अन्य विशेष सङ्गीत मूल्यवान छन्, सामूहिक सङ्गीत ख्रीष्टियान आराधनामा सबैभन्दा महत्त्वपूर्ण सङ्गीत हो। सामूहिक गीत विकास गर्न हामीले चाल्न सक्ने केही व्यावहारिक कदमहरू छन्।

यार राख्नुहोस्:

१. वाद्ययन्त्र अति विस्तृत वा चर्को हुनुहुँदैन कि यसले गायनबाट ध्यान हटाओस्। नयाँ करारमा, गायन मण्डलीको प्राथमिक सङ्गीत हो। अर्गनिस्टहरू, पियानोवादकहरू, गितारवादकहरू र ड्रमहरू मण्डलीको प्राथमिक सङ्गीत होइनौं। मण्डलीलाई गाउन दिनुहोस्!

२. कतिपय गीतहरू कुनै वाद्य यन्त्र बिना नै राम्रोसँग गाइन्छ। प्रार्थनामा गाइने गीतहरू कहिलेकाहीं शान्त गायन र कुनै वाद्ययन्त्रहरू बिना राम्रोसँग व्यक्त गर्न सकिन्छ। यसले मण्डलीलाई पाठको सन्देशमा ध्यान केन्द्रित गर्न अनुमति दिन्छ।

३. सङ्गीत यति गाह्रो वा नयाँ हुनु हुँदैन कि मण्डलीले यसमा भाग लिन नसकोस। नयाँ गीतहरू राम्रा हुन्छन्, तर हामीले अरू नयाँ गीतहरू थप्नुअघि मण्डलीलाई नयाँ गीत राम्ररी सिक्न दिनु पर्छ। नयाँ गीतहरूको लगातारको भोजन यति हामीले सन्देशलाई अवशोषित गरि नसकेसम्म नयाँ गीतहरूको निरन्तर आहार भारी हुन्छ। एक राम्रो सामान्य समाधान चाहीँ परिचित गीतहरूलाई यथावत् राख्दै नयाँलाई थप्नु हो।

४. पास्टरहरूले मण्डलीसँगै गाउनै पर्छ। यदि सामूहिक गायन आराधना हो भने, तपाईंले आराधना गर्नुपर्छ। जब पास्टरले सामूहिक गीत गाउने क्रममा अन्य कामहरू गर्छन् भने, उसको कार्यले भन्छ, "आराधना सेवामा मेरो उपदेश मात्र महत्त्वपूर्ण कुरा हो।" पास्टरहरू मण्डलीको बाँकी भागको लागि आराधनाको एउटा नमुना बनिनुपर्छ।

सङ्गीतले पाठको सेवा गर्नुपर्छ

आराधनाको सङ्गीतको उद्देश्य परमेश्वरको प्रशंसाको घोषणा गर्न, मण्डलीमा सत्य बोल्न र संसारलाई सुसमाचारको घोषणा गर्नको लागि हो, र पाठ सबैभन्दा महत्त्वपूर्ण तत्व हो। सङ्गीतको शैली जस्तोसुकै भए पनि, यदि सङ्गीतले पाठको सञ्चारमा बाधा पुर्‍याउँछ भने, हामीले भजन, गीत र आत्‍मिक गानमा एक अर्कालाई सम्बोधन गरिराखेका हुँदैनौं।

यसको मतलब वाद्यवाद्यन सङ्गीत महत्वहीन छ भन्ने होइन। उपकरणहरूले हामीलाई हाम्रो दिमाग, भावना र इच्छालाई आराधनामा केन्द्रित गर्न मद्दत गर्न सक्छ। आराधनामा वाद्यवाद्यन सङ्गीत बहुमूल्य हुन सक्छ, तर मण्डलीको गीतमा प्राथमिक ध्यान पाठ हुनुपर्छ।

अगुवाले मण्डलीलाई पाठको अर्थमा ध्यान केन्द्रित गर्नको लागि मद्दत गर्नुपर्छ।

अगुवाहरूले आफूले नेतृत्व गर्ने तरिकाद्वारा पाठलाई अझ अर्थपूर्ण बनाउन सक्छन्। दुईवटा उदाहरणहरूले अगुवाले गीतको सन्देशलाई कसरी प्रभाव पार्छ भनेर देखाउनेछ।

सुजनले मण्डलीय गीतहरूको सन्देशबारे ध्यानपूर्वक विचार गर्दैनन्। गत हप्ता, सुजनले त्रिएकको बारेमा दुईवटा गीतहरू नेतृत्व गरे। पहिलो गीतका प्रत्येक पदहरू फरक-फरक विषयमा केन्द्रित छन्: पहिलो पद पिता प्रति प्रार्थना हो; दोस्रो पद पुत्र प्रति प्रार्थना हो; तेस्रो पद पवित्र आत्मा प्रति प्रार्थना हो; र चौथो पद त्रिएक प्रति प्रार्थना हो।

गीत गाउनुअघि, सुजनले भने, “हामी पद १, २, र ४ गाउनेछौं।”

तर तेस्रो पद छोड्नुमा समस्या के हो? यो गीत त्रिएकबारे हो; यदि एउटा पद छोडिन्छ भने सन्देश कमजोर हुन्छ।

दोस्रो गीतमा, प्रत्येक तीन पदहरू त्रिएकका विशिष्ट व्यक्तिहरू प्रति आराधना र स्तुति हुन्। सुजनले भने, “हामी दुई पदहरू गाउनेछौं।” फेरि पनि, सुजनले बिर्से कि त्रिएकप्रति गीतमा तीनै व्यक्तिहरू समावेश हुनुपर्छ। पाठलाई विचार नगरी भजनका पदहरू छोड्दा मण्डलीय आराधनामा बाधा आउँछ।

विकासलाई थाहा छ कि मण्डलीको गायन आराधनामा महत्त्वपूर्ण छ। आइतवार, उनले एउटा अपरिचित भजन नेतृत्व गरे। उनले यसरी सुरु गरे: “यो गीत हामीका लागि नयाँ हो। भजनसंग्रह १५० सुन्नुहोस्, जसमा यो भजन आधारित छ।” थोरै शब्दहरू प्रयोग गरेर, विकासले मण्डलीलाई नयाँ गीतको अर्थमा केन्द्रित गराए।

सेवाको पछि, विकासले परमेश्वरको राजा-स्वरूप महानताबारे वर्णन गर्ने गीत नेतृत्व गरे। गीत गाउनु अघि, विकासले १ तिमोथी १:१७ पढे: “युग-युगका राजा, अविनाशी र अदृश्‍य एकमात्र परमेश्‍वरलाई आदर र महिमा सदासर्वदा होस्‌। आमेन।” मण्डलीले धेरै पटक गाएको गीतलाई पवित्रशास्त्रले नयाँ दृष्टिकोण दियो, जसमा गीतको प्रेरणा निहित थियो। भजनलाई यसको बाइबलीय आधारसँग जोड्दा मण्डलीय आराधनामा प्रोत्साहन मिल्छ।

► तपाईंको भाषामा उपलब्ध भजन र स्तुतिगीतहरूको सङ्ग्रह हेर्नुहोस्। एउटा गीत र त्यसलाई प्रस्तुत गर्न उपयुक्त पवित्रशास्त्रको अंश छान्नुहोस्।

यदि तपाईं प्रोजेक्टर प्रयोग गर्नुहुन्छ भने, प्रोजेक्टरको जिम्मेवार व्यक्ति आराधनाको नेतृत्वको एक भाग हो।

स्क्रिनमा भएका शब्दहरूले आराधकहरूलाई पाठमा ध्यान केन्द्रित गर्न वा पाठबाट विचलित हुन मद्दत गर्न सक्छ। प्रोजेक्टरको मुख्य व्यक्ति आफ्नो नेतृत्वमा सावधान हुनुपर्छ। बच्नुपर्ने केही समस्याहरू यसप्रकार छन्:

  • शब्दहरूको गलत वर्तनी गर्नु

  • पाठलाई गलत रूपमा विरामचिन्ह लगाउनु

  • गीतका हरफहरूलाई वाक्यांशको बीचमा होइन, वाक्यांशहरू बीचमा विभाजन गर्नु

  • स्लाइडहरूलाई गलत क्रममा राख्नु

  • सही समयमा स्लाइड नफेर्नु

यी सबै समस्याहरूले आराधनाबाट ध्यान भंग गर्छन्। जब गल्तीहरू हुन्छन्, मानिसहरू आराधनामा ध्यान केन्द्रित गर्नुभन्दा ती गल्तीहरूबारे सोचिरहेका हुन्छन्। स्क्रिनमा शब्दहरूको उपस्थितिले मण्डलीको गायनलाई असर पार्छ।

आराधनाको सङ्गीतमा, सङ्गीतले पाठको सेवा गर्नुपर्छ। यो सत्य भएको हुनाले, आराधनाका अगुवाहरूले मण्डलीलाई अर्थपूर्ण गीत गाउन मद्दत गर्नुपर्छ। यी मध्ये कुनै पनि कुराले आराधनालाई सृष्टि गर्दैन; आराधना हृदयदेखि हुन्छ। यद्यपि, विचलनहरूलाई हटाउँदा आराधकहरूलाई आराधनाको वास्तविक व्यक्ति, अर्थात् परमेश्वरमा ध्यान केन्द्रित गर्न प्रोत्साहन दिन्छ।


[1]

बीस वर्षको शासन

"कसैले बीस वर्षसम्म हाम्रा गीतहरू गाउँदै हुर्कियो भने, उसले परमेश्वरलाई कत्तिको राम्ररी चिन्ला त? के तिनीहरूले परमेश्वर पवित्र, बुद्धिमान्, सर्वशक्तिमान् र सार्वभौम हुनुहुन्छ भनी थाह पाउनेछन्? के तिनीहरूले सुसमाचारको महिमा र भित्री भाग बुझ्नेछन्?"

बब काफ्लिन

आराधनाले महत्वपूर्ण प्रभाव पार्छ

[2]Warren Wiersbe, Real Worship (Grand Rapids: Baker Books, 2000), 137
[3]James Roberson, “Everybody Dance!” जनवरी 10, 2023 मा प्राप्त गरिएको। https://genius.com/James-roberson-everybody-dance-lyrics
[4]Constance M. Cherry बाट लिइएको, The Worship Architect (Grand Rapids: Baker Academic, 2010), 202-203।
[5]Warren Wiersbe, Real Worship (Grand Rapids: Baker Books, 2000), 139
[6]Francis Schaeffer, Art and the Bible (Downers Grove: InterVarsity Press, 1973), 51
[7]Gerardo Marti, Worship across the Racial Divide: Religious Music and the Multiracial Congregation. (England: Oxford University Press, 2012)
[8]यो Herbert Bateman, editor बाट लिइएको हो। Authentic Worship (Grand Rapids: Kregel Publications, 2002), 150-155।

सामूहिक गीतलाई सुधार गर्न व्यावहारिक कदमहरू

१. गीतमा आराधना गर्नुको महत्त्वलाई सिकाउनुहोस्। जसरी ख्रीष्टियानहरूलाई प्रार्थनाको महत्त्व र अन्य आत्मिक अनुशासनहरू सिकाउनु पर्छ, त्यसरी नै परमेश्वर, उनीहरूले कसरी गाएको चाहनुहुन्छ भनेर उनीहरूले सिक्नुपर्छ।

२. यो निश्चित गर्नुहोस् कि मण्डलीलाई थाहा छ कि किन तिनीहरू गीत गाउँदैछन्। यदि यो प्रार्थना हो भने, तिनीहरूलाई सम्झाउनुहोस्। यदि यो प्रतिबद्धताको गीत हो भने, त्यसलाई औंल्याउनुहोस्। यदि यसले प्रचार गरिएको सन्देशलाई प्रतिबिम्बित गर्दछ भने, त्यसलाई स्पष्ट पार्नुहोस्। यदि उनीहरूले गीत किन गाउँदैछन् भन्ने थाहा पाए भने मानिसहरूले थप उत्साहका साथ गाउनेछन्।

३. प्रदर्शन गर्ने गीहरूभन्‍दा सामूहिक गीतहरूलाई नै चयन गर्नुहोस्। सामूहिक गीतहरूमा गायनयोग्य र सम्झन लायकको धुनहरू हुन्छन्। यदि तपाईं सबै मानिसहरूले गाउएको चाहनुहुन्छ भने, विचार गर्नुहोस् कि, "के बालबालिकाहरूले घरमा यात्रा गर्दा यो गीत गाउन सक्छन्?"

४. वाद्यवाद्यनको आवाज घटाउनुहोस्। गितार, अर्गन, ड्रम, वा गायकहरूको आवाजले मण्डलीको आवाजलाई निसासिन नदिनुहोस्। कोठामा सबैभन्दा ठूलो आवाज मण्डलीको आवाज हुनुपर्छ।

५. नयाँ गीतहरू र पुराना गीतहरू बीच सन्तुलन खोज्नुहोस्।

६. ख्रीष्टियान अनुभवको बृहत् दायरा प्रतिनिधित्व गर्ने गीतहरू प्रयोग गर्नुहोस्। यदि सबै सङ्गीत अनन्दपूर्ण छ भने, तपाईं मण्डलीका पीडित सदस्यहरूको लागि बोलि राख्नु भएको छैन। भजनसंग्रह जस्तै, हाम्रा भजनहरूमा पनि सुखी ख्रीष्टियानहरू, दुःखी ख्रीष्टियानहरू, परिक्षित ख्रीष्टियानहरू, र पीडित ख्रीष्टियानहरूका लागि शब्दहरू हुनुपर्छ।

७. आफूहरूले राम्रो गाउन नसकेको महसुस गरे तापनि, पास्टर र मण्डलीका अगुवाहरूले उत्साहित हुँदै भजन गाउनुपर्छ। गाउँदै नगाउँनु भन्दा बेतालको गायन राम्रो हुन्छ। गाउने क्रममा प्रवचनको नोटहरू हेरिरहेका पास्टरले भनिरहेका हुन्छन्, "आराधनामा गाउनु धेरै महत्त्वपूर्ण छैन।"

८. तिनीहरू सामूहिक आराधनामा प्राथमिक साधन हुन् भनेर मण्डलीलाई सम्झाउनुहोस्। यदि मानिसहरूले उत्साहपूर्वक गाउन सकेनन् भने, सामूहिक सङ्गीतले आफ्नो उद्देश्य प्राप्त गर्न असफल हुन्छ। मण्डलीहरूलाई आराधनाको कार्यको रूपमा गाउनु उनीहरूको विशेषाधिकार र जिम्मेवारी हो भनेर सिकाउनु पर्छ।

निष्कर्ष: ग्लोरियाको गवाही

के परमेश्वर आराधनाको सङ्गीत मार्फत बोल्नुहुन्छ? ताइवानका एकजना पास्टरको गवाही सुन्नुहोस्।

जब मेइ-लिङ हाम्रो मण्डलीमा आइन्, उनले कहिल्यै सुसमाचार सुनेकी थिइनन्। उनले प्रवचन खोजिरहेकी थिइनन्; उनलाई ख्रीष्टियान बन्ने इच्छा थिएन। मेइ-लिङले परमेश्वरलाई खोजिरहेका थिइनन्, तर परमेश्वरले मेइ-लिङलाई खोज्दै हुनुहुन्थ्यो!

मेइ-लिङ आफ्नो अङ्ग्रेजी भाषालाई सुधार गर्न हाम्रो मण्डलीमा आएकी थिइन्। हाम्रो मण्डलीले नि:शुल्क अङ्ग्रेजी कक्षाहरू दिने गरेको उनले सुनिन्, त्यसैले उनी अंग्रेजी भाषा सिक्न आएकी थिइन्। उनको पहिलो भ्रमणमा, मेइ-लिङ ढिलो आइपुगिन्। जसै उनी पवित्र स्थानमा आइपुगिन्, त्यतिखेर मण्डलीले भजनसंग्रह ४२:१ मा आधारित एउटा साधारण कोरस गाउँदै थियो, "जसरी हरिणले खोलाका पानीको तृष्‍णा गर्दछ, त्‍यसरी नै, हे परमेश्‍वर, मेरो प्राणले तपाईंको तृष्‍णा गर्दछ।"

एक वर्षपछि उनको बप्तिस्मामा, मेइ-लिङले यो गवाही दिइन्:

"म बस्दा तपाईंहरूले गाएको गीत बाहेक मलाई त्यो सेवाको बारेमा अरू केही याद छैन। गीत सुनेपछि म रुन थालेँ। ३० वर्षदेखि, मृग पानीको लागि तिर्खाएझैं म परमेश्वरको लागि तिर्खाइरहेको छु, तर मलाई केको तिर्खा लागेको थियो मलाई थाहा थिएन। मैले शिक्षालाई चाखेँ; मैले पैसा कमाउने कुरालाई चाखेँ; मैले मनोरञ्जन प्राप्त गर्ने कुरालाई चाखेँ; मैले सबै कुरा चाखेँ-र म अझै पनि खाली थिए। मैले अङ्ग्रेजी भाषा सिक्ने निर्णय गरें, त्यसैले म तपाईंको मण्डलीमा आएँ।

"अङ्ग्रेजी भाषाको सट्टा, मलाई चाहिएको पानी मैले भेट्टाएँ। जसै म सेवामा बसेँ, परमेश्वरले मेरो मनको चाहना पूरा गर्नुहुन्छ भन्ने बुझेर म रोएँ। उहाँ नै वास्तविक आनन्ददाता हुनुहुन्छ। त्यो दिन, मैले मेरो हृदय परमेश्वरलाई दिने संकल्प गरें। आज उहाँ मेरो आँखाको नानी हुनुहुन्छ।"

समीक्षामा पाठ ६

(१) हाम्रो आराधनामा सङ्गीत महत्त्वपूर्ण छ

  • किनभने बाइबलअनुसार आराधनामा सङ्गीत महत्त्वपूर्ण थियो।

  • किनभने यसले विश्वासीको पूजाहारीपनको ईश्वरशास्त्रीय सिद्धान्तलाई व्यक्त गर्दछ।

  • किनभने यसले मण्डलीको एकताको ईश्वरशास्त्रीय सिद्धान्तलाई व्यक्त गर्दछ।

(२) सङ्गीतले

  • दिमागसँग कुरा गर्छ, त्यसैले हामीले गाउने सन्देश सत्य हुनुपर्छ।

  • हृदयसँग कुरा गर्छ र भावनालाई छुन्छ।

  • शरीरसँग कुरा गर्छ र संसारका अपवित्र अभ्यासहरूलाई अनुसरण गर्नु हुँदैन।

  • चाहानासँग कुरा गर्छ र प्रतिक्रियाको लागि आह्वान गर्दछ।

  • सम्पूर्ण व्यक्तित्वसँग कुरा गर्छ। यसले सत्य सिकाउँछ भने यसलाई मूल्यवान बनाउँछ र जब यसले झूट सिकाउँछ भने यसले खतरनाक बनाउँछ।

(३) आराधनाको सङ्गीतको लागि पवित्रशास्त्रीय सिद्धान्तहरूले निम्न कुराहरूलाई समावेश गर्दछ:

  • आराधनाको सङ्गीतको पाठले स्पष्टरूपमा सत्यलाई व्यक्त गर्नुपर्छ।

  • आराधनाको सङ्गीतको शैली फरक हुन सक्छ। पावलले भजन, स्तुतिगान र आत्मिक गीतहरूलाई जनाउँछन्। प्रारम्भिक कालदेखि नै, मण्डलीले विभिन्न प्रकारका गीत गाउँथ्यो।

  • हरेक शैली हरेक परिस्थितिको लागि उपयुक्त हुँदैन। हामीले सोध्नु पर्छ, "मेरो सांस्कृतिक सन्दर्भमा, के यो सङ्गीतको शैलीले परमेश्वरको महिमा गर्छ?"

(४) सङ्गीतले तीन खाले श्रोताहरूसँग बोल्नुपर्छ:

  • सङ्गीतले परमेश्वरको प्रशंसाको घोषणा गर्नुपर्छ।

  • सङ्गीतले मण्डलीलाई सत्यको घोषणा गर्नुपर्छ।

  • सङ्गीतले संसारमा सुसमाचार घोषणा गर्नुपर्छ।

(५) मण्डलीको सङ्गीतको लागि निम्न सिद्धान्तहरू समावेश छन्:

  • मण्डलीको सबैभन्दा महत्त्वपूर्ण सङ्गीत सामूहिक गायन हो।

  • सङ्गीतले पाठको सेवा गर्नुपर्छ।

पाठ ६ क्रियाकलाप

(१) आराधनाको लागि उपलब्ध सङ्गीतको विविधताको मूल्याङ्कन गर्न, निम्न शीर्षकहरू मध्ये प्रत्येकलाई सम्बोधन गर्ने ४ वा सो भन्दा बढी गीतहरूको सूची बनाउनुहोस्। तपाईंको सूचीलाई त्यतिखेर प्रयोग गरिनेछ जब तपाईंले पछिल्लो पाठमा आराधना सेवाको लागि योजना बनाउनुहुनेछ। दिमाग, हृदय र इच्छालाई बोल्ने गीतहरू खोज्नुहोस्।

  • परमेश्वरको स्वभावमा आधारित ४ गीतहरू

  • येशु र उहाँको मृत्यु र पुनरुत्थानमा आधारित ४ गीतहरू

  • पवित्र आत्मा र मण्डलीमा आधारित ४ गीतहरू

  • ४ गीतहरू जसले परमेश्वरका मानिसहरूलाई समर्पित, पवित्र जीवनको लागि आह्वान गर्दछन्

  • सुसमाचार र मिसनको लागि ४ गीतहरू

यदि तपाईं समूहमा अध्ययन गर्दै हुनुहुन्छ भने, तपाईंको सूची अरूलाई पनि बाँड्नुहोस् र त्यसपछि छलफल गर्नुहोस् कि, "हामीले विगत एक वर्षमा यीमध्ये कतिवटा गीतहरू गाएका छौं? के हामीले आफ्नो गायनमा सम्पूर्ण सुसमाचारलाई प्रचार गर्दैछौं?"

(२) अर्को पाठको सुरुमा, तपाईंले यस पाठमा आधारित परीक्षा दिनुहुनेछ। तयारी गर्दा खेरी परीक्षाका प्रश्नहरूलाई सावधानीपूर्वक अध्ययन गर्नुहोस्।

पाठ ६ परीक्षा

(१) बाइबलबाट तीनवटा गीतहरूको सूची बनाउनुहोस्।

(२) हाम्रो आराधनाको सङ्गीतमा प्रदर्शन गरिनुपर्ने दुई ईश्वरशास्त्रीय सिद्धान्तहरूलाई सूचीबद्ध गर्नुहोस्।।

(३) आराधनामा सङ्गीतको चार व्यावहारिक कारणहरूलाई सूचीबद्ध गर्नुहोस्।

(४) आराधनाको लागि सङ्गीत छनोटमा मार्गदर्शन गर्ने चार सिद्धान्तहरूलाई सूचीबद्ध गर्नुहोस्।

(५) पावलले कलस्सी ३:१६ मा कुन तीन प्रकारका गीतहरूलाई सूचीबद्ध गरेका छन्?

(६) हाम्रो आराधनाको सङ्गीतको निर्णायक जाँच के हो?

(७) बाइबलका गीतहरूमा आधारित सङ्गीतले विभिन्न श्रोताहरूसँग बोल्ने तीन तरिकाहरूलाई सूचीबद्ध गर्नुहोस्।

(८) कलस्सी ३:१६ ले आराधनाको सङ्गीतको उद्देश्यबारे के सिकाउँछ?

(९) आफूले कण्ठ गरेको कलस्सी ३:१५-१७ लेख्नुहोस्।

Next Lesson