सोही वर्षमा, एउटा अफ्रिकी राष्ट्र दुईवटा सूचीमा देखा पर्छ: "अफ्रिका सबैभन्दा ठूलो ख्रीष्टियान जनसंख्या भएको राष्ट्र" र "अफ्रिका सबैभन्दा भ्रष्ट भएको राष्ट्र।"
एसियाकै सबैभन्दा ठूलो मण्डलीका पास्टरलाई करोडौं डलर हिनामिना गरेको अभियोगमा दोषी ठहर गरिएको छ।
एक अमेरिकी अत्यन्त ठूलो-मण्डलीका अगुवाले वैवाहिक जीवनमा गरेको व्यभिचार स्वीकार गरेपछि राजीनामा दिए।
के गलत भइरहेको छ? यी परिस्थितिहरू सृजना हुनुमा धेरै कारकहरू छन्, तर ती सबैमा एउटा कुरा समान छ: शनिवारको आराधनाले साता भरिको जीवनलाई प्रभाव पार्दैन। शनिवारको "आराधनालाई"-भावना र उत्तेजना मानिन्छ। सोमवारको दिनलाई "वास्तविक जीवन" मानिन्छ-अनैतिक व्यापारको अभ्यास र आत्म-सन्तुष्टि। धेरै मानिसहरूको लागि, आराधनाको गतिविधिहरूले जीवन परिवर्तन गर्ने परिणाम ल्याएका छैनन्।
► आराधनाले तपाईंको दैनिक जीवनलाई कसरी प्रभाव पार्छ छलफल गर्नुहोस्। तपाईंले गरेको आराधनाको कारणले गर्दा तपाईंको व्यवसाय कसरी फरक तरिकाले सञ्चालन हुन्छ? तपाईंले गरेको आराधनाको कारणले गर्दा तपाईंको पारिवारिक सम्बन्धहरू कसरी फरक छन्? तपाईंको नैतिकता? तपाईंको राजनीति? तपाईंको आर्थिक अभ्यासहरू? के तपाईं आराधनाको जीवनशैली बिताउनुहुन्छ?
आराधना: शनिवार भन्दा बढी
यस पाठको परिचयमा वर्णन गरिएको समस्या नयाँ होइन। आमोसले बलिदानहरू ल्याएका र मन्दिरको रीतिरिवाजहरू पालन गर्ने मानिसहरूसँग कुरा गरे, तर तिनीहरू ईश्वरीय जीवन बिताउन असफल थिए (आमोस ५:२१-२४)। यर्मियाले "यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर हो" भनेर कराउने मानिसहरूलाई प्रचार गरे तर जसलाई परमेश्वरको उपस्थितिको वास्तविकता थाहा थिएन (यर्मिया ७:४)। येशुले व्यवस्थाका हरेक विवरणहरू पालन गर्ने, स-साना कुराहरूमा दशांश दिने, र प्रार्थना गर्ने, विश्राम दिन पालन गर्ने र अन्य आराधनाका रीतिरिवाजहरूमा विश्वासयोग्य हुने तर हृदयमा अपवित्र हुनेहरूको बारेमा वर्णन गर्नुभयो (मत्ती २३:२३)। यी मानिसहरूले आफू आराधक भएको दाबी गरे तर तिनीहरूको आराधना झूटो थियो। साँचो आराधनाले सम्पूर्ण जीवनलाई प्रभाव पार्छ।
[1]पावलले मूर्तिहरूलाई चढाइएको मासु खाने कि नखाने भन्ने समस्याको सामना गर्ने विश्वासीहरूलाई आफ्नो पत्रमा लेखे। यस समस्यालाई सम्बोधन गरिसकेपछि, पावलले निष्कर्ष निकाले, "यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति ग" (१ कोरिन्थी १०:३१)। जब पावलले मूर्तिहरूलाई चढाइएको मासुको मुद्दालाई सम्बोधन गर्दै थिए, यो सिद्धान्त जीवनका सबै क्षेत्रमा लागू हुन्छ। यदि हामीले साँच्चै आराधना गर्छौं भने, हाम्रो दैनिक जीवन परमेश्वरको महिमाको लागि बाँच्नेछ।
आराधनाको एक परिभाषा हो “…आराधना हाम्रा सम्पूर्ण अस्तित्वको प्रतिक्रिया हो, परमेश्वरको सम्पूर्ण अस्तित्वप्रति।”[2] यस परिभाषाले देखाउँछ कि आराधनाले जीवनका सबै पक्षहरूलाई समावेश गर्दछ। आराधनालाई परिभाषित गर्दा सन्तुलनमा राख्नु पर्ने दुईवटा सिद्धान्तहरू छन्।
सामूहिक आराधना: शनिवारको आराधना
सामूहिक आराधनाले मण्डलीका अङ्गहरूको भेलालाई बुझाउँछ। यो भेटघाट मण्डली भवन, घर वा अन्य कुनै ठाउँमा हुन सक्छ। स्थान महत्त्वपूर्ण छैन, तर सामूहिक आराधनाको लागि छुट्टाएको समय महत्त्वपूर्ण छ। ख्रीष्टियानहरूलाई सामूहिक आराधनाको लागि भेला हुने विशेषाधिकार र जिम्मेवारी दिइएको छ (हिब्रू १०:२५)।
जीवनशैलीको रूपमा आराधना गर्नु: सम्पूर्ण जीवनमा आराधना गर्नु
अदनको बगैंचामा, यदि तपाईंले आदम र हव्वालाई, "तपाईं कहिले आराधना गर्नुहुन्छ?" भनेर सोध्नुभएको थियो भने, तिनीहरूले जवाफ दिने थिए, "हामी निरन्तर आराधना गर्छौं। हाम्रो सम्पूर्ण जीवन आराधना हो।" यो जीवन शैलीको रूपमा आराधना गर्नु हो।
आराधना भनेको विश्वासीहरूको सामूहिक भेटघाट र परमेश्वरको महिमाको लागि बाँचेको जीवन दुवै हो। लियोन्सका दोस्रो शताब्दीका विशप इरेनियसले भने, "परमेश्वरको महिमा एक मानव हो, पूर्ण रूपमा जीवित।" यो मानव-केन्द्रित मानवतावाद होइन; यो परमेश्वर-केन्द्रित मान्यता हो कि मानिसको अन्तिम उद्देश्य परमेश्वरको महिमाको लागि बाँच्नु हो। यो नै साँचो आराधना हो।
[3]ख्रीष्टियानको रूपमा हामी हाम्रो जीवनका सम्पूर्ण पक्षहरूर सामान्य विवरणहरू पनि परमेश्वरलाई दिन्छौं। आराधना शनिवारको दिनमा मात्र सीमित छैन। हाम्रो काम, खेल र सामान्य कार्यहरू परमेश्वरको महिमाको लागि गरिन्छ। रोमी १२:१ ले देखाउँछ कि आराधनाले हाम्रो शरीरलाई जिउँदो बलिदानको रूपमा परमेश्वरलाई चढाउनुपर्ने कुरा समावेश छ। यो हाम्रो आत्मिक सेवा हो। आराधनाको बाइबलीय दृष्टिकोण साप्ताहिक भेटघाट वा सङ्गतिमा सीमित हुन सक्दैन; यसले हाम्रो सम्पूर्ण जीवन परमेश्वरलाई दिनु भन्ने कुरा जनाउँछ।
आराधनाको बाइबलीय दृष्टिकोणले सामूहिक आराधना र दैनिक जीवन दुवै समावेश गर्दछ। दुवै पक्षहरू महत्त्वपूर्ण छन्। यदि हामी बिर्सन्छौं कि आराधनामा दैनिक जीवन समावेश हुन्छ, भने हामी हाम्रो जीवनका बाँकी क्षेत्रमा कुनै प्रभाव नदेखी पनि आराधना सेवामा सहभागी हुन सक्छौँ। यसले हामीलाई सामूहिक आराधनामा त सहभागी गराउँछ तर दैनिक जीवनमा परमेश्वरको आज्ञापालनमा बाँच्न असफल बनाउँछ।
जे भएता पनि, यदि हामीले केवल "आराधना नै सम्पूर्ण जीवन हो" भन्ने करालाई मात्र जोड दियौं भने, मुख्य गरी केन्द्रित गरिएर आराधनाको लागि भनेर छुट्याइएको नियमित समयको महत्त्वलाई बिर्सन्छौं। सामूहिक आराधनामा सहभागिता जनाउँनाले हाम्रो जीवनको निम्ति परमेश्वरको भण्डारेपनको कार्यलाई सम्झ मद्दत गर्दछ।
भण्डारेपनको यो सिद्धान्त दशांश र विश्रामको दिनमा देखिन्छ। ख्रीष्टियान भण्डारेपन भनेको हाम्रो सम्पूर्ण पैसा परमेश्वरको हो। यो सिद्धान्तमा हाम्रो विश्वास हाम्रो दशांशले देखाउँछ। समयको ख्रीष्टियान दृष्टिकोणको अर्थ सम्पूर्ण जीवन परमेश्वरको हो भन्ने हुन्छ। यो कुरालाई हामी हप्ताको एक दिन आराधना र विश्राम गर्न समर्पित गरेर देखाउँछौं। त्यसै गरी, हाम्रो जीवनका सबै पक्षहरू आराधनाको अंश हुन्; सामूहिक आराधनाको लागि सँगी विश्वासीहरूसँग भेला भएर हामी त्यो देखाउँछौं।
बब काफ्लिनले सामूहिक आराधना र जीवन शैलीको रूपमा आराधना बीचको सम्बन्धलाई देखाउनुभयो:
शनिवार हाम्रो हप्ताको उच्च बिन्दुको दिन हुन सक्छ, तर यो मात्र मुख्य बिन्दु होइन। हप्ताको दौरान हामी आराधनाको जीवन बिताउँछौं जहाँ हामी आफ्नो परिवारलाई माया गर्छौं, परीक्षाको प्रतिरोध गर्छौं, साहसपूर्वक उत्पीडित मानिसहरूको लागि बोल्छौं, दुष्टको विरुद्धमा खडा हुन्छौं, र सुसमाचार घोषणा गर्छौं। यी सबै कुराहरूमा हामी आराधना गर्ने मण्डली फैलिएका छौँ।
तर हामी संसार, हाम्रो शरीर, र शैतान विरुद्धको हाम्रो लडाईमा थकित हुन्छौं र यस अवस्थामा परमेश्वरको वचन र अन्य सन्तहरूको हेरचाहबाट हामी बलियो र प्रोत्साहित हुन आवश्यक छ। हामी तिनीहरूसँग सङ्गति गर्न चाहन्छौं जसलाई परमेश्वरले उहाँको पुत्रको रगतद्वारा हामीमा सामेल गर्नुभएको छ। यसकारण हामी एक ठाउँमा भेला भएर आराधना गर्ने मण्डली बन्न भेट्छौं।[4]
"आराधनाको अगुवा एउटा त्यस्तो व्यक्ति हुनुपर्दछ जसले जीवनको सबै क्षेत्रहरूमा आराधना गर्दछ; जो सम्पूर्ण रूपमा परमेश्वरको पछि लाग्दछ; जसले मण्डलीलाई आराधनाको समस्त जीवनशैलीमा अगुवाइ गर्छ।"
- स्टेफन मिलरबाट साभार गरिएको
[2]Warren Wiersbe, Real Worship (Grand Rapids: Baker Books, 2000), 21
[1]हामी आराधना गर्नको लागि सृष्टि गरिएका हौं। हामी सबैले कुनै न कुनै कुराको आराधना गर्छौं। हामी जसलाई धेरै मूल्यवान ठान्छौँ, त्यसैको आराधना गर्छौं। आराधनाले भन्छ, "मेरो जीवनमा पहिलो स्थान यही हो।"
धेरै मानिसहरू पैसा, जागिर, हैसियत, सम्बन्ध वा सुखको आराधना गर्छन्। ती चीजहरूले उनीहरूको जीवनमा पहिलो स्थान लिन्छ। तपाईंलाई कसरी थाहा हुन्छ तपाईं के पुज्नुहुन्छ? आफ्नो जीवनलाई हेर्नुहुस्। तपाईंको सबैभन्दा बढी शक्ति, समय र पैसा के कुरामा खर्च हुन्छ? तपाईंले निर्णय गर्नुभएको कुरा तपाईंको लागि सबैभन्दा मूल्यवान छ; त्यसलाई नै तपाईंले आराधना गर्नुहन्छ।[2]
केवल परमेश्वर आराधनाको योग्य हुनुहुन्छ; अरू सबै गौण छन्। आराधनाको जीवनशैलीले सबै कुरामा परमेश्वरलाई पहिलो स्थान दिन्छ। साँचो आराधकहरूले परमेश्वरलाई आफ्नो जीवनको सिंहासनमा राखेका हुन्छन्; ऊसँग उच्चतम मूल्य हुन्छ। यसको मतलब साँचो आराधकहरूको लागि, जीवनको हरेक भाग परमेश्वरको महिमाको लागि बाँचिन्छ।
साँचो आराधनाले हाम्रो मूल्यमान्यतालाई परिवर्तन गर्छ
यशैया ६ मा, हामी देख्छौं कि साँचो आराधना परिवर्तनकारी हुन्छ। आराधनाले हाम्रो मूल्यमान्यतालाई मात्र देखाउँदैन, तर यसले हाम्रा मूल्यमान्यताहरूलाई परिवर्तन पनि गर्छ।
[3]आराधना, चाहे परमेश्वरको होस् वा मूर्तिहरूको यसले हामी को हौं भन्ने कुरालाई परिवर्तन गर्छ। भजनसंग्रह ११५:८ ले देखाउँछ कि मूर्तिहरूको आराधना गर्नाले हामीलाई खराबीमा परिवर्तन गर्छ। "तिनीहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्। र तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै उस्तै हुनेछन्।" मूर्तिपूजकहरू आफ्ना मूर्तिहरू जस्तै बन्छन्। पैसाको आराधना गर्नेहरू लोभी हुन्छन्। सुखको आराधना गर्नेहरू सुखको दास बन्छन्। प्रसिद्धिको आराधना गर्नेहरू बढ्दो आत्मकेन्द्रित हुन्छन्। हामी जसको आराधना गर्छौं त्यो जस्तै बन्छौं।
त्यसैगरी परमेश्वरको आराधना गर्नेहरू पनि उहाँ जस्तै बन्छन्। "हामी सबै घुम्टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्दछौं, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लँदै उहाँको रूपमा बद्लिँदैजान्छौं" (२ कोरिन्थी ३:१८)। आराधनामा हामी उहाँको स्वरूपमा परिणत हुन्छौं।
जब हामी आराधना गर्छौं, हाम्रो मूल्यहरू परिवर्तन हुन्छ। आराधकको रूपमा, हामीले सोध्नै पर्छ, " के आराधनाले मेरो जीवन परिवर्तन गरिरहेको छ?"
परमेश्वरको महिमाको लागि बाँच्नुमा सम्पूर्ण जीवन समावेश छ
जीवन शैलीको रूपमा आराधना गर्नु भनेको सम्पूर्ण जीवन परमेश्वरको महिमाको लागि बाँच्नु हो। धेरै ख्रीष्टियानहरूले आफ्नो जीवनलाई दुई विच्छेदित क्षेत्रहरूमा विभाजन गर्छन्: पवित्र (शनिवार) र सांसारिक (आइतवार-शक्रवार)। तिनीहरू " शनिवारे ख्रीष्टियान" को रूपमा बस्छन्। तिनीहरू मण्डलीमा उपस्थित हुन्छन् र ख्रीष्टियान विश्वासको दाबी गर्छन्, तर शनिवारको आराधनाले सोमवारको व्यापारिक नैतिकता, बुधवारको पारिवारिक जीवन, वा शुक्रवारको मनोरञ्जनमा कुनै प्रभाव पार्दैन।
सांसारिक शब्दले यस संसारको जीवनलाई जनाउँछ। ख्रीष्टियानलाई परमेश्वरको महिमाको लागि सांसारमा जीवन जिउन बोलाइएको छ। ख्रीष्टियानहरूलाई शनिवारको आराधनाको प्रभाव देखाउने तरिकामा आइतवार जीवन जीउन बोलाइएको छ। आराधना सेवाको अन्त्यमा, हामीले आफूलाई सोध्नु पर्छ, "आजको आराधनालाई व्यवहारमा ल्याउन म भोलि के गर्नेछु?" यो जीवन परमेश्वरको महिमाको लागि जिउनु हो।
परमेश्वरको महिमाको लागि जीवन जीउँदा कस्तो देखिन्छ?
परमेश्वरको महिमाको लागि जिउनुको अर्थ सबै जीवन परमेश्वरप्रतिको जोसद्वारा नियन्त्रित छ भन्नु हो। यसको अर्थ परमेश्वरलाई त्यो बिन्दुसम्म प्रेम गर्नु हो जहाँ हाम्रो आनन्दले उहाँलाई प्रसन्न तुल्याउँछ। एकजनाले भनेका छन् कि कसैलाई प्रेम गर्नु भनेको तिनीहरूमा व्यस्त हुनु हो। "तपाईं त्यो व्यक्ति (वा चीज) सँग प्रेममा हुनुहुन्छ जुनबेला तपाईं अरू केहीको बारेमा सोचिरहनुभएको हुँदैन, त्यसबेला तपाईं त्यसको बारेमा सोचिरहनुभएको हुन्छ।"
त्यसैगरी, लुई गिग्लियोले सुझाव दिन्छन् कि "हाम्रो मुखबाट निस्कने कुराबाट हाम्रो आत्मामा के सर्वोच्च छ भनेर हामीलाई थाहा हुन्छ।"[4] हामी हाम्रो लागि सबैभन्दा मूल्यवान कुराको बारेमा चर्चा गर्छौं।
त्यो धेरै सरल लाग्न सक्छ, तर विचार गर्नुहोस्। पैसालाई प्रेम गर्ने मान्छेले केको बारेमा कुरा गर्छ? पैसा। तिनीहरूले पैसाको महिमा गर्छन्। खेलकुद प्रेमीले केको बारेमा कुरा गर्छ? खेलकुद। तिनीहरू आफ्नो मनपर्ने खेल टोलीको प्रशंसा गर्छन्।
के यसको मतलब एक ख्रीष्टियानले हरेक परिस्थितिमा बाइबलको बारेमा मात्र कुरा गर्नुपर्छ भन्ने हो? होइन; यसको सीधा अर्थ हो कि हामीले बोल्ने हरेक कुराले परमेश्वरको महिमा गर्नेछ। जब हामीले व्यापारिक निर्णय लिइरहेका हुन्छौं, हामीले हाम्रा सहकर्मीहरूलाई "यस निर्णयले परमेश्वरको महिमा गर्नै पर्छ" भन्न सक्दैनौं, तर परमेश्वरको महिमाले हाम्रो निर्णयलाई प्रभाव पार्नेछ। जब हामीले हाम्रो छोराछोरीहरूलाई अनुशासन दिनैपर्छ भनेर सोच्छौँ भने, हामीले उनीहरूसँग यसरी कुराकानी गर्न सुरु गर्ने छैनौँ, "छोरा, म यो बेंतको लट्ठीले तिमीलाई पिटेर परमेश्वरको महिमा गर्न चाहन्छु" तर हामी आफैलाई सोध्नेछौं, "के यो अनुशासनले परमेश्वरलाई प्रसन्न तुल्याउँछ वा म मेरो रिसलाई पोख्दैछु? के मेरो स्वर्गीय पिताले मलाई यसरी अनुशासन गर्नुहुनेछ?"
ख्रीष्टियानको हैसियतले, हामी परमेश्वरको महिमाको प्रकाशमा हरेक निर्णय गर्छौं। जीवन शैलीको रूपमा आराधना गर्नु भनेको हामीले गर्ने सबै कुराको केन्द्रमा परमेश्वर र उहाँको महिमालाई राख्नु हो।
अघिल्लो पाठमा, हामीले देख्यौं कि अनुग्रह बाहेक, सामूहिक आराधना नियमानुकूल हुन्छ, जहाँ हामी सोध्छौं "हामी कसरी परमेश्वरको अनुग्रह कमाउने तरिकामा आराधना गर्छौं?" त्यसै गरी, अनुग्रह बाहेक, आराधनाको जीवनशैली एक नियमको बोझ बन्छ, जहाँ हामी सोध्छौं "यदि यो निर्णय परमेश्वरको महिमा गर्नको लागि उत्तम तरिका होइन भने के हुन्छ? यदि मैले गडबड गरे भने, के परमेश्वर रिसाउनुहुनेछ?"
नियमानुकूल आराधनाको विपरीत, परमेश्वरको अनुग्रहको ज्योतिमा गरिने आराधना एक अद्भुत सुअवसर बन्छ। परमेश्वरको अनुग्रहको ज्योतिमा सामूहिक आराधना गर्नु भनेको परमेश्वर को हुनुहुन्छ र उहाँले के गर्नुभयो भनेर उत्सव मनाउने अवसर हो। त्यसैगरी, आराधनाको जीवनशैली (परमेश्वरको अनुग्रहको ज्योतिमा जिउँदा) दैनिक जीवनमा परमेश्वरको महिमा गर्ने अवसर हो।
बिहीवारको व्यापारिक निर्णय परमेश्वरको व्यवस्था पालन गर्नको लागि आनन्द नदिने प्रयास होइन; यो उहाँको चरित्र अनुरूप नैतिकताका साथ परमेश्वरको महिमा गर्ने एउटा खुसीको अवसर हो। छोराछोरीलाई गर्ने अनुशासन परमेश्वरलाई अप्रसन्न बनाउने खालको हुनबाट जोगाउनको लागि आनन्द नदिने प्रयास होइन; यो तपाईंको छोराछोरीको लागि परमेश्वरको प्रेमिलो चरित्रलाई पछ्याउने खुसीको अवसर हो। अनुग्रहले आराधनाको जीवनशैलीलाई परिवर्तन गर्छ।
"सबैसँग वेदी हुन्छ। र हरेक वेदीमा सिंहासन हुन्छ। त्यसोभए तपाईंलाई कसरी थाहा हुन्छ तपाईं के को आराधना गर्नुहुन्छ? यो सजिलो छ: तपाईंको समय, तपाईंको चाहना, तपाईंको शक्ति, तपाईंको पैसा, र तपाईंको भक्तिको पद चिन्हलाई पछ्याउनुहोस्। त्यो पद चिन्हको अन्त्यमा तपाईंले एउटा सिंहासन भेट्टाउनुहुनेछ, र जुनसुकै, वा जो कोही त्यो सिंहासनमा छ, त्यो नै तपाईंको लागि सबै भन्दा मूल्य हो। त्यही सिंहासनमा भएकोलाई तपाईंले आराधना गर्नुहुन्छ।"
लुई गिग्लियो
[2]Louie Giglio बाट साभार गरिएको, The Air I Breathe: Worship as a Way of Life. (Sisters, OR: Multnomah Publishers, 2003)।
आराधना हामीले मात्र गर्ने कुरा होइन; यसले हामीलाई पनि केही गर्छ।
[4]Louie Giglio, “Psalm 16" मा Matt Redman and Friends, Inside, Out Worship (Ventura: Regal Books, 2005), 78
आराधनाको जीवनशैली: एक बाइबलीय नमूना
रोमी १२:१ मा, पवित्र र परमेश्वरलाई स्वीकार्य हुने जिउँदो बलिदानको रूपमा आफूलाई प्रस्तुत गर्न ख्रीष्टियानलाई भनिएको छ। यो हाम्रो आत्मिक आराधना हो। रोमी १२:२ ले यो बलिदान कसरी चढ़ाइनेछ भनेर देखाउँछ। आराधनालाई जीवनशैलीको रूपमा बुझ्नको लागि यो पाठ विशेष गरी महत्त्वपूर्ण छ।
११ अध्यायहरू पछि जसमा पावलले ख्रीष्टियान जीवनको लागि पवित्रशास्त्रीय जग राख्छन्, उनी यसलाई लागू गर्न तर्फ अगाडि बढ़छन्। हामी अनुग्रहद्वारा धर्मी ठहरिएका हुनाले (रोमी १-११), हामीले एउटा खास तरिकामा जीवन जिउनुपर्छ (रोमी १२-१६)। यी अध्यायहरूले आराधनाको जीवनशैलीको लागि नमूना प्रदान गर्दछन्।
आराधनाको जीवनशैलीको नकारात्मक पक्ष
पावलले नकारात्मक आदेशको साथ सुरु गर्छन्: "यस संसारको ढाँचामा नचल।" हामी यस संसारको ढाँचा अनुसार जिउनु हुँदैन। हामी यो संसार र स्वर्गीय राज्य दुबै लागि आत्मसमर्पण गर्न सक्दैनौं; हामी परमेश्वर र यस युगको आत्मा दुवैको लागि आराधना गर्न सक्दैनौं।
जे.बी. फिलिप्सले पावलको निर्देशनलाई अनुवाद गरे, "तपाईंको वरपरको संसारले तपाईंलाई त्यसको ढाँचामा ढाल्न नदिनुहोस्।" जब माटोलाई कुनै आकृतिको साँचोमा राखिन्छ, त्यो चाँडै त्यही आकृतिको साँचोको आकारमा जम्छ। संसारले ख्रीष्टियानहरूलाई आफ्नो आकारमा ढाल्न चाहन्छ। संसारले हामीलाई आफ्ना मागहरू अनुरूप समायोजन गर्न बाध्य पार्न चाहन्छ। बरु, हामीले यस संसारको प्रभावलाई अस्वीकार गर्नको लागि आराधनाको जीवनशैली जिउनुपर्छ।
यो परीक्षा विशेष गरी खतरनाक छ किनभने हामी सांसारिक ढाँचाको आकृतिमा ढाँलिदै छौँ भन्ने बारेमा सचेत नहुँदै पनि हामी त्येसमा बदली रहेको हुन सक्छौं। पानीमा बस्ने माछाले "यो पानी हो" भनेर सोच्दैन। उसको लागि यो केवल एउटा संसार हो जसमा ऊ बस्छ। फोहोरमा हिँड्ने कीराले "यो फोहोर हो" भनेर सोच्दैन। उसको लागि यो केवल एउटा संसार हो जसमा ऊ बस्छ। यदि हामी होसियार छैनौं भने, पतित संसारमा बस्ने ख्रीष्टियानले "यो पतित संसार हो" भनेर विचार गर्ने छैन। यो केवल हामी बस्ने संसार हुनेछ।
यसैले सामूहिक आराधना महत्त्वपूर्ण छ। हिब्रूका लेखकले चेतावनी दिए कि हामीले एकसाथ भेट्ने कुरालाई बेवास्ता गर्नु हुँदैन। किन? किनभने हामी यी अन्य आज्ञाहरू यसरी पूरा गर्छौं:
"हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं" (हिब्रू १०:२४)
आराधनामा, हामीलाई स्मरण गराइन्छ कि हामी यस संसारका होइनौं। बेबिलोनमा, मन्दिरबाट अलग गरिएको, आफ्ना मानिसहरूको सामूहिक आराधनामा भाग लिन असमर्थ, आफ्ना झ्यालहरू यरूशलेमतिर खोलेर दानिएलले दिनको तीन पटक प्रार्थना गरे (दानिएल ६:१०)। आराधनाले दानिएललाई बेबिलोनको संसारमा ढाँचा अनुरूप एक हुने कुराको विरुद्ध बलियो बनायो। जसै उनले यरूशलेम तिर आफ्नो मुख फर्काए, दानिएललाई स्मरण भयो कि, "म बेबिलोनको नागरिक होइन; म यरूशलेमको नागरिक हुँ। म मार्दुकको आराधना गर्दिनँ; म यहोवाको सेवा गर्छु।"[1]
आराधनाको जीवनशैली भनेको हामीले हाम्रो संसारको ढाँचामा आफूलाई ढाँल्न दिन अस्वीकार गर्नु हो। यो परीक्षाको स्थितिको प्रतिरोध गर्नु भन्दा बढी हो। यो नियमहरूको संग्रहको अवलोकन गर्नु भन्दा बढी हो। यो पोशाकको एक विशेष शैली, व्यवहारको नियम, वा धार्मिक संस्कृति भन्दा बढी छ। यो विचार गर्ने र जिउने सम्पूर्ण तरिका हो। यसको अर्थ परमेश्वरको राज्यको सन्दर्भमा सबै कुराको मूल्याङ्कन गर्नु हो।
ख्रीष्टियनहरूको नाताले, हामी वरपरको संस्कृतिमा सहज तरिकाले मिल्ने छैनौं। चीनमा डाँडाको उपदेशको कक्षापछि एक विद्यार्थीले भने, "चीनमा येशुले सिकाउनु भएको जस्तो जीवन जिउन गाह्रो छ।" शिक्षकले जवाफ दिए, "अचम्म नमान्नुहोस्। अमेरिकामा पनि येशुले सिकाउनुभएको जस्तो जीवन जिउन गाह्रो छ।" संस्कृति जस्तोसुकै होस्, आराधनाको जीवनशैलीले यस संसारको आत्मासँग द्वन्द्व गर्नेछ।
आराधनाको जीवनशैलीको सकारात्मक पक्ष
नकारात्मक आदेशसँगै, रोमी १२ सकारात्मक निर्देशनको साथ निरन्तर अगाडि बढ़छ: "तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ।"
यस संसारको ढाँचा विपरीत भनेको केवल फरक हुनु वा तपाईंको आफ्नै व्यक्तित्वलाई जोड दिनु मात्र होइन। यस संसारको ढाँचाको विपरित रूपान्तरण हुन तपाईंले परमेश्वरको इच्छालाई थाहा पाउनुपर्छ। केही ख्रीष्टियानहरूले आफ्नो संस्कृतिभन्दा भिन्न जीवनशैली अपनाएका छन्, तर तिनीहरू परमेश्वरको इच्छामा परिवर्तन भएका छैनन्। यसको सट्टा, तिनीहरूले यस संसारको संस्कृतिको लागि एक विशेष राजनीतिक दृष्टिकोण, सामाजिक दृष्टिकोण, वा पहिरनको नियम प्रतिस्थापित गरेका छन्। तिनीहरूको मनको नवीकरणले परिवर्तित भएको छैनन्।
जे.बी. फिलिप्सले अनुवाद गरे, "तपाईंको वरपरको संसारले तपाईंलाई त्यसको ढाँचामा ढाल्न नदिनुहोस्" (नकारात्मक), "तर परमेश्वरले तपाईंलाई पुनर्निर्माण गर्न दिनुहोस् ताकि तपाईंको मनको सम्पूर्ण मनोवृत्ति परिवर्तन होस्" (सकारात्मक)। रोमीको बाँकी पुस्तकले परिवर्तित मन कस्तो देखिन्छ भनेर देखाउँछ।
रोमी १२: एक परिवर्तित विश्वासीले अरूको सेवा गर्न आफ्नो आत्मिक वरदानहरू प्रयोग गर्दछ।
रोमी १३: एक परिवर्तित विश्वासीले सरकारी अधिकारको सम्मान गर्दछ।
रोमी १४: एक परिवर्तित विश्वासीले सँगी विश्वासीहरूको विश्वासलाई आदर गर्दछ।
आराधनाको जीवनशैली व्यवहार भन्दा बढी हो; आराधनाले हाम्रो सम्पूर्ण सोचाइलाई परिवर्तन गर्छ। आराधनाको जीवनशैलीको प्रभावलाई विचार गर्नुहोस्:
ख्रीष्टियान व्यापारी र राजनीतिज्ञहरू पैसा र शक्तिप्रतिको आफ्नो मनोवृत्तिमा परिवर्तन भएमा अफ्रिका महादेश कस्तो देखिनेछ?
यदि अगुवाहरूले आफूलाई परमेश्वरको पैसाको भण्डारेको रूपमा देखे भने एसियाली मण्डलीहरू कस्तो हुनेछन्?
ख्रीष्टियानहरूले हलिउडको आँखाले नभई परमेश्वरको आँखाबाट व्यभिचार देखे भने अमेरिकामा विवाह कस्तो देखिन्छ?
आराधनाको जीवनशैलीले विश्वासीको मनलाई परिवर्तन गर्छ; परिवर्तित भएको जीवनमा परिवरर्तित भएको मन देखिनेछ; परिवर्तित जीवनले समाजलाई परिवर्तन गर्नेछ। आराधनाको जीवनशैलीले अन्ततः हाम्रो संसारलाई परिवर्तन गर्नेछ।
अगमवक्ताहरूले आज्ञाकारिता बिना गरिने आराधनाको विरुद्धमा चेतावनी दिए। यर्मियाको समयका मानिसहरूले मन्दिरले तिनीहरूलाई बेबिलोनबाट जोगाउनेछ भनी विश्वास गर्थे। यर्मियाले जवाफ दिए, "छली कुरामा भरोसा गरी यो नभन, 'यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर हो!'" (यर्मिया ७:४) यसको सट्टामा।
यदि तिमीहरूले आफ्ना चाल र कामहरू साँच्ची नै सुधार्यौ,
र तिमीहरू एउटाले अर्कासित न्यायसङ्गत व्यवहार गर्यौ भने,
यदि तिमीहरूले विदेशी, टुहुरा-टुहुरी र विधवाहरूमाथि अत्याचार गरेनौ भने, अथवा यस ठाउँमा निर्दोषको रगत बगाएनौ भने, र यदि तिमीहरूको आफ्नै हानिको निम्ति अरू देवताहरूका पछि लागेनौ भने,
म तिमीहरूलाई यस ठाउँमा बस्न दिनेछु, यसै देशमा, जो मैले तिमीहरूका पिता-पुर्खालाई युग-युगसम्म रहनलाई दिएको थिएँ (यर्मिया ७:५-७)।
इस्राएलका मानिसहरूले विश्वास गरे कि तिनीहरूले आज्ञाकारिताको लागि रीतिरिवाजलाई प्रतिस्थापन गर्न सक्छन्। अगमवक्ताहरूले प्रचार गरे कि आज्ञाकारिता बिना रीतिरिवाज अर्थहीन छ।
केही परम्पराहरूमा, आज्ञाकारितालाई धार्मिक रीतिरिवाजले प्रतिस्थापित गरिन्छ। आराधनाका भागहरू छन्। गीतहरूले सत्यतालाई बताउँछन्। पवित्रशास्त्र पढिन्छ र प्रचार गरिन्छ। प्रार्थनाका विषयहरूमा प्रार्थना गरिन्छ। यद्यपि, परमेश्वरको वचनमा कुनै आज्ञाकारिता छैन। जीवन बदलिएको छैन। यो रीतिरिवाज हो, आराधना होइन।
केही परम्पराहरूमा, आज्ञाकारितालाई भावनात्मक प्रतिक्रियाले प्रतिस्थापित गरिन्छ। सेवाको लक्ष्य भनेको निश्चित भावनाहरू उत्पन्न गर्नु हो। सङ्गीतले भावनालाई जगाउँछ। प्रवचनले आह्वान वा प्रतिबद्धताको समयतर्फ डोर्याउँछ। तापनि, सेवा पछिको जीवाशैली आज्ञाकारी जीवन र परमेश्वरमा समर्पणको पछि लाग्दैन। यो भावना हो, आराधना होइन।
मन्दिरको आराधनाले, परमेश्वरले इस्राएलसँग गर्नुभएको करारको खुसीयाली मनाएको थियो र इस्राएललाई उसको करारको जिम्मेवारीहरूको स्मरण गराएको थियो। सुरुको मण्डलीमा, आराधनाले येशुको मृत्युद्वारा प्रदान गरिएको नयाँ करारप्रति खुसीयाली मनाएको थियो र ख्रीष्टियानहरूलाई पवित्र जीवनप्रतिको उनीहरूको जिम्मेवारीको स्मरण गराएको थियो। आज्ञाकारितामा परिणत नहुने आराधना झूटो हो।
साँचो आराधनाले आराधकलाई परिवर्तन गर्छ। यस पाठ्यक्रममा, हामीले देखेका छौं कि साँचो आराधना गर्ने मानिसहरू परिवर्तन भएका छन्। यस पाठ्यक्रमको लक्ष्य भनेको केवल यो होइन कि तपाईं योजना बनाउन र आराधना सेवाहरूको नेतृत्व गर्नमा राम्रो बन्नुहुनेछ, तर तपाईं आराधनाद्वारा रूपान्तरण भएको एक आराधक बन्नुहुनेछ। त्यसपछि तपाईंले मण्डलीको प्रत्येक सदस्यलाई परिवर्तन गर्ने आराधनामा आफ्नो मण्डलीको नेतृत्व गर्नुहुनेछ।
निष्कर्ष: एक जना पास्टरको गवाही
साँचो आराधनाले कस्तो प्रभाव पार्छ? स्पेनिस मण्डलीका पास्टरको कुरा सुन्नुहोस्।
"सन् १९९१ मा, हाम्रो मण्डलीको आत्मिक वातावरण सबैभन्दा न्यून बिन्दुमा थियो। व्यभिचारले हाम्रा केही सदस्यहरूलाई फसाएको थियो। जब हामीले पतित सदस्यहरूलाई अनुशासनमा राख्यौँ, मण्डली विभाजित भयो। अन्तमा, आत्मिक र भावनात्मक विभाजनको बिन्दुमा, एक नयाँ विश्वासीले हामीलाई शनिवार दिनभर उपवास र प्रार्थना गर्न सुझाव दिए। हामीले यो गर्यौं र परमेश्वर हामी माझ हलचल गर्न थाल्नुभयो।
"केही हप्तापछि, हामीले हाम्रो वार्षिक शिविर सुरु गर्यौं। मण्डलीमा केही विभाजन रह्यो। बुधवार राती प्रचारकले आफ्नो प्रवचन सुरु गर्दा, परमेश्वरले उनलाई 'महान् ईश्वर विचार्छु काम तपाईंको’ गाउन भन्नुभएको महसुस गरे।
"जब उहाँले यो उत्तम भजन गाउनुभयो, परमेश्वरको महिमा भोकाएको भीडमा ओर्लियो। केहीले प्रशंसाको साथ प्रतिक्रिया दिए; अरूले वेदीमा परमेश्वरलाई खोज्न थाले। मण्डलीमा भएको द्वन्द्वको मुख्य कारण बनेकी एउटी महिलाले आँसु बगाएर रुन थालिन्। ४०० जना मानिसहरूको अगाडि उभिएर उनले स्वीकार गरिन्, 'म सबैभन्दा दुखी महिला हुँ किनभने मैले मेरो हृदयमा क्षमा नदिने भवना पालिराखेर परमेश्वर र उहाँको मण्डलीको विरुद्धमा पाप गरेको छु। म प्रभुलाई मलाई माफ गरिदिनुहोस् भनी बिन्ती गर्दछु, र म तपाईंहरूलाई एक मण्डलीको रूपमा मलाई माफ गरिदिन अनुरोध गर्दछु।'
"ती शब्दहरू उनको ओठबाट खसेपछि, अरूहरूले मेलमिलाप गरे। त्यो साँझ, परमेश्वरले हाम्रो मण्डलीमा एकता पुनर्स्थापित गर्नुभयो। जसरी परमेश्वरका जनहरूले प्रार्थना र उपवासमा आफूलाई नम्र बनाए, र परमेश्वरका सेवकहरू पवित्र आत्माको अगुवाइमा आज्ञाकारी भए, त्यस कारण हामी परमेश्वरको उपस्थितिमा आयौँ। पाप स्वीकार गरियो; एकता पुनर्स्थापित भयो। यो साँचो आराधनाको परिणाम हो।"[1]
(१) सामूहिक आराधना शनिवार हुन्छ; आराधना गर्ने जीवनशैली दैनिक जीवनमा उत्पन्न हुन्छ। दुवै आराधनाको बाइबलीय दृष्टिकोणको लागि महत्त्वपूर्ण छन्।
(२) साँचो आराधनाले हामी केलाई साँच्चै मूल्यवान ठान्छौ भनेर देखाउँछ।
(३) साँचो आराधनाले हाम्रो मूल्यलाई परिवर्तन गर्छ।
(४) आराधनाको जीवनशैली भनेको परमेश्वरको महिमाको लागि बाँच्नु हो। यसको अर्थ परमेश्वर सम्पूर्ण जीवनको केन्द्र हुनुहुनेछ।
(५) आराधनाको जीवनशैलीको लागि बाइबलीय नमूना रोमी १२:२ मा देखिन्छ। यसले निम्न कुराहरूलाई समावेश गर्छ
एक नकारात्मक पक्ष: "यस संसारको ढाँचामा नचल।"
एक सकारात्मक पक्ष: "आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ।"
पाठ १० क्रियाकलाप
(१) "आराधनाको विषयमा मेरो ईश्वरशास्त्र" शीर्षकमा ३-४ पृष्ठको लेख लेख्नुहोस्। यस लेखले पवित्रशास्त्रका सिद्धान्तहरूमा आधारित आराधना कसरी हुन्छ भनेर देखाउनुपर्छ। लेख बाइबलीय र व्यावहारिक दुवै हुनुपर्छ।
(२) यूहन्ना ४:२३-२४ मा आधारित साँचो आराधनामा प्रवचन दिनुहोस्।
(३) तपाईंको पाठ्यक्रम परियोजना समाप्त गर्दै: कक्षाको अगुवाको लागि तपाईंको "३०-दिनको आराधनाको यात्रा" बाट तपाईंले सिकेका कुराहरूको सारांश बनाएर एक पृष्ठको प्रतिवेदन लेख्नुहोस्। तपाईंले आफ्नो दैनिकी अभिलेख बुझाउन आवश्यक छैन।
(४) तपाईंको अन्तिम परीक्षाको लागि, आफूले कण्ठ गरेकोबाट १ कोरिन्थी १०:३१ लाई लेख्नुहोस्।
Print Course
SGC exists to equip rising Christian leaders around the world by providing free, high-quality theological resources. We gladly grant permission for you to print and distribute our courses under these simple guidelines:
No Changes – Course content must not be altered in any way.
No Profit Sales – Printed copies may not be sold for profit.
Free Use for Ministry – Churches, schools, and other training ministries may freely print and distribute copies—even if they charge tuition.
No Unauthorized Translations – Please contact us before translating any course into another language.
All materials remain the copyrighted property of Shepherds Global Classroom. We simply ask that you honor the integrity of the content and mission.